समाचार

नक्कली शरणार्थी प्रकरण : फरार प्रतिवादी पक्राउ

काठमाण्डौं । नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाई रकम ठगी गरेको मुद्दाका फरार एक प्रतिवादीलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार प्रहरी टोलीले आरोपी आशिष बुढाथोकीलाई मण्डिखाटारबाट पक्राउ गरेको हो ।गिरोहले सङ्कलन गरेको रकम उनको खातामा समेत आएको देखिएको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो । सोही आधारमा जिल्ला अदालत काठमाडौँमा विचाराधीन रहेको मुद्दामा उनी फरार सूचीमा थिए । यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले उक्त प्रकरणमा पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी, बालकृष्ण खाण,… पुरा पढौ

पोखरा ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न , छाडा कुकुर बारे वडावासीको मुख्य गुनासो

असार ११ पोखरा । पोखरा महानगरपालिका वडा नं. ३ का स्थानीयले सडकमा छाडा कुकुर बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले छाडा कुकुरका कारण घर वरिपरिको वातावरण प्रदुषण भएको, सडक दुर्घटना हुने भएको र कुकुरकै कारण छिमेकीबीचमा मनमुटाव समेत हुने गरेको दुःखेको पोखेका छन् । रेडियो सफलतासँगको सहकार्यमा वडा कार्यालय पोखरा–३ ले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले यस्तो दुःखेसे पोखेका हुन् । सहभागीले वडाबाट हुने सेवा प्रवाह, विकास निर्माण, फोहोर व्यवस्थापनका साथै समसामयिक विषयमा चासो राखेका थिए ।… पुरा पढौ

माउन्ट अन्नपूर्णमा तेक्वान्दो प्रशिक्षण सुरु

पोखरा । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसर पारेर नदिपुरस्थित माउन्ट अन्नपूर्ण माविमा तेक्वान्दोको नियमित प्रशिक्षण सुरु भएको छ । उक्त प्रशिक्षण कार्यक्रमको नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ र गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङ र विद्यालयका प्रिन्सिपल सइन्द्र श्रेष्ठले संयूक्त रुपमा उद्धघाटन गरि शुभारम्भ गरेका हुन् । माउन्ट अन्नपूर्णले विद्यार्थीहरुको आत्मसुरक्षा संगै मार्शल आर्ट खेलको रुपमा नेपालमा स्थापित तेक्वान्दोको नियमित प्रशिक्षण सुरुवात गरेको हो । विद्यालयमा अध्ययनरत विद्यार्थी मध्ये ६५ जनाबाट प्रशिक्षण शुभारम्भ गरिएको विद्यालयका सिनियर प्रशासक चित्र… पुरा पढौ

अनौपचारिक क्षेत्रका श्रमिक महिलाहरुका पीडा जटिल

पोखरा । विभिन्न क्षेत्रमा कार्यरत श्रमिक महिला अझैपनि लैङ्गिक तथा अन्य कारणबाट पीडित बनेको पोखरामा आयोजित एक कार्यक्रममा सहभागी वक्ताले निष्कर्श निकालेका छन् । श्रमिक महिला रक्षा संघद्धारा शनिवार पोखरामा आयोजित योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र अनौपचारिक मनोरञ्जनात्मक क्षेत्र विषयक गण्डकीस्तरीय सरोकारवाला निकायसंगको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्तहरुले यस्तो निष्कर्श निकालेका हुन् । सो अवसरमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले श्रमिक महिलाको अवस्था अझैपनि दर्दनाक रहेको बताइन् । स्वदेश वा विदेशमा काम गर्ने श्रमिक महिलाको पीडा धेरै छन्… पुरा पढौ

असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन्। उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक-पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिए । उनले आयोजनाको कार्यालय स्थापना र निर्माण प्रक्रियाको शिलान्यास असारभित्रै गरिने प्रतिबद्धता व्यक्त गर्दै भने, “हिजो मात्रै प्राधिकरणका कार्यकारी निर्देशकलाई एक हप्ताभित्र आयोजनाको कार्यालय स्थापना तथा शिलान्यासको व्यवस्था मिलाउन निर्देशन दिएको छु ।” धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार एक सय २९ दशमलव ४२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६६ अङ्कले उकालो लागेर तीन सय ९९ दशमलव ११ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने आठ उपसमूहको शेयर मूल्यमा बृद्धि भएको… पुरा पढौ

