समाचार

सवारी दुर्घटनामा स्याङ्जा चापाकोटका पूर्व नगरप्रमुख गिरीको निधन

गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ । बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले ११ः४० मा मृत घोषणा गरेको थियो । राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो गए राति ११ बजे पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटनामा परेको थियो । प्रहरीले पुतलीबजार–९ कोल्मा बस्ने ३२ वर्षीय सवारी चालक सुरज नेपाली… पुरा पढौ

सृजनामा प्रदेश स्तरीय टेवटेनिस प्रतियोगिता सुरु, ५ जिल्लाका ९३ जना प्रतिस्पर्धी

पोखरा । सृजना लिडर्स क्लवको आयोजनामा पोखरामा प्रथम गण्डकी प्रदेश (एसइइ) स्तरीय टेबल टेनिस प्रतियोगिता सुरु भएको छ । सृजना लिडर्स क्लव सृजना मावि सृजनाचोक पोखरामा अध्यन गर्ने विद्यार्थीहरुको संस्था हो । विद्यालयको टेनिस कोर्टमा आयोजना भएको प्रतियोगितामा प्रदेशका ५ जिल्ला :स्याङजा, कास्की, तनहुँ, पर्वत र लमजुङका गरी ९३ विद्यार्थी सहभागी छन् । छात्र सिंगल, छात्र डबल र छात्रा सिङगलमा गरी तीन बिधामा खेल खेलाइने क्लवका अध्यक्ष मिलन खड्काले जानकारी दिए ।छात्र सिंगलमा ४८, छात्र डबलमा १२ र छात्रा सिंगलमा… पुरा पढौ

तेस्रो प्रदेशस्तरिय तथा पहिलो जिल्ला स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०८० भोलिदेखि

पोखरा । पोखराको रंगशालामा भोलिदेखि तेस्रो प्रदेशस्तरिय तथा पहिलो कास्की जिल्ला स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०८० हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघको सहआयोजनामा उक्त प्रतियोगिता हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । सोहि अवसरमा गण्डकी प्रदेश स्तरिय आइटिएफ तेक्वान्दो टेक्निकल तथा प्रशिक्षक सेमिनार प्रतियोगिता पनि सञ्चालन हुने छ । प्रतियोगिताको उद्धघाटन भोली १ बजे संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री दिग बहादुर लिम्वुले गर्ने आयोजकले जनाएको छ ।… पुरा पढौ

गण्डकी प्रदेशको बजेट कृषि र स्वास्थ्यमा केन्द्रीत

पोखरा, असार १ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करीब साढे ३३ अर्बको बजेट घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री जितप्रकाश आलेले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट घोषणा गरेका हुन् । यो चालु वर्षको भन्दा २ अर्ब ४८ करोड १८ लाखले कमी हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो । गण्डकी प्रदेश सरकारले… पुरा पढौ

सार्वजनिक जग्गा जोगाउन वडाध्यक्ष र स्थानीय एक मत

पोखरा । नेपालकै नमूना विद्यालयमा पर्ने पोखराको अमरसिंह उच्च माविको जग्गा व्यक्ति र विभिन्न समूहको अतिक्रमणको चपेटामा छ । पोखराकै थोरैमध्ये चौरमा पर्ने अमरसिंह खेल मैदान साँगुरिँदै गइरहेको र विभिन्न व्यक्तिले व्यावसायिक प्रयोजनमा प्रयोग गरेको र अतिक्रमणको चपेटामा परिरहेको गुनासो जग्गादाता गोविन्द घिमिरेको छ । सिँचाइका लागि पोखरा–१२ हुँदै बगेको सेती नहरको उचित व्यवस्थापन नहुँदाको समस्या स्थानीयलाई छ भने अर्कोतिर नहरको जग्गा नै व्यक्तिले अतिक्रमण गर्दै घरको कम्पाउण्डभित्र पारेकोसमेत गुनासो गरेका छन् । सेती नहर र सहायक कुलोका कारण सडकमै… पुरा पढौ

