समाचार

कांग्रेसद्वारा बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न आग्रह

काठमाण्डौं । नेपाली कांग्रेसले बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न आग्रह गरेको छ । प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजनासहित काम गर्नुपर्नेमा सो पार्टीले जोड दिएको हो । कांग्रेसले सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा परेको आकस्मिक अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट केही व्यक्तिको मृत्यु र भौतिक सम्पत्तिको ठूलो क्षति घटनाप्रति दुःख व्यक्त गरेको छ । बाढीपहिरो र डुबानबाट केही व्यक्ति बेपत्ता र विस्थापित हुनका साथै… पुरा पढौ

पूर्वी नेपालमा बाढी पहिरोको वितण्डा, तिनको मृत्यु २९ बेपत्ता

काठमाण्डौं । लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आज साँझ दिएको जानकारीअनुसार अहिलेसम्म पाँचथर, सङ्खुवासभा, ताप्लेजुङ्लगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ । ती घटनामा अन्य २९ जना बेपत्ता रहेका छन् । बेपत्ताहरुको खोजी जारी रहेको उहाँले बताउनुभयो । अन्य तीन जनाको… पुरा पढौ

अन्तर विद्यालय क्रिकेट : छात्रतर्फ त्रिभुवन र जनप्रिय तथा छात्रातर्फ सिद्ध र बाहारी फाइनलमा

असार ३ पोखरा । पोखरामा जारी ब्रेकिङ बाउण्ड्रिज कास्की जिल्ला स्तरिय अन्तर सामुदायिक छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगितामा छात्रतर्फ त्रिभुवन मावि र जनप्रिय मावि तथा छात्रातर्फ सिद्ध मावि र बाहारी मावि फाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालामा आइतबार भएको सेमिफाइलन खेलमा जित हाँसिल गर्दै यि विद्यालयहरुले फाइनलमा स्थान बनाएका हुन् । पोखरा क्रिकेट एकेडेमिको आयोजना तथा युकेको मेरलिबोन क्रिकेट फाउण्डेशन र किडासाको सहयोगमा जारी प्रतियोगिता अन्तर्गत छात्रतर्फ त्रिभुवन माविले सिद्ध माविलाई १० विकेटले पराजित गर्दै फाइनलमा प्रवेश ग¥यो । पहिला… पुरा पढौ

बैंकर डा. बुद्धि मल्लको “सफलता सम्भव छ” पुस्तक बिमोचन

पोखरा । बैंकर डा.बुद्धि मल्लको पुस्तक “सफलता सम्भव छ” को बिमोचन भएको छ । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल के।सी।ले बिमोचन गरेका थिए । नेपालका प्रख्यात पर्फमेन्स म्यानेजमेन्ट कोच तथा लेखक डा.मदन बिष्ट र पत्रकार तथा लेखक रोहित भण्डारीले पुस्तकमाथि समिक्षा गरेका थिए ।लेखकले पाठकहरुलाई सहज हिसाबले बुझ्ने गरि बिभिन्न उदाहरणका साथ जिन्दगी सुन्दर छ भन्ने सकरात्मक बिषयको साथै स्मार्ट वर्क, जोखिम, टिम वर्क, संघर्ष, नैतिकता, आलोचना,… पुरा पढौ

नेप्सेको उकालो यात्रा कायमै

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्राले यो साता कारोबारको पहिलो दिन पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार ९४ दशमलव ३३ को बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार आज विभिन्न दुई सय ८० कम्पनीका एक करोड २० लाख ९५ हजार नौ सय ६६ कित्ता शेयर रू चार अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ मा खरिदबिक्री भएका छन् । आइतबार बैंकिङ समूह तीन दशमलव ५५ अङ्कले घटेको छ भने अरु… पुरा पढौ

नारायणगढ–मुग्लिन सडकखण्डः विस्फोटक पदार्थ ल्याउन नसक्दा पुल बन्न सकेन

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणका लागि भित्तो फोर्न विस्फोटक ल्याउन नसक्दा पुल निर्माणको काम रोकिएको छ । सो सडकखण्डमा १५ वटा पुल नयाँ निर्माणका लागि ठेक्का लगाइएकामा एउटा पुलको भित्तो फोर्न नसक्दा काम हुन नसकेको हो । भित्तो फोर्नका लागि विस्फोटक पदार्थ ल्याउन जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयल, परराष्ट्र मन्त्रालय हुँदै नेपालस्थित भारतीय राजदूतावासमा स्वीकृतिका लागि फाइल पठाइएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख किरण कार्कीका अनुसार एक महिना अघि नै अनुमतिका लागि… पुरा पढौ

