समाचार

अकलादेवी धार्मिक क्षेत्र विकास समितिमा गौतम

पोखराको लामाचौरमा रहेको श्री अकलादेवी मन्दिर धार्मिक क्षेत्र विकास समितिको अध्यक्षमा ऋषिराम गौतम चयन भएका छन् । समितिको पाँचौं वार्षिक साधारण सभा तथा अधिवेशनले गौतमको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा सविन जि सी, द्वितीय उपाध्यक्षमा खिमलाल गौतम, सचिवमा हरिबहादुर बरुवाल, कोषाध्यक्षमा भवानी प्रसाद गौतम, सहसचिवमा मनमाया परियार तथा सहकोषाध्यक्षमा कोमलप्रसाद काफ्ले सर्वसम्मत रूपमा चयन भए । सदस्यमा बिन्दु गौतम, हरिप्रसाद पौडेल, रामप्रसाद श्रेष्ठ, महेन्द्रबहादुर पाण्डे, कमला कार्की , टेकनाथ आचार्य रहेका छन् । तृतीय… पुरा पढौ

अभिभावक–विद्यालय सम्बन्ध मजबुत बनाउन प्रतिभा मन्टेश्वरीको ‘मीट एण्ड ग्रीट’

पोखरा । अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ नजिक र विश्वासिलो बनाउने उद्देश्यसहित प्रतिभा मन्टेश्वरी ले ‘मीट एण्ड ग्रीट’ कार्यक्रम आयोजना गरेको छ । पोखराको नदिपुरस्थित विद्यालय परिसरमा आइतबार सम्पन्न कार्यक्रममा नर्सरीदेखि युकेजीसम्म अध्ययनरत विद्यार्थीका अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन पक्षको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका फाइनान्सियल डाइरेक्टर विश्वगोपाल पराजुली ले बालबालिकाको सिकाइलाई प्रविधिमैत्री र व्यवहारिक बनाउँदै लगिएको बताए । उनले प्रत्येक बालबालिकाको क्षमता फरक हुने भएकाले अरूसँग तुलना नगरी उनीहरूको रुचि र क्षमतालाई बुझेर अघि बढाउन अभिभावकलाई आग्रह… पुरा पढौ

फिर्के खोला घर मिचेर बनाइएका १६० मध्ये पहिलो दिन २० संरचना भत्काइए

सन्देश श्रेष्ठपोखरा, जेठ १० पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन शुरु भएको छ । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउन शुरु गरेको हो । आईतबार विहान ३ फरक ठाउँबाट संरचना भत्काउन शुरु गरेको महानगरले पहिलो दिन २० वटा संरचना भत्काएको छ । आईतबार आठवटा पक्की र १२ वटा अस्थायी संरचना भत्काइएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए। उनका अनुसार पोखरा–१८ का ६ वटा, पोखरा ४ मा १० वटा, पोखरा ५ मा २ वटा र पोखरा… पुरा पढौ

लेखनाथलाई पुनः नगरपालिका कायम गर्न सर्वदलीय ऐक्यबद्धता,“पहिचान, पहुँच र समृद्धिका लागि लेखनाथ पुनस्र्थापनाको विकल्प छैन”

साविक लेखनाथ नगरपालिकालाई पुनःस्थापना गर्नुपर्ने मागसहित आयोजित वृहत अन्तरक्रिया कार्यक्रममा राजनीतिक दल, बुद्धिजीवी, उद्योगी–व्यवसायी, समाजसेवी तथा स्थानीयवासीले ऐक्यबद्धता जनाएका छन्। लेखनाथ पुनस्र्थापना पहल समितिको आयोजनामा आइतबार तालचोकमा सम्पन्न कार्यक्रममा वक्ताहरूले पोखरा महानगरपालिकाको संरचनाले लेखनाथ क्षेत्रलाई ओझेलमा पारेको भन्दै अब पुनः नगरपालिका स्थापनाका लागि सशक्त आन्दोलन आवश्यक रहेको बताएका हुन्।कार्यक्रममा सहभागीहरूले स्थानीय तह पुनःसंरचनाको क्रममा साविक लेखनाथ नगरपालिकालाई पोखरा महानगरपालिकामा विलय गर्नु भौगोलिक, प्रशासनिक, आर्थिक तथा सांस्कृतिक दृष्टिले त्रुटिपूर्ण निर्णय भएको बताएका थिए। उनीहरूले विशाल भूगोल र असन्तुलित प्रशासनिक संरचनाका कारण… पुरा पढौ

तेश्रो खुल्ला डुंगा दौड प्रतियोगिता जेठको तेश्रो साता हुने

फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा यहि जेठ १८ गते पोखराको फेवातालमा तेश्रो संस्करणको पुरुष तथा महिलातर्फ खुला डुंगा दौड प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फेवातालबारे प्रचारप्रसार गर्ने, फेवातालमा हुन सक्ने भवितव्य घटनाबारे सचेतनामूलक जानकारी दिने, फेवातालको महत्व बुझाउन तथा पोखरामा आन्तरिक पर्यटक भित्र्याउँदै यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए । अध्यक्ष गिरीका अनुसार पुरुषतर्फ बाराहीघाटदेखि पारि लेक हाउससम्म झण्डै ३ किमी… पुरा पढौ

