समाचार

गण्डकी सरकारले छुट्यायो गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न बजेट

गण्डकी प्रदेश सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट प्रदेश अर्थमन्त्री जितप्रकाश आलेले औषधीजन्य तथा उद्योगजन्य कच्चा पदार्थको रुपमा रहेको गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरिएको बताए । तर कति बजेट भन्ने उनले खुलाएनन् । पुरा पढौ

गण्डकी प्रदेशको बजेट : बाँझो खेतमा खेती गर्न १ करोड ५२ लाख विनियोजन

पोखरा, असार १ गण्डकी प्रदेश सरकारले बाँझो खेतमा खेती गर्न डेढ करोड रुपैयाँ विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट प्रदेश अर्थमन्त्री जितप्रकाश आलेले आगामी आर्थिक वर्ष २०८०÷८१ मा बाँझो खेतमा खेती गर्न १ करोड ५२ लाख रुपैयाँ बिनियोजन गरिएको बताए । स्थानिय तहसँगको साझेदारीमा भूमि बैंकको अवधारण लागु गरी बाँझो खेतमा खेती गर्नका लागि ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’ भन्ने अभियान सञ्चालन गरिने उनले बताए । अभियान अन्तर्गत बाँझो रहेको खेतबारीमा खेती गर्न किसानलाई प्रोत्साहन गरिने अर्थमन्त्री… पुरा पढौ

सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ आज बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८ सय र चाँदी २० रुपैयाँले बढेको छ ।सुनको भाउ आज तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदी आज तोलाको १ हजार ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । पुरा पढौ

गोरखामा लोपउन्मुख तामे सालक भेटियो

गोरखाको गण्डकी गाउँपालिका–४, फलाटे क्षेत्रमा विश्वमै अति दुर्लभ मानिएको लोपन्मुख तामे सालक आज बिहान फेला परेको छ । स्थानीयवासी प्रेमकुमार श्रेष्ठको घर नजिकै पोखरीमा वयस्क हुँदै गरेको तामे सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका वन अधिकृत रविआनन्द गोपालीले जानकारी दिए । फेला परेकोे उक्त सालकलाई डिभिजन वन कार्यालय गोरखाबाट गएको टोलीले तत्काल उद्धार गरेको उहाँले बताए । “आज बिहान फेला परेको सालक तामे सालक हो, यसलाई पमासमेत भनेर चिन्ने गरिन्छ”, उनले भने । सालकको आहारा कमिला, धमिरा लगायतका कीरो… पुरा पढौ

प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेको छ । समितिको आजको बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले समिति सदस्यको जिज्ञासाको जवाफ दिएपछि उनको नाम अनुमोदन भएको हो । बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नेपालको प्रधानन्यायाधीश पदमा संसदीय सुनुवाइपछि कार्कीको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको जानकारी दिए । उनले भने, “संवैधानिक परिषद्द्वारा नेपालको प्रधानन्याधीशका लागि प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।” यसअघि बैठकमा सदस्यहरूले आमजनतामा न्यायालयप्रतिको भरोसा र विश्वास… पुरा पढौ

सरसफाइ र फोहर व्यवस्थापनबारे सबै स्थानीय तहलाई मन्त्रालयको निर्देशन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयले सरसफाइ तथा फोहरमैला व्यवस्थापनका लागि देशभरका सबै स्थानीय तहलाई निर्देशनसहितको पत्राचार गरेको छ । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमको बुदाँ नं ८८ मा तीनै तहका सरकारको समन्वयमा सरसफाइ स्वच्छता कार्यक्रमलाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गरिने भन्ने उल्लेख भएबमोजिम सरसफाइ तथा फोहरमैला व्यवस्थापनका लागि सबै स्थानीय तहलाई मन्त्रालयले बिहीबार सो पत्राचार गरेको हो । मन्त्रालयले सचिवस्तरको निर्णयबाट सरसफाइ तथा फोहरमैला व्यवस्थापनका लागि सबै स्थानीय तहलाई १८ बुँदे नीतिअनुसार काम… पुरा पढौ

लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु

सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको दाना अड्किएर मृत्यु भएको अस्पतालबाट जानकारी प्राप्त भएको बताए । यसैबीच सुनकोशी गाउँपालिका–२ गजुलीदहस्थित सुनकोशी नदी किनारमा एक बालकको शव फेला परेको छ । बिहीबार साँझ बालकको शव फेला… पुरा पढौ

विद्यालय तहदेखि नै न्यायिक चेतना बढाउँदै

पोखरा । घर नजिकको सरकार भएपछि पहिलो समस्या सुनाउने ठाउँ स्थानीय सरकार हुनु स्वभाविक हो । संघीय संरचनाले गुनासा सुन्ने मात्रै होइन, स—स्याना समस्या निरूपणका लागि स्थानीय तहमा न्यायिक समिति गठन गर्न पाउने व्यवस्था गरिदिएको छ । न्यायिक निरुपण सहज र सर्वसाधारणको समेत पहुँचमा पु¥याउने संवैधानिक व्यवस्था भए अनुसार अहिले न्यायिक समितिले पालिकामा काम गरिरहेका छन् । न्यायिक समितिको काम, कर्तव्य र यसको व्यवहारिक पाटोबारे विद्यालय तहदेखि नै यसको वृहत पाटोबारे जानकारी दिने उद्देश्यले पोखरा महानगर न्यायिक समितिले अहिले महानगर… पुरा पढौ

चरक हस्पिटल नागढुंगाको चार दिने निःशुल्क मुटुरोग स्वास्थ्य शिविरमा चार सय बढी लाभान्वित

पोखरा, जेठ ३० पोखराको चरक मेमोरियल हस्पिटल नागढुंगा पोखराले आयोजना गरेको चार दिने निःशुल्क मुटुरोग स्वास्थ्य शिविरमा ४ सय जना भन्दा बढी लाभान्वित भएका छन् । चरक मेमोरियल हस्पिटल प्रालि नागढुंगा पोखराले टाईगर ग्रुप आफ पोखरासँगको सहकार्यमा सर्वसाधारणका लागि आयोजना गरेको निःशुल्क मुटुरोग स्वास्थ्य शिविरमा ४ सय जना भन्दा बढीले मुटु परीक्षण तथा उपचार गरेका हुन् । जेठ २७ गते शनिबारदेखि शुरु भएर मंगलबार सम्पन्न शिविरमा प्रत्येक दिन मुटु परीक्षण गर्नेको भीड लागेको थियो । सो अवसरमा एक जनाको निःशुल्क… पुरा पढौ

पाँच लाखभन्दा कमका योजना सङ्घमै फिर्ता पठाउँछौँ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले बजेटमार्फत साना योजना बिनियोजन गरी प्रदेशमा पठाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । अग्रीम जानकारी गराउँदा पनि सङ्घ सरकारले बजेटमार्फत एक लाखसम्मका योजना बनाएर प्रदेशमा पठाएको भन्दै रु पाँच लाख मुनिका बजेट कार्यान्वयन नगर्ने स्पष्ट पारे । आज नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा मुख्यमन्त्री पाण्डेले रु पाँच लाखभन्दा मुनीका योजना एकसय भन्दा बढी रहेको भन्दै प्रभावहीन कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार बाध्य नहुने बताए । “प्रदेश र स्थानीय तहलाई बलियो… पुरा पढौ