गाउँपालिकाको प्लास्टिकजन्य फोहर सङ्कलन अभियानमा विद्यार्थीको साथ

स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीमार्फत प्लास्टिकजन्य फोहर सङ्कलन गर्ने अभियान थालेको छ । समुदाय, विद्यालय तथा विभिन्न ठाउँमा छरिएर रहेका प्लास्टिकजन्य फोहरका कारण वातावरण प्रदूषण बढ्दै गएकाले यसको प्रयोगमा निरुत्साहित गर्ने उद्देश्यले विद्यार्थीमार्फत फोहर सङ्कलन अभियान थालिएको हो । ‘बिट प्लास्टिक पोलुसन’ भन्ने अभियानसहित गाउँपालिकावासी तथा विद्यार्थीले वर्षभरिको प्लास्टिकजन्य फोहर सङ्कलन गरी तौलको आधारमा पुरस्कार दिने योजना अगाडि सारिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । “प्लाष्टिकबाट हुने प्रदूषणले हाम्रो समुदायलगायत समग्र विश्व नै आक्रान्त पारिरहेको छ” उनले भने, “गाउँपालिकाभित्रका प्रत्येक… पुरा पढौ

लमजुङको पहिरोले मनाङ यात्रा सकस

लमजुङ । डुम्रे–बेँसीशहर–चामे सडक खण्डअन्र्तगत लमजुङको बेँसीशहर नगरपालिका–९ खरखरेमा पहिराले बाटो अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङको यात्रा सकस भएको स्थानीयवासीले बताए । वर्षासँगै पहिरो खसेर सडक अवरुद्ध भएकाले हटाउनका लागि डुम्रे–बँेसीशहर–चामे सडक योजना कार्यालयले एक्साभेटरलगायत सामग्री तयारी अवस्थामा राखेको छ । मनाङको मेरुदण्डको रूपमा रहेको उक्त सडक अवरुद्ध हुन नदिन ती उपकरण तयारी अवस्थामा राखिएको कार्यालयका सब–इञ्जीनीयर एवं साइड इञ्चार्ज सुमन अधिकारीले जानकारी दिए । “वर्षायाम लाग्नासाथ यस मार्गमा यात्रा नै सकस हुन्छ, मनाङ पर्यटकीय… पुरा पढौ

‘स्मार्ट’ बत्तीले पोखराका मुख्य चोक र सडक झलमल

पोखरा । पोखराको मुख्य सहरी क्षेत्र ‘हाइमास्र्ट’ र ‘स्मार्ट’ सडकबत्तीले झलमल बनेको छ । ‘उज्यालो पोखरा’ अभियानअन्तर्गत् २० मुख्य चोकमा ‘हाइमास्र्ट’ र करिब ५० किमी सडकमा एक हजार छ सय २४ वटा ‘स्मार्ट बत्ती’ जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र पोखरा महानगरपालिकाको साझेदारीमा बत्ती जडानको काम भइरहेको हो । पृथ्वीचोक, विरौटाचोक, शहीदचोक, बागलुङ बसपार्क, हेम्जा, फेवा किनारलगायत २० ठाउँमा ‘हाइमास्र्ट’ बत्ती जडान भइसकेको छ । चालु आवको कार्यक्रमअन्तर्गत् मुस्ताङ चोक, बाटुलेचौर मैदान र बेगनासतालमा ‘हाइमास्र्ट’ बत्ती जडानको काम… पुरा पढौ

अब निसेलढोरमै स्वास्थ्य सेवा

पोखरा । “केटाकेटी बिरामी भइरहन्छन्, कहिलेकाँही हामी आफै पनि बिरामी हुन्छौँ, भनेको बेला गाडी पाइँदैन, अस्पतालमा पुग्न यहाँबाट एक दिन लाग्थ्यो, तर अब गाउँमै स्वास्थ्य संस्था आएपछि भने खुसी लागेको छ”, निसीखोला गाउँपालिका–५का कमला विकले भने । विकका चार छोराछोरी छन् । उनीहरु विरामी पर्दा एक दिन खर्चेर अस्पताल जानु पर्दथ्यो । तर यसै साता गाउँपालिकाले निसेलढोरमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेपछि सामान्य उपचारका लागि अस्पताल पुग्नै पर्ने बाध्यता हटेकोमा उहाँलगायतका स्थानीय खुसी छन्। निसेलढोर बागलुङको दुर्गममा पर्ने बस्ती हो… पुरा पढौ