समाचार

पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड १५ लाख

असार १० पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सवा ७ अर्बको बजेट ल्याएको छ । महानगरपालिकाको १३ औं नगरसभामा आईतबार उप–प्रमुख मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । यो चालु वर्षको भन्दा १ अर्ब ६२ करोड ६० लाख रुपैयाँ बढी हो । चालु आर्थिक वर्षमा पोखरा महानगरपालिकाको बजेट ८ अर्ब, ७७ करोड ७५ लाख रुपैयाँको छ । महानगरको आईतबार प्रस्तुत बजेटमध्ये सङ्घीय सरकार… पुरा पढौ

रास्वपा पोखरा १६ मा बस्नेत

असार १० पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरा–१६ मा केशव बहादुर बस्नेतको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपसभापतिमा शिला नेपाली, सचिवमा विश्वबन्धु थापा र सदस्यहरुमा प्रेम बहादुर मल्ल, विना केसी, हरिकला केसी, सरिता अधिकारी सरू, मनकला नेपाली, केशव आचार्य, एकराज नेपाली र सुर्य बहादुर थापा चयन भएका छन् । भेलाले गोविन्दराज अधिकारी, हस्तराम आचार्य, जीवन बहादुर बस्नेत, प्रकाश थापा, शिव प्रसाद पराजुली र कृष्ण बहादुर परियारलाई सल्लाहकार तथा रमेश रेग्मी, छमाया घर्ती पाइजा र… पुरा पढौ

यूट्युबर राजकुमार पक्राउ, वानएक्स बेटको प्रचार गरेको आरोप

असार १० काठमाडौं । मोटो भ्लगर राजकुमार थापामगर वानएक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका छन् । शुक्रबार काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राजकुमार थापा मगरबाट परिचित यूट्यूवर राजकुमार तामाङलाई पक्राउ गरेको हो । काभ्रे घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय राजकुमार यूट्यूवमार्फत मोटो–भ्लगिङ गर्दै आएका छन् ।यसअघि प्रहरीले आठ जना कलाकार एवं युट्युबरलाई पक्राउ गरेर अनुसन्धान गरिहेको छ । पक्राउ परेका उनीहरुले युट्युबमार्फत प्रोमो कोड प्रयोग गरी भारी छुट पाइने भन्दै बेटिङ खेलाउने काम गरेको प्रहरीको आरोप छ… पुरा पढौ

पशुपतिनाथ मन्दिरको सुनको जलहरी जोख्नका लागि निकालियो

असार १० काठमाण्डौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको सुनको जलहरी जोख्नका लागि निकालेको छ । आइतबार साँझ पशुपतिनाथ मन्दिरको जलहरी अख्तियारको टोलीले जलहरी बाहिर निकालेर जोख्न थालेको हो । मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा राखी जोख्ने काम भइरहेको छ । झन्डै एक क्विन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा–टुक्रा पारेरमात्रै निकाल्न सकिन्छ । नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायीरूपमा सीसीटीभी क्यामरा जडान गरेको छ भने काठमाण्डौ महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली,… पुरा पढौ

काभा पुरुष भलिबल नेसन्स लिग : नेपालको लगातर छैटों हार

काठमाण्डौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल (काभा) पुरुष भलिबल नेसन्स लिग प्रतियोगिताको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा उज्वेकिस्तानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको हो । उज्वेकिस्तानले नेपाललाई पहिलो सेट २५–२१ दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले पराजित ग¥यो । प्रतियोगितामा नेपालको यो लगातार छैटौँ हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग पराजित भएको थियो… पुरा पढौ

निर्माणधिन भरतपुर रङ्गशालाको संघिय सरकारले स्वामित्व ग्रहण गर्छ : मन्त्री लिम्बु

काठमाण्डौं । चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको स्वामित्व संघीय सरकारले ग्रहण गर्ने युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले बताएका छन् ।प्रतिनिधिसभाको आज बसेको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ बजेट विनियोजन विषयक छलफलमा मन्त्री लिम्बूले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण प्रक्रियाका अगाडि बढाएको निमार्णाधीन रङ्गशाला सरकारले स्वामित्व ग्रहण गर्ने र थप बजेट विनियोजन गरी निर्माण कार्य अगाडि बढाउने बताए । उनले विद्यालयमा अध्ययरत बालबालिकाका लागि खेलकुद प्रतियोगिता आयोजना गर्न सबै स्थानीय तहमा बजेट विनियोजन गरेको बताए । मन्त्री लिम्बुले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण… पुरा पढौ

पोखरा महनगरको नीति तथा कार्यक्रम: ‘समुन्नत पर्यटकीय पोखरा’

गण्डकी । कास्कीको पोखरा महानगरपालिकाले समुन्नत पर्यटकीय पोखराको लक्ष्य हासिल गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकाको आगामी आवको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले समुन्नत पोखरा निर्माणको लक्ष्यसहित थालिएका असल अभ्यासलाई अनुशरण गर्दै ‘समुन्नत पोखराको आधार, सवल अर्थतन्त्र र पूर्वाधार’ भन्ने नाराका साथ अघि बढिएको बताए । विकास आयोजना निर्धारित समयमा नै सम्पन्न नहुने र तोकिएको भन्दा बढी लागत लाग्ने अवस्था न्यूनीकरण गर्न आयोजनाको प्रारम्भिक चरणदेखि नै… पुरा पढौ

सडक विस्तारको कामले मासियो सम्पदा

बागलुङ । बाङ्गेचौरदेखि उपल्लाचौर जाने सडक विस्तारको काम भइरहेको छ । सडक निर्माण मापदण्ड अनुसार उपल्लोचौरसम्म सडक विस्तार गर्दा एकदर्जन चौतारी र वरपिपल मासिनेछन् । बागलुङ नगरपालिका–१ रामरेखाको बाङ्गेचौर नजिकै रहेकोे एक सय ५० वर्ष पुरानो चौतारीसँगैको वरपिपल यसैसाता सडक विस्तारका क्रममा ढलाइएको छ । उक्त चौतारी यस क्षेत्रको पुरानो चौतारी थियो । एक सय ५० वर्षअघि जिजु हजुरबुबाले चौतारा निर्माण गरी वरपिपल लगाएको स्थानीय ८७ वर्षीय दुर्गाबहादुर आचार्यले स्मरण गर्नुभयो । उहाँले पुरानो पुर्खालको सम्झाना सडक विस्तारका क्रममा ढलेको… पुरा पढौ

नेप्से परिसूचक ६२ अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव तीन प्रतिशत अर्थात् ६२ दशमलव २१ अङ्कले बढेर दुई हजार एक सय १७ दशमलव ७३ अङ्कमा कायम भएको भएको हो । नेप्सेका अनुसार आज दुई सय ७५ कम्पनीको एक करोड ४७ लाख ५१ हजार दुई सय ४७ कित्ता शेयर ९० हजार दुई सय ४९ पटक खरिद–बिक्री हुँदा रू छ अर्ब ४९ करोड चार लाख १२ हजार छ सय ६५ बराबरको कारोबार भएको… पुरा पढौ

पृथ्वी राजमार्गमा दुर्घटना हुदा एक जनाको मृत्यु

चितवन । पृथ्वी राजमार्गमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको कन्चनङ्गा नगरपालिका–१ का ३६ वर्षीय हेमन्त कुमाल रहेका छन् । बुटवलबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको लु ९३ प ९४६ नम्बरको मोटरसाइकल इच्छाकामना गाउँपालिका–४ केवलकार नजिक आज दिउँसो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका कुमालको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको थियो ।रासस पुरा पढौ