हेमजामा सडक दुर्घटनाले क्षेती भएको प्रति वडालाई ध्यानाकर्षण पत्र

पोखरा । हेमजामा सडक दुर्घटनाले क्षेती भएको प्रति रोट्रयाक्ट क्लब अफ हेमजाद्वारा वडालाई ध्यानाकर्षण पत्र बुझाएको छ । रोट्रयाक्ट क्लब अफ हेमजाका अध्यक्ष इ बिकल थापाको नेतृत्वमा उपाध्यक्ष बिश्वराज पौडेल, सचिव अनिल पौडेल, अन्तर्राष्ट्रिय सेवा निर्देशक शृङ्खला त्रिपाठी सदस्य बिमल बाँस्तोला र शोभित पौडेल सहितको टोलीले सोमबार वडा कार्यालयमा वडा अध्यक्ष मोतीलाल तिमिल्सिनालाई ध्यानाकर्षण पत्र बुझाइएको होे । रोट्रयाक्ट क्लब अफ हेमजाको ध्यानाकर्षण पत्र बुझेपछि वडा अध्यक्ष तिमिल्सिनाले दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित निकाय संग छलफल गरि सहकार्य गर्ने बताए ।… पुरा पढौ

पोख्रेली साहित्यकार बाबा अमेरिका प्रस्थान

पोखरा । कवि तथा गीतकार दुर्गाबहादुर शाह बाबा अमेरिका प्रस्थान गरेका छन् । बाबा नेपाल अमेरिका मैत्री सम्बन्धको ७६ औं वार्षिकोत्सवको सन्दर्भमा नेपाली अमेरिकी समाजको आयोजनामा अमेरिकास्थित कनेक्टिकटको सुन्दर नगरी ब्रानफोर्डमा हुने नेपाल डे महोत्सवका लागि अमेरिका प्रस्थान गरेका हुन् । बाबाको अमेरिका बसाइँ तीन हप्ताको हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी समितिका अध्यक्ष रहेका बाबा यस अघि २०१९ मा बेलायतमा सम्पन्न छैठौं अन्तर्राष्ट्रिय सम्मेलनमासमेत सहभागी थिए । २०५५ सालमै जापान पुगेर जापानी कृषि प्रविधिको अध्ययन… पुरा पढौ

आत्मनिर्भर प्रदेश बनाउने प्रयत्न भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलस्रोत, कृषि, पर्यटनलगायत क्षेत्रमार्फत आत्मनिर्भर बनाउने योजना रहेको बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले गण्डकीभित्र आर्थिक आयआर्जनका प्रचुर सम्भावना रहेकाले योजनाबद्ध ढङ्गले प्रदेशलाई आत्मनिर्भर बनाउन लागिपरेको बताए । “हाम्रो प्रदेशले ऊर्जा क्षेत्रको विकासमार्फत आर्थिक समृद्धि हासिलका लागि राम्रो सम्भावना बोकेको छ”, मुख्यमन्त्री पाण्डेले भने, “बूढीगण्डकीदेखि लिएर कालीगण्डकीसम्म जलक्षेत्र गण्डकी प्रदेशमा पर्छ, यहाँ विद्युत् उत्पादनको प्रशस्त सम्भावना छन् ।” ऊर्जाका क्षेत्रमा राज्यले लगानी गर्नसक्ने अवस्थामा राज्य एक्लै र नसक्ने अवस्थामा निजी… पुरा पढौ

बागलुङका स्थानीय तहले ल्याए रू. पाँच अर्ब ९६ करोडको बजेट

बागलुङका सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । बागलुङका चार नगरपालिका र छ गाउँपालिकाले रू. पाँच अर्ब ९६ करोड ७७ लाख १७ हजार छ सयको बजेट ल्याएका हुन् । आर्थिक वर्ष २०८०र८१ को लागि सङ्घीय सरकार, प्रदेश सरकारको अनुदान र आन्तरिक आयका आधारमा बजेट पेस गरिएको छ । बागलुङ नगरपालिकाले रू. एक अर्ब ३३ करोडको बजेट ल्याएको छ । नगरपालिकाको १३औँ नगरसभा समक्ष नगर उपप्रमुख राजु खड्काले नगरपालिकाले सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट,… पुरा पढौ