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउँदै अघि बढ्नुपर्ने बताएका छन् । गणेशमान फाउन्डेसन गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित समसामयिक भूराजनीतिक विषयक अन्तरक्रियामा उनले शक्ति राष्ट्रबीच भइरहेको द्वन्द्वका कारण विश्वको सामाजिक, आर्थिक क्षेत्र प्रत्यक्ष प्रभावित रहेको बताए । विश्व परिवेश तीव्र रूपमा परिवर्तन भइरहेका बेला नेपालले सन्तुलित कूटनीतिक अपनाउँदै आर्थिक, सामाजिक र राजनीतिक स्थायित्व कायम गर्नुपर्ने जोड दिँदै मुख्यमन्त्री पाण्डेले भने, “राष्ट्रिय हितको संरक्षणका लागि सम्पूर्ण नेपाली एकताबद्ध हुनु अपरिहार्य छ ।”… पुरा पढौ

एन प्याव्सन कास्कीको शिक्षक अभिमुखीकरण सम्पन्न

नेसनल प्याव्सन कास्कीले प्रश्नपत्र निर्माण र निरन्तर मूल्याङ्कन सम्बन्धी शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आइतबारको बिदालाई सिर्जनशील बनाउने अभिप्रायले पोखरा २७ रिठेपानी स्थित लिटल फ्लावर स्कुलमा आयोजना गरिएको कार्यक्रममा बिभिन्न विद्यालयका करीव २०० शिक्षकहरुको सहभागिता रहेको अध्यक्ष रोशन कोईरालाले जानकारी दिए । २ चरणमा गरिएको अभिमुखीकरण कार्यक्रममा सहजकर्ता पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले सिकाई प्रकृयालाई प्रभावकारी बनाउन प्रश्नपत्र निर्माणमा शिक्षकहरुले ज्ञान ,बोध र उच्च दक्षता जस्ता कुरामा ध्यान दिन आग्रह गरे । यस्तै निरन्तर मूल्याङ्कन सम्बन्धी… पुरा पढौ

तमु साँस्कृतिक प्रतिष्ठानको रजत जयन्ती समापन कार्यक्रम सम्पन्न

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा संस्थाको "रजत जयन्ती समापन समारोह, स्मारिका विमोचन एवम् छात्रवृत्ति वितरण कार्यक्रम" पोखरामा भव्यताका साथ सम्पन्न भएको छ । २५ औं बर्ष पूरा भएको अवसरमा संस्थाको स्थापना कालदेखिका तथ्यांकहरु, विभिन्न प्रबुद्ध व्यक्तिहरुको लेखरचना र विभिन्न व्यवसायीहरु एवम् शुभचिन्तकज्युहरुको विज्ञापन तथा शुभकामनाहरु समेटिएको स्मारिका विमोचन भएको यस कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननीय सरस्वती तमुको प्रमुख अतिथ्यता रहेको थियो । प्रमुख अतिथि तमुले संस्थाले शैक्षिक क्षेत्रमा गरेको यो महत्वपूर्ण योगदानले तमु समुदायलाई मात्रै नभइ राष्ट्रलाई नै टेवा… पुरा पढौ

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क

पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि अधुरै छ । बसपार्कका लागि विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा उल्टो अतिक्रमणमा परेर साँघुरिँदै गएको छ । पोखरा उपत्यका नगर विकास समितिले बसपार्कका लागि सुरुमा २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । समयमा बसपार्क नबन्दा उक्त जग्गा अतिक्रमणमा परेर अहिले झण्डै ६० रोपनीमा मात्र सीमित भएको छ । बचेखुचेको जग्गामा पनि व्यवस्थित ढङ्गले बसपार्क सञ्चालन हुन सकेको छैन । जग्गा अतिक्रमण गरी बनाइएका घरटहराले बसपार्क क्षेत्र ढाकिएको छ । फोहोरको… पुरा पढौ

पोखराको फिर्के खोलाको मापदण्ड मिचेर बनाइएको संरचना डोजर लगाएर भत्काउन शुरु

सन्देश श्रेष्ठपोखरा, जेठ १० पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन शुरु गरिएको छ । पोखरा महानगरपालिकाले पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना ३ फरक ठाउँबाट भत्काउन शुरु गरेको हो । महानगरले आईतबार विहान पोखरा २ र १८ को सिमानामा पर्ने अँधेरीकुना, पोखरा ४ र ५ को सिमानामा पर्ने फिर्केपुल बुढानिलकण्ठ मन्दिर छेउ र पोखरा७ र ८ को सिमानामा पर्ने जिरोकिलोमिटरस्थित फिर्केखोला पुल छेउबाट फिर्केखोला अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन शुरु गरेको हो । पोखरा महानगरपालिकाले सो क्षेत्रमा अतिक्रमण गरेर… पुरा पढौ