समाचार

नर्सहरुको मनोबल उच्च बनाउन पोखरामा क्षमता अभिवृद्धि कार्यक्रम

पोखरा । पोखराका नर्सहरुको मनोवल उच्च बनाउन अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ । नेपाल युथ नर्स सोसाइटीको आयोजनामा आज (बिहीबार) पोखराका विभिन्न नर्सिङ कलेज तथा अस्पतालका नर्ससँग अन्तरक्रिया र क्षमता अभिवृद्धि कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागिले नर्सहरुको समस्याका विषयमा बोलेका थिए । अस्पतालमा नर्स र बिरामीको अनुपात नमिल्दा समस्या भएको, आफ्नो जिम्मेवारी अनुसारको पारिश्रमिक नभएको, सरकारले नर्सका विषयमा चासो नदिएको जस्ता कुराहरु सहभागिले बताएका थिए । अस्पताल प्रशासन र राज्यले नर्सिङ क्षेत्रमा देखाउनु पर्ने चासो नदेखाएको सहभागिहरुको… पुरा पढौ

अव्यवस्थित ग्रामीण सडकले कुरुप बन्दै गाउँ

ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्र मोटरबाटोले जोडिएका थिएनन् । बजारबाट सामान ओसारपसार गर्न घोडा, खच्चड र भरियाको प्रयोग गरिन्थ्यो । टाढाको यात्रा पनि हिँडेरै पार गर्नुपर्ने बाध्यता थियो । स्थानीय सरकारको स्थापनापछि सडक सञ्जाल विस्तार पहिलो प्राथमिकतामा पर्ने गरेको छ । अहिले दूरदराजका गाउँ तथा बस्ती–बस्तीमा सडक पुगेको छ । सडकले ग्रामीण जनजीवनमा आएको परिवर्तनसँगै विनाशको जोखिम पनि बढे्को स्थानीय बताउँछन् । हिउँदको समयमा धमाधम सडक निर्माण हुन्छन् । बर्खाको समय ती सडकमा ठूलाठूला पहिरो जाँदा मानवीय… पुरा पढौ

बाल शैक्षिक कार्यक्रम अन्तर्गत ३७ विद्यार्थीलाई शैक्षिक सामग्री र झोला वितरण

पोखरा । सिद्धार्थ क्लब पोखराले बाल शैक्षिक कार्यक्रम अन्तर्गत अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छ । बाल शैक्षिक कार्यक्रम अन्तर्गत ११ वटा सरकारी विद्यालयमा अध्ययनरत विपन्न परिवारका ३७ जना विद्यार्थीहरुका लागी आवश्यक शैक्षिक सामग्री र एक एक थान झोला वितरण गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले सरकारी विद्यालयहरुलाई प्राप्त हुने स्थानिय तहको सहयोग मात्र प्रयाप्त नहुने हुदाँ संघ संस्थाहरुको सहयोग पनि महत्वपूर्ण रहेको जानकारी गराउदै क्लबबाट सहयोग भएका सामग्रीको सही सदुपयोग… पुरा पढौ

पालिकाभित्रका मुख्य–मुख्य सडक नियमित सञ्चालन गर्न सडक हेरालु नियुक्त

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बर्खायाममा पालिकाभित्रका मुख्य–मुख्य सडक नियमित सञ्चालन गर्नका लागि सडक हेरालु नियुक्त गरेको छ । जिल्लाका एघार पालिकामध्ये बारपाक सुलिकोटले पहिलो पटक पालिकाभित्रका सडकको हेरचाहका लागि सडक हेरालु राखेको हो । बर्खा लागेसँगै सडकमा बग्ने भल तथा स–साना पहिरो समयमा व्यवस्थापन गर्न नसक्दा आवागमनमा समस्या उत्पन्न हुने र सडकमा बढी क्षति पुग्ने भएकाले सोको सही व्यवस्थापनका लागि सडक हेरालु नियुक्त गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । सडकमा आउने भल तथा पहिरो व्यवस्थापन गरी सडक… पुरा पढौ

