समाचार

रामजीलाई लेखनाथ हाफ म्याराथनको उपाधि

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको लेखनाथ हाफ म्याराथन–२०८० को उपाधि रामजी बस्नेतले जितेका छन् । शनिबार भएको दौडको निर्धारित २१ किलोमिटर दुरी एक घण्टा १३ मिनेट ३३ सेकेण्डमा पूरा गर्दै बस्नेतले उपाधि जितेका हुन् । कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा भएको म्याराथनमा मोहनदेव जोशी द्वितीय र अनिष गुरूङ तृतीय भए । जोशीले एक घण्टा १४ मिनेट दुई सेकेण्ड र गुरूङले एक घण्टा १८ मिनेट आठ सेकेण्डमा दौड पूरा गरेको रेस डाइरेक्टर सिद्धान्त अधिकारीले जानकारी दिए… पुरा पढौ

अमरसिंह माविका विद्यार्थीहरुको पोखरा वृद्धा आश्रममा शैक्षिक भ्रमण

पोखरा । पोखरा १२ अमरसिंह माध्यामिक विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले पोखरा – १७, महतगौडा स्थित पोखरा वृद्धआश्रमममा शैशिक्ष भ्रमण गरेका छन् । विद्यालयमा पाठ्यपुस्तक अध्यायन मात्र नभइ, प्रतक्ष रुपमा सहभागि भएर व्यवहारीक शिक्षा, शिप आर्जन गर्ने उद्देश्यले भ्रमण गरिएको विद्यालयका सामाजिक शिक्षक उद्धय पोख्रेलले बताए । भ्रमणले पछिल्लो समयमा जेष्ठ नागरिकहरुमा देखिन थालेको कष्टकर, दुखदायीका समस्या समाधानका लागि विधार्थीहरुमा आप्mनो समाजका जेष्ठ नागरिक आप्mनैघरका वुवामुवा प्रतिको सम्मान गर्ने बानिको विकास हुने, पोखरेलको विश्वास रहेको छ । यसले आगामी… पुरा पढौ

आइएनएफले शुरु गर्यो ‘शुन्य कुष्ठरोग रणनीति’

पोखरा,२६ जेठ । इन्टरनेशनल नेपाल फेलोशिप(आइएनएफ) नेपालले कुष्ठरोगमुक्र समाजका लागि शुन्य कुष्ठरोग रणनीति सुरु गरेको छ । नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगलाई पूर्ण रुपमा निवारण गरी कुष्ठरोमुक्त नेपाल बनाउने लक्ष्य लिएकामा सो लक्ष्यलाई साकार पार्न आइएनएफले रणीनितिक योजना मार्फत सहयोग गर्ने भएको हो ।आइएनएफका कार्यकारी अध्यक्ष रामचन्द्र तिमोथीले सरकारको कुष्ठरोग निवारणको अभियानलाई आइएनएफले पूर्ण सहयोग गर्ने गरी कार्ययोजना बनाइएको बताए । नेपालमा कुष्ठरोगको बिरामी पत्ता लगाउनेदेखि रोगको उपचार गर्न, उनीहरूलाई पुनस्र्थापना र कुष्ठरोगको प्रकोप दरमा कमी ल्याई मुलुकलाई राष्ट्रिय… पुरा पढौ

चरक हस्पिटल नागढुंगामा चार दिने निःशुल्क मुटुरोग स्वास्थ्य शिविर शुरु

पोखरा, जेठ २७ पोखराको चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा चार दिने निःशुल्क मुटुरोग स्वास्थ्य शिविर शुरु भएको छ । चरक मेमोरियल हस्पिटल प्रालि नागढुंगा पोखराले टाईगर ग्रुप आफ पोखरासँगको सहकार्यमा सर्वसाधारणका लागि निःशुल्क मुटुरोग स्वास्थ्य शिविर आयोजना गरेको हो । कार्यक्रमको मनोक्रान्ति अभियन्ता डा.योगी विकाशानन्दले उद्घाटन गरे । जेठ ३० गतेसम्म हुने शिविरमा मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटलमा कार्यरत बरिष्ठ मुटुरोग विशेषज्ञ डा.सूर्य देवकोटा, चरक मेमोरियल अस्पताल नागढुंगा पोखराका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.एसके जयसवालसहितका मुटुरोग विशेषज्ञ चिकित्सकहरुले मुटु जाँच… पुरा पढौ

