समाचार

गुरुकुल विद्यासदनको आयोजनामा आयोजित ईन्ट्रा फुटसल जारी

पोखरा । पोखरा स्थित गुरुकुल विद्यासदन माध्यमिक विद्यालयको आयोजनामा आयोजित खुल्ला ईन्ट्रा फुटसल प्रतियोगिता जारी रहेको छ । प्रतियोगितामा आजदेखि दोस्रो चरणका खेलहरु सुरु भएका छन् । एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि शुक्रबार देखि सुरु भएको सो प्रतियोगितामा ७६ टिमको सहभागिता रहेको छ । जस अन्तर्गत बागलुङ,स्याङजा,पर्वत,लमजुङ तथा तनहुँबाट खेलाडीहरुले सहभागिता जनाएका छन् । शुक्रबार २८ टिमले प्रतिस्पर्धा गरेको थिए भने आज विहान ८ वटा टिमले प्रतिस्पर्धा गरेको खेल संयोजक हरि ढकालले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा पहिलो,दोस्रो… पुरा पढौ

‘आत्मनिर्भर तथा समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ बनाउने आधारमा छ बजेट: अर्थमन्त्री आले

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रस्तुत बजेटलाई प्रचारमुखीभन्दा यथार्थपरक बनाएर कार्यान्वयनका लागि योग्य बनाइएको बताएका छन् । आर्थिक वर्ष २०८०÷८१ को बजेटका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा उनले ‘आत्मनिर्भर तथा समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ बनाउने मूल आधारका रुपमा बजेट रहेको बताए । कृषि क्षेत्रमा प्रवाह हुने अनुदानलाई उत्पादन केन्द्रित बनाउन र यसको लाभ सुनिश्चित गर्न उत्पादनका आधारमा अनुदान प्रवाह हुने व्यवस्था मिलाइएको मन्त्री आलेले चर्चा भरे । आगामी आर्थिक वर्ष प्रदेश सरकारको चालु खर्च रु ५३ करोड… पुरा पढौ

बाढीले बगाउदा दुई जनाको उद्धार, १५ अझै बेपत्ता

सङ्खुवासभा । सङ्खुवासभाको हवाखोेलामा गएराति आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मजदुरको उद्धार भएको छ । अविलर वर्षासँगै गएराति आएको बाढीले सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएका थिए । बेपत्ता १७ जनामध्ये दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । उनका अनुसार सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने बर्दिया नगरपालिका–७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु गम्भीर घाइते अवस्थामा फेला… पुरा पढौ

खेलाडीको भविष्य सुनिश्चित गर्ने सरकार लागि परेको छः मन्त्री लिम्बू

पोखरा । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्य सुनिश्चित हुने तथा खेल क्षेत्रको दिगोविकासका लागि लागि परेको बताएका छन् । पोखरा रङ्गशालामा आजदेखि सुरु भएको तेस्रो प्रदेशस्तरीय तथा पहिलो कास्की जिल्ला स्तिरिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपाली खेलकुदको विकास गर्न खेलकुदमा लाग्ने खेलाडीको भविष्य सुनिश्चित गर्नका लागि नीतिनिर्माण गर्नुका सार्थ आवश्यक कानुनहरु परिमार्जन गर्नकालागि लागिपरेको बताएका हुन् । साथै उनले यस कार्यका लागि सरकार एक्लैले मात्रै सम्भाव नभएकोले खेलकुदमा निजी क्षेत्रको समेत लगानी सुनिश्चित गर्दै सबैको साथ… पुरा पढौ

मादी नदी नियन्त्रण: पहिलो र दोस्रो चरणको निर्माण सुरु

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत पहिलो र दोस्रो प्याकेज(चरण)को निर्माण सुरु भएको छ । पहिलो चरणप्याकेजअन्तर्गत सिसाघाटदेखि चिन्तुटार र दोस्रो प्याकेजमा गौशालादेखि पाटनसम्म नदी नियन्त्रणका लागि तटबन्ध लगाउने काम भइरहेको छ । अति जोखिम क्षेत्र व्यास नगरपालिकाको वडा नं ३, ७ र १० मा पर्ने मादी नदी नियन्त्रणका लागि निर्माण तीव्र गतिमा भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले जनाएको छ । प्याकेज–२ अन्तर्गत तल्लो भतेरी खण्डमा काम भइरहेको कार्यालयका प्राविधिक एवम् सूचना अधिकारी… पुरा पढौ

