समाचार

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्ने

सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते पेश गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठक शुक्रबार अपराह्न ४ः०० बजे बजेट पेश गर्ने तयारी भईरहेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ः०० बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतितिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका छन् । नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ । गणतन्त्र दिवसको… पुरा पढौ

पोखरा बसपार्कको जग्गा छानविन गर्न महानगरले बनायो समिति, भूमिहीन सुकुमबासीलाई सामान सार्न १५ दिन थप म्याद

सन्देश श्रेष्ठपोखरा, जेठ १३ पोखरा महानगरपालिकाले पोखरा बसपार्कको जग्गा छानविन गर्न उच्चस्तरीय समिति बनाएको छ । पोखरा बसपार्क निर्माणका लागि छुट्याइएको जग्गाबारे विवाद भएपछि त्यसको छानविन गर्न पोखरा महानगरपालिकाले पूर्व न्यायाधीस शंकरराज बरालको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको हो । समितिको सदस्यमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी र सदस्य सचिवमा पोखरा उपत्यका नगर विकास समितिका प्रशासकीय अधिकृत प्रकाश सुवेदी रहेका छन् ।पोखरा बसपार्क बनाउन ५३ वर्ष अगाडि वि.सं.२०३० सालमा १९६ रोपनी जमिन अधिग्रहण गरिएको थियो । पोखरा उपत्यका नगर विकास समितिको… पुरा पढौ

जनप्रेमी आधारभूतको ७१ औं वार्षिकोत्सव सम्पन्न, शिक्षक अभिभावक सम्मानित

अन्नपूर्ण गाउँपालिका १०, किम्चेस्थित जनप्रेमी आधारभूत विद्यालयले आर्थिक सहयोग गर्ने शिक्षकलाई सम्मान गरेको छ । विद्यालयको ७१औं वार्षिकोत्सवका अवसरमा विद्यालयमा आर्थिक सहयोग गर्ने शिक्षक शुभेछा आचार्य र सृजना सुवेदी पौडेलसहित वर्ष शिक्षकका रुपमा प्रधानाध्यापक बैकुण्ठ दाहाल र अभिभावक तारा घले लाई सम्मान गरेको हो । उनीहरुलाई वडाध्यक्ष गौतम गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धुर्ब घलेले सम्मानपत्र र दोसल्ला प्रदान गरी सम्मान गरे । यस अघि कार्यक्रमको ण्द्घाटन गदैृ वडाध्यक्ष गुरुङले गाउँपालिकाले शिक्षा सुधारलाई पहिलो प्राथामिकतामा राखेको बताउँदै, कम्तीका ८० प्रतिशत… पुरा पढौ

स्वास्थ्य बीमा सेवामा सुविधाको दररेट परिवर्तन, सेवाग्राहीलाई समस्या पर्ने

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ को दररेट परिवर्तन गरेको छ । स्वास्थ्य बीमा लागू भएपछि पहिलो पटक बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षणको सुविधा थैली दररेट परिवर्तन गरेको हो । बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दरअनुसार औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षण शुल्क लिन निर्देशन दिएको बताईन् । उक्त नयाँ सुविधा थैलीको दररेठ यही जेठ १६ गतेदेखि लागू हुनेछ । उनले बोर्डले विगत… पुरा पढौ

पोखरा बहुमुखी क्याम्पसमा जेठ १५ र १६ गते व्यवस्थापन र सामाजिक विज्ञानमा राष्ट्रिय अनुसन्धान सम्मेलन हुँदै,

