समाचार

गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न समितिको निर्देशन

राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिले कालीमाटी तरकारी बजारमा आइतबार सडकमा गोलभेँडा फालेको घटना छानविन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ । समिति सभापति प्रकाश पन्थको अध्यक्षतामा बसेको बैठकले गोलभेँडा फालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै तरकारी किन फाल्नु परेको हो भनि गृह र कृषि तथा पशुपक्षी मन्त्रालयसँग जानकारी माग गर्ने निर्णय गरेको हो । बैठकको निर्णयमा भनिएको छ, “यो किसान, उपभोक्ता र व्यवसायीको हितमा छ कि छैन ?, घटना प्रचलित कानुनबमोजिम दण्डनीय हो कि होइन ?” उक्त घटनामा… पुरा पढौ

बूढीगण्डकी जलविद्युत् आयोजना चाँडो शिलान्यास गर्न आग्रह

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास चाँडो गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा मन्त्रालयलगायतका विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदैै सांसद पाण्डेले भारत र बङ्गलादेशलाई विद्युत् बेच्न र भारतसँग समग्र व्यापार घाटा घटाउन यस्ता ठूला आयोजनाका कामलाई गति दिनुपर्नेमा जोड दिए । रु. दुई खर्ब ६० अर्ब लाग्ने सो आयोजना धादिङ र गोरखाको सिमानामा छ । कूल एक हजार दुई सय मेगावाट क्षमताको उत्पादन हुने सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सकिएको छ… पुरा पढौ

सामान्य अङ्कले घट्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक दुई दशमलव ९४ अङ्कले घटेर दुई हजार ९१ दशमलव ३९ अङ्कमा कायम भएको हो । आज विभिन्न दुई सय ७६ वटा कम्पनीका एक करोड २९ लाख ७५ हजार एक सय ६८ कित्ता शेयर ६९ हजार एक सय ६८ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ७४ करोड छ लाख आठ हजार आठ सय ८० बराबरको कारोबार भएको छ । आज विकास बैंक, वित्त, लगानी, म्युचुअल फन्ड र… पुरा पढौ

नेपालमा खाद्य असुरक्षा बढ्यो: प्रतिवेदन

अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान प्रतिष्ठानले नेपालमा खाद्य असुरक्षा र कुपोषण बढेको दाबी गरेको छ । आज सार्वजनिक गरिएको प्रतिष्ठानको ‘ग्लोबल फुड पोलिसी रिपोर्ट २०२३’ले सन् २०१७ देखि २०१९ को तुलनामा पछिल्ला वर्षमा नेपाल र दक्षिण एसिया क्षेत्रमासमेत कुपोषण र खाद्य असुरक्षा बढ्दै गएको देखाएको हो । एकीकृत विकास अध्ययन केन्द्र (आइआइडिए), बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विमस्टेक), दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र भारतीय कृषि अनुसन्धान परिषद् (आइसीएआर)को सहयोगमा अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान प्रतिष्ठान (आइएफपिआरआइ)ले… पुरा पढौ

आईटिएफ तेन्वान्दो प्रतियोगिताःप्रदेशमा स्याङजा र जिल्लामा सैनिक दोजाङ च्याम्पियन

पोखरा । पोखरा रंगशालामा सम्पन्न भएको तेस्रो प्रदेश स्तरिय तथा पहिलो कास्की जिल्ला स्तरिय आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङजा र सैनिक आईटिएफ दोजाङ च्याम्पियन बनेको छ । प्रदेश स्तरिय प्रतिस्पर्धामा स्याङजाले १० स्वर्ण,४ रजत र ४ काश्य गरि १८ पदकसहित च्याम्पियन बनेको हो । त्यसैगरि १३ पदक सहित बागलुङ दोस्रो बनेको छ । बागलुङले ६ स्वर्ण,३ रजत र ४ काश्य प्राप्त गरेको छ । त्यसैगरि १९ पदक सहित नवलपुर तेस्रो बनेको छ । नवलपुरले ५ स्वर्ण,८ रजत र ६ काश्य हात… पुरा पढौ

