समाचार

वेस्ट इन्डिजद्वारा नेपालसामु जितका लागि ३४० रनको चुनौती पेस

काठमाण्डौं । आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा वेस्ट इन्डिजले कप्तान शाई होप र निकोलस पुरनको शतकमा नेपाललाई जितको लागि तीन सय ४० रनको लक्ष्य दिएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै तीन सय ३९ रनको योगफल बनायो । वेस्ट इन्डिजका कप्तान होपले सर्वाधिक एक सय ३२ रनको योगदान दिए । उनले एक सय २९ बलमा १० चौका र तीन छक्का प्रहार गर्दै एक सय ३२ रनको योगदान… पुरा पढौ

नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लाग्यो

शेयर कारोबार हुने साताको अन्तिम दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लागेर दुई हजार ५५ दशमलव ५३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अङ्कले ओरालो लागेर तीन सय ८५ दशमलव ८१ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर… पुरा पढौ

फेवाताल संरक्षणमा सर्वोच्चको आदेश पोखरा महानगरको लागि चुनौति कि अवसर ?

पोखरा, असार ६ सर्वोच्च अदालतको यसअघिको आदेश कार्यान्वयन भएको भए अहिले फेवाताल संरक्षण भइसकेको हुन्थ्यो । फेवाताल जलाधार क्षेत्रको संरक्षणसँगै त्यहाँ रहेका अवैध संरचना भत्किसकेको हुन्थ्यो । किनकी सर्वोच्च अदालतले २०७५ साल बैशाख १६ गते फेवातालको सिमाङ्कन, नक्साङ्न र सौन्दर्यकरण गर्न संघ, प्रदेश र स्थानिय तहलाई निर्देशनात्मक आदेश गरेको थियो । विश्वप्रकाश लामिछाने नेतृत्वको तत्कालीन फेवातालको मापदण्ड निर्धारण तथा संरक्षण सुझाव समितिको प्रतिवेदनलाई आधार मानेर सर्वोच्च अदालतले ६ महिना भित्र फेवातालको सिमाङ्कन गरी चार किल्ला निर्धारण गरी नक्साङ्कन गर्न र… पुरा पढौ

प्रशिक्षक मन्जु पौडेलद्धारा पोखराका २० महिलालाई कपडा डिजाईन् सम्बन्धि तालिम प्रदान

पोखरा । पछिल्लो समयमा विभिन्न संघसंस्थाहरुले महिलाहरुलाई विभिन्न सिप सिकाई आत्मनिर्भर बनाउन लागि परेका छन् । त्यसै अन्तर्गत नित्य ट्रेडिश्नल टेक्स प्रालिले पोखरामा महिलाहरुलाई १० दिने बच्चाको पास्नीको कपडा डिजाईन् गर्ने तालिम प्रदान गरेको छ । समुदायद्वारा समुदायका लागि सिप भन्ने नाराका साथ पोखरा वडा नं. ५ पस्र्याङमा डिजाईनर तथा मुख्य प्रशिक्षकमन्जु पौडेलले उक्त तालिमको प्रशिक्षण दिएका थिए । कपडा डिजाईनको तालिम दिदै प्रशिक्षक मन्जु पौडेल गत जेठ २७ गते देखि असारको ४ गतेसम्म १० दिन सञ्चालन गरिएको तालिममा करिव… पुरा पढौ

माओवादीले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा र ?

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । यही असार २३ गतेदेखि राजधानीको प्रज्ञा–प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको छ । बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब सात सय सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । केन्द्रीय सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय सदस्य दुई सय दुई गरी माओवादीको केन्द्रीय समिति पाँच सय ८८ सदस्यीय रहेको छ । माओवादीमा तीन आयोग, सात भौगोलिक र तीन गैरभौगोलिक… पुरा पढौ

हंसपपुरमा मदिरा रहित समाज अभियान शुरु

जेठ २७ पोखरा । कास्की जिल्ला रुपा गाउँपालिकाको वडा नं. ७ हंसपुरका वासिन्दाहरु यतिखेर मदिरा रहित समाज निर्माण अभियानमा जुटेका छन् । मदिरा तथा लागु औषध सेवा कर्ता बढेको कारण समाजमा दिनप्रतिदिन बढेको विकृति एवम् विसंगती अन्त्य गरि सभ्य समाज निर्माणका लागि टोलवासीको भेलाले आजदेखि मदिरा निषेधित अभियान सञ्चालन गरेको हो । स्थानीय बिभिन्न संघसंस्था, समाजसेवी, वुद्धिजिवी सहितको सहगितामा आज वडाका हंसपुर गाउँ क्षेत्रका प्रत्येक पसलमा पुगेर मदिरा व्यवस्थापन तथा लागु औषध नियन्त्रणका विषयमा सचेतना मूलक कार्यक्रम गरिएको टोलसुधार समितिका… पुरा पढौ