पोखरा । पोखरा बहुमुखी क्याम्पस ले यही जेठ १५ र १६ गते (मे २९–३०, २०२६) “Emerging Trends in Management and Social Science (PMCNC-2026)” शीर्षक राष्ट्रिय अनुसन्धान सम्मेलन आयोजना गर्ने भएको छ ।व्यवस्थापन तथा सामाजिक विज्ञानका समसामयिक विषयमा केन्द्रित उक्त सम्मेलन विश्वविद्यालय अनुदान आयोग नेपालको सहयोग तथा पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, सिनावत्रा विश्वविद्यालय र मुक्त फाउण्डेसन नेपाल को सहकार्यमा सम्पन्न हुने कार्यक्रम संयोजक सह प्रा भिमप्रसाद न्यौपाने ले जानकारी दिए ।सम्मेलनमा तीन राष्ट्रका सात विश्वविद्यालय तथा २१ क्याम्पसका ७८ जना अनुसन्धानकर्ताले… पुरा पढौ

फोनिज गण्डकीको आयोजनामा समावेशी पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा पोखरामा समावेशी पत्रकारिता तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम भएको छ । प्रेस रेजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा भएको तालिम मंगलबार र बुधबार हुनेछ । तालिमको गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले उद्घाटन गरिन् । उक्त कार्यक्रममा प्रेस रजिष्ट्रार भण्डारीले पत्रकारितामा निरन्तरको तालिम र क्षमता अभिवृद्धि अपरिहार्य रहेको बताइन् । भण्डारीले समाजको पिँधमा रहेका आवाजहरूलाई मूलधारमा ल्याउनुपर्ने धारणा राखिन् । गुरुङ, मगर, थकाली, तामाङ र दलित लगायतका विभिन्न जातजाति र भाषाभाषीको विविधताले सजिएको… पुरा पढौ

गण्डकीको बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता : आयोजना बैंकबाट योजना छनौट, दोहोरो कर हटाईने

सन्देश श्रेष्ठपोखरा, जेठ १२ गण्डकी प्रदेशले आगामी बजेटमा आयोजना बैंकबाट योजना छनौट गर्ने भएको छ । गण्डकी प्रदेश सभामा मंगलबार आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आगामी आर्थिक वर्षको बजेटमा आयोजना बैंकबाट प्राथमिकताका आधारमा योजना छनौट गर्ने जानकारी दिएका हुन् । हरेक बजेटमा पकेटका योजना र कनिका छराई बजेट ल्याएको भन्दै विरोध हुँदै आएको थियो । जसले समविकासमा बाधा पुग्नुका साथै बजेटको प्रभावकारी कार्यान्वयन नहुने गरेको आरोप लाग्दै… पुरा पढौ

असिना पानीले पोखरामा मकै, फलफूल तथा तरकारी बालीमा क्षति

सोमबार आएको हावाहुरीसहितको असिना पानीका कारण पोखराका विभिन्न स्थानमा मकै, फलफूल तथा तरकारी बालीमा क्षति पुगेको छ । हावाहुरीसहितको असिना पानीका कारण महानगर क्षेत्रका वडा नं १३, २२, २३, २४, २८, ३१, ३२, ३३ लगायतका वडामा लगाइएको मकैसहित फलफूल तथा तरकारी बारीमा क्षति पुगेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । कृषि प्राविधिक एवम् वडास्तरीय कृषि सञ्जालबाट क्षतिको विवरण सङ्कलन सुरु गरिएको छ । वडा नं १३ मा लगाइएको करिब २०० रोपनी क्षेत्रफलको तरबुजालाई असिनाले क्षति… पुरा पढौ

गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तथा कार्यक्रममार्फत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणमा टेवा पु¥याउने नवप्रर्वतन, प्रविधिमैत्री र स्टार्टअप आयोजना तथा कार्यक्रमलाई विनीयोजन विधेयक, २०८३ मा समेटिएका छन् । विधेयकले सीमान्तकृत, लोपोन्मुख र पिछडिएका वर्ग तथा क्षेत्र लक्षित कार्यक्रममार्फत कृषि क्षेत्रको व्यावसायीकरण, यान्त्रिकीकरण र बजारीकरण गरी… पुरा पढौ

वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली सङ्घ ९इयू० तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताए । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार उक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन… पुरा पढौ