समाचार

राष्ट्रपतिको छातीमा पेस मेकर राखियो

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा स्थायी पेस मेकर राखिएको छ । उनलाई ७२ घण्टाको नियमित निगरानीका क्रममा मुटुको चाल बेलाबखतमा कम हुने देखिएपछि विशेषज्ञको राय परामर्शमा पेस मेकर राखिएको हो । त्रिभुवन विश्वविद्यालय चिकित्सक शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आज राष्ट्रपति पौडेलको शरीरमा सफलतापूर्वक पेस मेकर राखिएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा रत्नमणि गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति पौडेल यही असार २ गतेदेखि अस्पतालमा उपचाररत छन् । हाल उनको अवस्था सामान्य रहेको अस्पतालले… पुरा पढौ

बझाङ जीप दुर्घटना : सुदूरपश्चिम प्रदेशका मन्त्री सिंहको उपचारका क्रममा मृत्यु, मृतकको संख्या ३ पुग्यो

असार ५ बझाङ । बझाङको केदारस्यूँ गाउँपालिकामा सोमबार भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी सहायक निरीक्षक केशव भट्टले जानकारी दिए । योसँगै सो दर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि मन्त्री सिंहकी पत्नी अमृतादेवि र उनी भाउजु जानकी सिंहको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका जीप… पुरा पढौ

गुरुकुल ईन्ट्रा एसईई फुटसल प्रतियोगिता २०८०को उपाधी प्रतिभालाई

पोखरा । पोखरा स्थित गुरुकुल विद्यासदन माध्यमिक विद्यालयको आयोजनामा सञ्चालन गरेको खुल्ला ईन्ट्रा फुटसल प्रतियोगिताको उपाधी प्रतिभा माविले चुमेको छ । उपाधीका लागि आज भएको अन्तिम खेलमा प्रतिभाले ईन्द्रराज्यलक्ष्मि माविलाई ट्राईब्रेकरमा २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा दुबै तर्फका खेलाडीले एकएक गोल गरेका थिए । दोस्रो हाफमा पनि दुबैतर्फ एक/एक गोल गरि खेल दुई/दुई गोलको बराबरमा धकेलिएपछि ट्राईब्रेकर मार्फत प्रतिभाले उपाधि जितेको हो । त्यसैगरि होमटाउन एफसि तेस्रो भएको छ । होम टाउनले गनस एफसिलाई ३-०… पुरा पढौ

बझाङमा मन्त्री सवार गाडी दुर्घटना, दुईको मृत्यु, मन्त्रीसहित ३ गम्भीर

बझाङ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला मन्त्री पृथ्वी बहादुर सिंह चढेको गाडी बझाङमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सिंह सवार सुदूरपश्चिम प्रदेशको ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । मन्त्री सिंहसहित ३ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मन्त्री सिंहकी पत्नी अमृता सिंह र आफन्त जयादेवी सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । ५ जना सवार गाडी सडकबाट ५० मिटर तल… पुरा पढौ

हालसम्म बाढीपहिरोबाट १० जनाको मृत्यु, २६ जना बेपत्ता

काठमाण्डौं । यस वर्षको मनसुन सुरु भएसँगै आएको बाढी पहिरोका कारण हालसम्म १० जनाको मृत्यू भएको छ । २६ जना वेपत्ता भएका छन् । प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मनसुन शुरु भएसँगै आएको बाढीपहिरोका कारण यस्तो क्षति भएको बताएका हुन । यस्तै घट्नामा ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्णरुपमा क्षति भएको बताए । असार २ गते रातिदेखिको वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी असर परेको सरकारको भनाइ छ । गृहमन्त्री श्रेष्ठले विपद… पुरा पढौ