बागलुङका ट्र्याक्टर नजाने बाटोमा बस गुड्न थाले

सडकको ट्र्याक खुलेको २३ वर्षपछि सडक स्तरोन्नति भएर सिगानामा कालोपत्रको चरणमा पुगेपछि ट्र्याक्टर नउक्लने बाटोमा अहिले बस पुग्न थालेका छन् । विसं २०७५ मा बागलुङ नगरपालिका–८ सिगानामा सडक पुग्यो । उकालो र साँघुरो सडकमा नमिलेका घुम्तीका कारण यात्रुलाई गन्तव्यमा पुग्न सास्ती थियो । काठेखोलामा पुल नहुँदासम्म बर्खाका समयमा सिगानामा यातायातका साधन चल्न सक्दैनथे । बर्खामा खच्चडकै भरमा सामग्री ढुवानीको विकल्प थिएन । बागलुङ सदरमुकामदेखि सिगानाको बौडेचौर पुग्न दुई घन्टा बढी समय लाग्दथ्यो । वडा कार्यालयसम्म मुस्किलले एक घन्टामा पुग्ने बाटोमा… पुरा पढौ

खोजी र उद्धार गर्न प्रभावकारी संयन्त्र तयार छ- गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोलगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताएका छन् । राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले आवश्यक पूर्वतयारी गरेका कारण विपद्पछि उद्धार, खोजी र राहत कार्यलाई व्यवस्थितरुपमा सम्बोधन गर्न सकिएको जानकारी दिए । गृहमन्त्री श्रेष्ठले भने, “विपद्का घटनामा तत्काल उद्धारकार्यका लागि तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा रहनुका साथै कमाण्ड पोष्टसमेत गठन गरिएको छ, त्यससम्बन्धी राष्ट्रिय कार्ययोजना पनि निर्माण गरिएको छ ।” थुप्रै सम्भावनाका बीचमा पनि… पुरा पढौ

‘शून्य समयमा राखिएका कुरा पूरा भएन’: गण्डकी प्रदेशसभा वैठक

गण्डकी प्रदेशसभाको आजको वैठकको शून्य समयमा सदस्यले समसामयिक विषयमा सरकार तथा प्रदेशसभाको ध्यानाकर्षण गराएका छन् । बैठकमा सदस्यले बाढीलगायतका विपत्ति, मलबीउको अभाव लगायतमा प्रदेश सरकारको ध्यानार्षण गराउनुभएको हो । बैठकमा प्रदेशसभा सदस्य श्यामराजा महतले तनहुँको शुक्लागण्डकीको दुलेगौँडाबाट साँखेसम्मको बाटो बाढीपहिरोका कारण चारपाँच ठाउँमा भत्केपनि सफा नगर्दा आवतजावतमा समस्या भएको बताए । प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले यसअघि शून्य समयमा पटक–पटक म्याग्दी जिल्ला अस्पताल अलपत्र, बेनी जोमसोम सडक निर्माणमा ढिलाइ, मल बीउको अभाव लगायतका कुरा उठाउने गरेपनि त्यसको आजसम्म कुनै जवाफ नआएको… पुरा पढौ

‘उज्यालो गण्डकी प्रदेश’ घोषणा हुने

गण्डकी प्रदेशलाई आर्थिक वर्ष २०८०/८१ मा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने भएको छ । सरकारको आव २०८०/८१ को बजेटमा गण्डकी प्रदेशभर विद्युतीकरण र वैकल्पिक कर्जाको विस्तार गरी यसै वर्ष ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने उल्लेख छ । बिजुलीबाट वञ्चित प्रदेशभित्रका बाँकी घरधुरीमा सौर्य उर्जा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री जीतप्रकाश आलेले बताए । क्षतिग्रस्त लघु जलविद्युत् आयोजनाको मर्मतसम्भार तथा निर्माण गरी लघु जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्न रु. एक करोड ७५ लाख विनियोजन… पुरा पढौ