ड्रागन बोट रेस फेस्टिभल : पोखराको पर्यटनका लागि महत्वपूर्ण बन्दै

नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यका साथ पोखरामा पहिलोपटक हुन लागेको ‘नेपाल चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल’ यहाँको पर्यटनका लागि महत्वपूर्ण बन्ने विश्वास लिइएको छ । कोरोना महामारीका कारणले सुस्ताएको पर्यटनले विस्तारै गति लिँदै गर्दा नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखराको फेवातालमा ड्रागन बोट रेस हुन लागेको हो । यही असार ८ र ९ गते सञ्चालन हुने फेस्टिभलको तयारी भइरहँदा यतिखेर पोखराका पर्यटन व्यवसायी उत्साहित… पुरा पढौ

विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैँकको तयारी

नेपाल राष्ट्र बैँकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताए । वित्तीय तथा विद्युतीय साक्षरताबारे माछापुच्छ्रे बैंक र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन), नेपालबीचको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले विद्युतीय साक्षरताबारे पुराना पाठ्यक्रम पढाएर भन्दा पनि आधुनिकताको विकाससँगै हरेक दिनका नवीन आयामलाई शिक्षक र विद्यार्थीले आत्मसात् गर्नु पाउनुपर्नेमा जोड दिए । उनका अनुसार… पुरा पढौ

आदिपुरुष चलचित्रको प्रदर्शन नेपालभर रोकियो

भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नेपालभर रोकिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि देशभर चलचित्रको प्रदर्शन रोकिएको हो । उक्त चलचित्रको नेपाल वितरण कम्पनी ब्याङ्कटेस फिल्म्सले एक विज्ञाप्ति जारी गर्दै प्रदर्शन नगर्ने जानकारी गराएको छ । कम्पनीका निर्देशक मनोज राठीले सिर्जित अवस्थाका कारण प्रदर्शन रोकिएको जानकारी दिए । “काठमाडौँमा चलचित्र प्रदर्शन रोकिएपछि सिर्जित अवस्थाका कारण हामीले देशभर प्रदर्शन रोक्ने निर्णय लिएका हौँ”,… पुरा पढौ

“तिमी सँगै” को म्युजिक भिडियो सार्वजनिक

पोखरा । पोखरामा रहेर म्युजिक भिडियोमा क्रियाशिल रोहन नेपाली अभिनित तिमी सँगैको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा उनलाई प्रियाना आचार्यले साथ दिएकी छिन् । सुभाष ढुंगानाको आवाज रहेको गीतलाई सुन्य प्रकाशले लेखेका हुन् । हरि लम्सालको संगीतमा रहेको गीतको म्युजिक भिडियोलाई सुभाष ढुंगानाको अफिसियल युटुब मार्फत सार्वजनिक गरिएको छ । रामजी लामिछानेको निर्देशन र कोरियोग्राफीमा तयार भएको म्युजिक भिडियोबाट रोहन आशावादी छन् । उनका अनुसार हालसम्मको म्युजिक भिडियो भन्दा फरक गीतमा अभिनय गर्ने अवसर मिलेको छ । रोहन… पुरा पढौ

एमाले अध्यक्ष ओली र रेशम चौधरीबीच भेटवार्ता

काठमाण्डौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीविच भेटवार्ता भएको छ । सोमबार विहान बालकोटमा भएको भेटवार्ता समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवाली पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई लगायतसँग भेटवार्ता गरि सकेका उनले सोमबार एमाले अध्यक्ष ओलीसँग भेट गरेका हुन् । भेटवार्ताका क्रममा चौधरीले आफू जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा ओलीलाई धन्यवादसमेत व्यक्त गरेका छन् । पुरा पढौ