नगरपालिकाभित्रका ५० जनालाई आधारभूत मेलमिलाप तालिम प्रदान

गोरखा । गोरखा नगरपालिकाले नगरपालिकाभित्रका ५० जनालाई आधारभूत मेलमिलाप तालिम प्रदान गरेको छ । वडास्तरमा हुने गरेका सानातिना विवादलाई स्थानीयस्तरमै हल गर्न भूमिका खेल्न मेलमिलापकर्ताहरूलाई कानुनी ज्ञानसहित आधारभूत मेलमिलाप तालिम प्रदान गरिएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए। नगरभित्रका १४ वटै वडाले छनोट गरेर पठाएका मेलमिलापकर्ता प्राकृतिक द्वन्द्व रुपान्तरण केन्द्र नेपालको प्रविधिक सहयोगमा तालिम प्रदान गरिएको उनले बताए । ‘विवादको साटो मेलमिलापको बाटो’ भन्ने नारासहित सोमबारदेखि सुरु भएको तालिम आठ दिनसम्म सञ्चालन भएको नगरप्रमुख रानामगरले जानकारी दिए । “गाउँघरमा हुने सामान्य… पुरा पढौ

पोखरामा विश्व सङ्गीत दिवस मनाईँदै

पोखरा । पोखरामा यही असार ६ गते विश्व सङ्गीत दिवस २०८० मनाइने भएको छ । सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानको मुख्य आयोजनामा यहाँका १८संस्थाले विश्व सङ्गीत दिवस मनाउन लागेका हुन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त संस्थाका अध्यक्ष नवराज बरालले पाँच वर्षदेखि रोकिएको विश्व सङ्गीत दिवसलाई निरन्तरता दिन साङ्गीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए । पोखरा उद्योग वाणिज्य सङ्घको हलमा आयोजना हुने सो साङ्गीतिक कार्यक्रमले पोखराको साङ्गीतिक गतिविधि बढ्ने विश्वास आयोजक संस्थाले गरेको छ । साङगीतिक कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारले आफ्नो… पुरा पढौ

धर्मशाला भाडामा लगाउन बोलपत्र खुलाएपछि विवाद

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको धर्मशाला भाडामा लगाउनका लागि गुठी संस्थानले बोलपत्र खुलाएपछि विवाद सुरु भएको छ । मन्दिर अगाडि रहेको धर्मशालामा गुठी संस्थानले व्यवसाय सञ्चालन गर्नका लागि बोलपत्र आह्वान गरेपछि स्थानीयवासीले विरोध गरेका छन् । धर्मशालामा व्यवसाय सञ्चालन गर्नुभन्दा सस्तो दररेटमा मन्दिरमा आउने भक्तजनलाई बास बस्नका लागि सेवा सुविधा गरी धर्मशाला सञ्चालनमा ल्याउनुपर्ने जनाउँदै श्री मनकामना माई गुठीका गुठियार र स्थानीयवासीले विरोध गरेको स्थानीयवासी दिनेश श्रेष्ठले जानकारी दिए । मनकामना क्षेत्र विकास समितिले मन्दिरको गुरुयोजनामै धर्मशालामा भक्तजनलाई सुलभ मूल्यमा… पुरा पढौ

स्रोत अभाव र दायित्वबीच बजेट ल्याउँदै बागलुङका स्थानीय तह

सङ्घ र प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि पठाएको बजेट सिलिङअनुसार बागलुङ नगरपालिका अझै रु १५ करोड पाउन बाँकी छ । समानीकरण अनुदान र राजस्व बाँडफाँट शीर्षकमा सिलिङअनुसार नगरले बजेट भुक्तानी पाएको छैन । चालु आर्थिक वर्षको सिलिङअनुसार आन्तरिक स्रोतसमेत समावेश गरेर पालिकाहरूले गत वर्ष बजेट ल्याए । गाउँगाउँमै पुगेर योजनाका सम्झौता गरिए । तर काम सम्पन्न भएका योजनामा भुक्तानी दिने बेला रु ९६ करोड सिलिङ पाएको नगरले रु ७९ करोडमात्र भुक्तानी पायो । सङ्घ र प्रदेशले स्रोतको अभाव देखाउँदै… पुरा पढौ

गुणादीको पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु

तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेमध्ये भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । गम्भीर घाइते भई पोखरा पठाइएका बलबहादुरको राति मृत्यु भएको उनले बताउए। ढिस्काले पुरिएर घाइते… पुरा पढौ