मेक्सिकोमा गर्मीका कारण आठ जनाको मृत्यु

मेक्सिकोमा अप्रिलको मध्यदेखि बढेको गर्मीका कारण आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएअनुसार राजधानी मेक्सिको सिटीमा यो हप्ता तापक्रम ३५ डिग्री सेल्सियस (९५ फरेनहाइट) पुगेको छ। गत अप्रिल १४ देखि जुन १२ को बीचमा सात जनाको हेटस्ट्रोक र एक जनाको डिहाइड्रेसनका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।मोन्टेरीको उत्तरपूर्वी शहरमा, तापमान ४० डिग्री नाघेको छ जसले गर्दा घरहरूमा पानी आपूर्ति कम भएको र वातानुकूलनका लागि बिजुलीको बढ्दो माग बढ्दो छ । मोन्टेरीका बासिन्दा वेन्डी टिजेरिनाले शहर औद्योगिक क्षेत्रमा… पुरा पढौ

मेलम्ची आयोजनालाई व्यवस्थित बनाउन सरकारको सहयोग रहन्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् । मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनका लागि सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथान पुगेका प्रधानमन्त्री दाहालले याङ्ग्री र लार्के खोलाको पानी ल्याउन सरकारका तर्फबाट तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । “आयोजना उद्घाटनका क्रममा आउने इच्छा थियो, त्यतिबेला म प्रधानमन्त्री थिइँन, खानेपानी मन्त्रालय माओवादी पार्टीकै भागमा थियो, आयोजनालाई व्यवस्थित बनाउन म पहल गुर्छ”, उनले भने । प्रधानमन्त्री दाहालले मेलम्ची खोलामा आएको बाढीले बगाएको सडकलाई थप व्यवस्थित… पुरा पढौ

दिगो, फराकिलो र चुस्त राजस्व प्रणालीमा जोडः गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले दिगो, फराकिलो र चुस्त राजस्व प्रणालीमा जोड दिएको छ । अर्थमन्त्री जितप्रकाश आलेले सरकारको आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै राजस्व परिचालन र सुधारका लागि सरकारले दिगो, फराकिलो र चुस्त राजस्व प्रणालीमा जोड दिएको बताए । राजस्वका स्रोत र क्षेत्र विश्लेषण, सम्भावित आधारको पहिचान, राजस्व सम्भाव्यता अध्ययन, राजस्व चुहावट नियन्त्रण र राजस्व प्रशासनमा सूचना प्रविधिको अधिकतम उपयोग गरी दिगो, फराकिलो र चुस्त राजस्व प्रणाली विकासमा जोड दिइएको उनले बताए । नेपालको संविधानले तोकोबमोजिम प्रदेशको क्षेत्राधिकारभित्र रही… पुरा पढौ

सुरक्षाको व्यवस्था गर्न चिकित्सकको माग

नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड जस्ता घटना बढेको उल्लेख गर्दै सङ्घले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुरक्षाको प्रत्याभूति गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ्(पहिलो) संशोधन ऐन २०७९ का सम्बन्धमा देशभरका सुरक्षा निकाय तथा न्यायिक एव अर्धन्यायिक निकाय अनविज्ञ हुनु अत्यन्तै चिन्ताको विषय बनेको छ । राज्यको तर्फबाट तर्जुमा… पुरा पढौ

हँसिया प्रहार गरी स्याङ्जाको अर्जुनचौपारीमा बालकको हत्या

स्याङ्जाको अर्जुनचौपारीमा हँसिया प्रहार गरी एक बालकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालका अनुसार अर्जुनचौपारी– ६ सिउँडीबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी)ले हँसिया प्रहार गरी सोही ठाउँ बस्ने ९ वर्षीय बालक हर्षित देवकोटाको हत्या गरेका हुन् । साँझ हँसिया प्रहार गरी बालकको हत्या गर्ने सुवेदी घटनापश्चात् फरार रहेकोमा प्रहरीले पुतलीबजार–१ बाट पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । हत्याको कारण खुल्न सकेको छैन । रासस पुरा पढौ