गण्डकी प्रदेशको तेस्रो पूर्ण खोप सुनिश्चित जिल्लामा तनहुँ

तनहुँ । तनहुँ जिल्ला गण्डकी प्रदेशको तेस्रो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । यसअघि गण्डकी प्रदेशको लमजुङ र पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेका छन् । जिल्लाका सबै स्थानीय तहमा रहेका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका बमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेको सुनिश्चिततासहित पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले… पुरा पढौ

नेप्से परिसूचक सात दशमलव २७ अङ्कले बढ्यो

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव २७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३९ दशमलव ६१ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर तीन सय ६४ दशमलव ४२ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा नौ उपसमूहको शेयर मूल्यमा बृद्धि भएको… पुरा पढौ

नेप्से परिसूचक सात दशमलव २७ अङ्कले बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव २७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३९ दशमलव ६१ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर तीन सय ६४ दशमलव ४२ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा नौ उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ ।… पुरा पढौ

जन्मदिनको अवसरमा गरिएको रक्तदान कार्यक्रममा ४९ पिन्ट रगत संकलन

पोखरा । पोखरामा जन्मदिनको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४९ युिनट रगत संकलन भएको छ । लायन्स क्लव अफ पोखरा डेस्टीनेशनको आयोजनामा क्लवका पुर्व अध्यक्ष लक्ष्मण तिमिल्सिनाको जन्मदिनको अवसरमा मेडीप्लस हस्पिटल ,महेन्द्रपुलमा रक्तदान कार्यक्रम गरिएको थियो । कार्यक्रमको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले रक्तदान जीवनदान भएको बताउदै निशुल्क दान गरेको रगत प्रयोग गर्दा कुनै शुल्क नलाग्ने बताए । उनले हाल गण्डकी प्रदेश सरकारले आवश्यक किटहरु निशुल्क प्रदान गर्ने व्यवस्था गरे संगै यो व्यवस्था लागु… पुरा पढौ

सुस्ताएको सहस्राब्दी मिलेनियम ट्रेक पुनःप्रवर्द्धन तथा बजारीकरण गरिँदै

गण्डकी । कोरोनालगायतका कारण सुस्ताएको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) को पुनः प्रवर्द्धन एवं बजारीकरण गरिने भएको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजना एवं नेपाल पर्यटन बोर्डको सहआयोजनामा एवं प्रवर्द्धनमा उक्त पदमार्गको पुनःबजारीकरण गर्न लागिएको हो । पदयात्रा पर्यटनमा गति लिँदै गरेको अवस्थामा विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीले यस पदमार्ग क्षेत्र प्रभावित बनेसँगै यसको पुनःप्रवर्द्धन एवं बजारीकरण अपरिहार्य भएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए। “कोरोना महामारीपछि यस क्षेत्रको पदयात्रा सुस्ताएको छ”, उनले भने, “सुस्ताएको पदयात्रा पर्यटनलाई पुनःजागरण… पुरा पढौ

बेनी नगरपालिकाले आफ्नै ‘लोगो’

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले आफ्नै ‘लोगो’ बनाएको छ । दशौ स्थापना दिवसको अवसर पारेर बिहीबार नगर प्रमुख सुरत केसीले लोगो सार्वजनिक गरे । नगरपालिकाले उत्कृष्ट ‘लोगो डिजाइन’ गर्नेलाई रु २५ हजार नगद पुरस्कार दिने घोषणा गर्दै सूचना जारी गरेको थियो । खुल्ला प्रतिस्पर्धा मार्फत लोगोको डिजाइन गरेको हो । प्राप्त भएका तीन मध्ये बेनी नगरपालिका–१० का खिमबहादुर खत्रीले पेश गरेको लोगोको डिजाइन छनौट समितिले छानेको थियो । नगरपालिकाका सूचना प्रविधि अधिकृत समेत रहेका खत्रीले लोगो बनाएवापत प्राप्त भएको पुरस्कार… पुरा पढौ