कालिका बहुमुखीमा चित्रकला अभिमुखिकरण कार्यक्रम सम्पन्न

पोखरा । काजिपोखरी स्थित कालिका बहुमुखी क्याम्पसमा चित्रकला सम्बधि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसका अतिरिक्त क्रियाकलाप प्रमुख शिशिर ज्ञवालीको अध्यक्षतामा संम्पन्न सो कार्यक्रममा चित्रकला सम्बधि सहजीकरण चित्रकारहरु नुमा गुरुङ र उमेश दुराले गरेका थिए । क्याम्पसकै सभाहलमा करिब सय बिधार्थीहरुको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा चित्रकलाका बिभिन्न विधाहरुको बारेमा सहजकर्ताहरुले प्रकाश पारेका थिए । साथै चित्रकारहरु द्वयले सृजना गरेका र बिक्री गरेका बिभिन्न विधाका चित्रहरुको डिजिटल प्रदर्शनी समेत गरीएको थियो । कार्यक्रमको प्रमुख अतिथि रहेका क्याम्पसका प्रमुख बिरंजी गौतमले… पुरा पढौ

गण्डकी प्रदेशको बजेट ३३ अर्ब ४२ करोड ७२ लाख

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करीब साढे ३३ अर्बको बजेट घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री जितप्रकाश आलेले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट घोषणा गरेका हुन् । यो अघिल्लो वर्षको भन्दा २ अर्ब ४८ करोड १८ लाखले कमी हो । पुरा पढौ

बालबालिका र ज्येष्ठ नागरिकलाई ओपिडी सेवा र प्रयोगशालामा निःशुल्क गर्न बजेट विनियोजन

गण्डकी प्रदेश सरकारले बालबालिका र ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारका लागि बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट प्रदेश अर्थमन्त्री जितप्रकाश आलेले १० वर्ष मुनिका बालबालिका तथा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई प्रदेश मातहतका अस्पताल तथा स्वास्थ्य सेवा केन्द्रहरुमा निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । उनका अनुसार उनीहरुको ओपिडी सेवा र प्रयोगशाला परीक्षण निःशुल्क प्रदान गर्न बजेट विनियोजन गरिएको हो । पुरा पढौ

पोखरामा प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता सुरु

पोखरामा प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता आजदेखि सुरु भएको छ । पोखरा रङ्गशालामा आयोजित प्रतियोगिताको गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले शुभारम्भ गरेकी हुन् । सो अवसरमा उनले व्यायाम र मनोरञ्जनमात्र नभई खेलकुदले देशको प्रतिष्ठा बढाउने र खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले सक्दो लगानी गर्ने उल्लेख गरिन् । प्रदेश खेलकुद परिषद्को आयोजना र कास्कीस्थित जिल्ला भारत्तोलन सङ्घको व्यवस्थापनमा आयोजित प्रतियोगितामा कर्णालीबाहेक छ प्रदेशका ५७ खेलाडी सहभागी छन् । “स्थानीयस्तरमा रहेका खेलाडीको प्रोत्साहनका लागि यो प्रतियोगिता राखिएको हो, यसमा विभागीय… पुरा पढौ

प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाका लागिपनि बजेट छुट्टियो

गण्डकी प्रदेश सरकारले प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाका लागि बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट प्रदेश अर्थमन्त्री जितप्रकाश आलेले प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाका लागि प्रस्तावित कास्कीको पुँडीटार र नवलपुरको लौकाहा खोलामा औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक बजेट विनियोजन गरिएको बताए । विनियोजित बजेटबाट ती क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाका लागि वातावरणीय सम्भाव्यता अध्ययन, जग्गाको भोगाधिकार प्राप्ती र पूर्वाधार निर्माणका लागि खर्च गरिने अर्थमन्त्री आलेले बताए । त्यस्तै, गोरखाको च्याङलिङमा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने उनले बताए । पुरा पढौ