मानक नेपाली भाषाबारे कार्यशाला

पोखरा । विश्वविद्यालय, स्कुल र सरकारी निकायकै लेखाइमा नेपाली भाषामा भद्रगोल छ । पत्रपत्रिका, स्कुल र क्याम्पस तहका पुस्तकमै एकरुपता छैन । साहित्यकार र सर्वसाधारणमा समेत नेपाली जसरी लेखे पनि काम चल्छ भन्ने भ्रम फैलिँदै छ । यस्ता धारणा चिर्न र भाषाको संरक्षण गर्न केही प्रयास भने सुरु भएका छन् । नेपाली विभाग, पृथ्वीनारायण क्याम्पसले शनिबार मानक नेपाली भाषाबारे छलफल आयोजना गर्दै छ । मानक नेपाली भाषाको प्रयोगः समस्या र समाधान विषयक कार्यशाला गोष्ठीमा २ कार्यपत्र प्रस्तुत हुने छन् ।… पुरा पढौ

इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो । मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्दिरभित्रैबाट पूजा गर्न खुला गरिएको छ । विधिवतरूपमा पूजा गरी गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीबार मन्दिरको उद्घाटन गरेपछि सर्वसाधारण तथा भक्तजनका लागि नियमित पूजा गर्न खुला गरिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए । बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, स्थानीयको… पुरा पढौ

बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

गलकोट । जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन् । कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउने रहेकामा हाल एक सय ६६ कैदीबन्दी राखिएको छ । कारागारमा हाल एक सय ५४ पुरुष कैदीबन्दी, १० महिला कैदीबन्दी र दुई नाबालिका रहेका छन् । कारागारमा ठाउँ अभावले महिलाभन्दा पुरुष कैदीबन्दीलाई बढी समस्या भएको जिल्ला कारागार बागलुङ कार्यालय प्रमुख डिलबहादुर केसीले जानकारी दिए । “पुरुष कैदीबन्दीलाई सुत्न समस्या भएको छ”, उनले… पुरा पढौ

बाँदरले हैरान पारेपछि ‘बेसार खेती’

तनहुँ। कृषि ज्ञान केन्द्र तनहुँले बाँदरले हैरान पार्न थालेपछि वैकल्पिक बालीका रूपमा ‘बेसार खेती’लाई प्राथामिकता दिएको छ । बाँदरले अन्नबाली र फलफूल खाएर सताउन थालेपछि केन्द्रले बेसार खेती प्रवर्द्धन गर्न लागेको हो । व्यास नगरपालिका–८ सोतीबेँसीका २० कृषकले दुई सय रोपनी जग्गामा बेसार खेतीको सुरुआत गरेका कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । यसका लागि कृषकलाई ८५ प्रतिशत अनुदानका रुपमा रु. चार लाख बजेट विनियोजन गरिएको छ । उनले भने, “यस वर्ष परीक्षणका रूपमा बेसार खेती थालेका छौँ… पुरा पढौ

टेबुलटेनिसको छनोट प्रतियोगिता सम्पन्न

पोखरा । प्रदेश खेलकुद परिषद्, गण्डकीको आयोजना तथा कास्की जिल्ला टेबुलटेनिस संघको व्यवस्थापनमा गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस प्रतियोगिताको लागि कास्की जिल्लाबाट खेलाडिको छनोट प्रतियोगिता विहिबार पोखरामा सम्पन्न भएको छ । पोखरा रंगशालाको टेबुलटेनिस कभर्ड हलमा भएको छनोट प्रतियोगितामा पुरुष तर्फ किसन जिसी, रुपराज गुरुङ, अनुष कुँवर र दिपकराज गिरी तथा महिला तर्फ मुना थापा, तृषा गुरुङ, सक्रिया पोखरेल र प्रजिता मुडभरी छनोट भएका छन् । विहिबार छनोट भएका खेलाडिहरु यहि जेठ ३० र ३१ गते हुन गइरहेको गण्डकी प्रदेश स्तरिय… पुरा पढौ

पोखरा नं.१३ वडाका संस्थागत विद्यालयले बुझाए छात्रावृत्ति विवरण

पोखरा । पोखरा महानगरपालिका १३ नं. वडाभित्र सञ्चालित संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग विहीबार वडा कार्यालयले छात्रावृत्ति विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ । संस्थागत विद्यालयले विगतमा विद्यार्थीहरूलाई उपलब्ध गराउँदै आएका मिहिनेती र जेहेन्दार छात्रावृत्तिको विवरण बुझाउँदै भविष्यमा पनि निरन्तरता दिने प्रतिवद्धता संस्थागत विद्यालय सञ्चालक तथा प्रधानाध्यापकले गरेका छन् । वडा अध्यक्ष किरण बरालले १३ नम्बर वडाभित्र शिक्षा क्षेत्रमा लगानी गरेर योगदान दिई शैक्षिकस्तर माथि उकास्न मद्धत गर्दै छात्रावृत्ति विवरण पारदर्शी गरेकोमा संस्थागत विद्यालय सञ्चालकलाई धन्यवाद ज्ञापन गरेका थिए । बरालले… पुरा पढौ