समाचार

सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँछ:परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका १० ले आज मनमैजुमा आयोजना गरेको कार्यक्रममा उनले कूटनीतिक आचरणमा प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पद धारणा गरेका व्यक्ति सबैलाई समान रूपमा लागू गर्न आफूहरू लागिपरेको बताए। “प्रधानमन्त्री, मन्त्रीलगायत सबैलाई कूटनीतिक आचरण समान रूपमा लागू गर्नका लागि हामीले तालिमको व्यवस्था गरेका छौँ”, कूटनीतिक नियम सबैले पालना गर्नुपर्नेमा जोड दिँदै परराष्ट्रमन्त्री खनालले भने । फरक… पुरा पढौ

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवले शुक्रबार बेग्लाबेग्लै भेट गरेका छन् । चिनियाँ राजदूतसँगको भेटमा नेपाल र चीनबीच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ । विशेषगरी क्षेत्रीय ऊर्जा चुनौतीलाई कसरी प्रभावकारी रूपमा सम्बोधन गर्ने भन्ने विषयमा दुवै पक्षबीच विचारविमर्श भएको थियो ।साथै ऊर्जा र जलस्रोत क्षेत्रलाई आपसी सहयोगको महत्वपूर्ण आधारका रूपमा अघि बढाउँदै साझा समृद्धि र जनहितका लागि… पुरा पढौ

भूकम्पको एक दशकः भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा

बिर्सन खोज्दा पनि बिर्सन सकिँदैन वैशाख १२ लाई । हरेक वर्ष आउने वैशाख १२ नेपाली समाज एकैपटक अतीतमा फर्किन्छ । विसं २०७२ को भूकम्पको सम्झनाले एक पटक झस्काउँछ भूकम्प भएको एक दशक बिते पनि घाउ निको भएको छैन । राजधानीका गल्ली–गल्लीमा, पहाडी गाउँका पाखा–पखेरामा, अझै भत्किएका आवास ठडिन सकेको छैन । जहाँ घरभन्दा धेरै सम्झनाहरू ढलेका थिए । दशक बित्दा पनि पुनर्निर्माणको पर्खाइमा नै छन् नेपालीहरु । भूकम्पले भत्किएका निजी आवास, विद्यालय, पुरातात्विक भवन तथा विभिन्न सरकारी भवनहरुको पुनर्निर्माणकै क्रममा… पुरा पढौ

महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा

पोखराको घार्मीमा रहेको महेन्द्र माविले नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा गरेको छ । शुक्रबार विद्यालयमा आयोजित सरोकारवालाको भेलामा विद्यालयले पठन पाठन सहित शैक्षिक योजना निर्माण गरेको विद्यालयका निमित्त प्रधानाध्यापक नन्दराज दाहालले जानकारी दिए । १९ नम्वर वडाका अध्यक्ष पुष्पेन्द्र पाण्डेले विद्यालयका शैक्षिक गतिविधीलाई निरन्तरता दिनुपर्ने बताउँदै, यसका लागि वडा शिक्षा समितिले आवश्यक समन्वय सहित तयारी गरेको बताए । उनले विपत व्यवस्थापन अन्र्तगत खानेपानी र शौचालय निर्माणका लागि बजेट विनियोजन गरेको जानकारी दिए । पुर्व वडाध्यक्ष एवं विद्यालयका सल्लाहकार संयोजक… पुरा पढौ

सहारा एकेडेमीमा शनिबार मैत्रीपूर्ण फुटबल हुने

पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजना तथा सहारा क्लब पोखराको सहकार्यमा पोखरामा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । पोखरा–१७ दोबिल्लास्थित सहारा फुटवल एकेडेमीको खेल मैदानमा शनिबार बिहान ९ः३० बजे हुने खेलमा पोखरा क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्व, उद्योगी व्यवसायी, पर्यटन तथा खेलकुदकर्मी, जनप्रतिनिधि, सहारा क्लव एवं आयोजकको सहभागिता रहने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । २६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त एकेडेमीले बालबालिकाको खेलकुद विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउँदै क्लबका उपाध्यक्ष एवं एकेडेमी संयोजक विनु राना मगरले यस… पुरा पढौ

पोखराका २ जना टोले गुण्डा नक्कली पेस्तोलसहित पक्राउ

सन्देश श्रेष्ठपोखरा, बैशाख ११ पोखराका दुई जना टोले गुण्डा पक्राउ परेका छन् । पोखरा–८ सिमलचौरका दुई जना टोले गुण्डालाई कास्की प्रहरीले नक्कली पेस्तोलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नम्बर–२ स्थायी घर भई हाल पोखरा–८ सिमलचौर बस्दै आएका ३२ वर्षिय सुवास कायस्थ र ३१ वर्षिय सुरज कायस्थ रहेको कास्की प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट २ थान नक्कली पेस्तोलसमेत बरामद गरेको छ । पक्राउ परेकाहरुको घरकोठा खानतलासी गर्दा… पुरा पढौ

पोखराको पस्यार्ङमा सोनालिका ट्याक्टरको सोरुम शुभारम्भ, न्यु पोखरा मल्टि ट्रेडर्स आधिकारिक वितरक

भारतको विश्व विख्यात सोनालिका ट्याक्टरको आधिकारिक बिक्रि कक्ष पोखराको पस्र्याङमा शुरु भएको छ । गण्डकी प्रदेश कार्यालयका रुपमा न्यु पोखरा मल्टि ट्रेडर्स प्रालिले पोखरा ५ पस्र्याङबाट सेवा शुभारम्भ गरेको हो । खेतको राजा, सडकको बादशाह सहित सार्वजनिक भएको सोनालिकाको बिभिन्न मोडलका ट्याक्टर बिक्रिका लागि राखिएको प्रालिका संचालक राजकुमार पौडेलले जानकारी दिए । डिजेलबाट चल्ने सो ट्याक्टर खेत जोत्नका साथै बिभिन्न सामाग्रीको डेलिभरी गर्न राम्रो भारवहन क्षमता र सन्तुलित भएको सेल्स म्यानेजर नवराज पौडेलले बताए । शुभारम्भ कै दिन केही ट्याक्टर… पुरा पढौ

पोखराबाट ब्राउन सुगरसहित महिला पक्राउ

पोखरामा ठुलो मात्रामा नगद र ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छिन् । लागू औषधको बिक्री बितरण भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, कास्की र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगर र ९ लाख रुपैया नगद सहित एक महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लमजुङको मध्यनेपाल नगरपालिका घर भई हाल पोखरा ११ फूलबारी बस्ने २७ वर्षीया मन्दिरा मगर रहेकी छन् । कोठा खान तलासीका क्रममा उनको साथबाट ब्राउन सुगर १०२ दशमलव ३७… पुरा पढौ

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

दिगो पर्यटन प्रवद्र्धन परियोजनाले बागलुङका निसीखोला र ढोरपाटनमा १८ घरबास स्थापना र स्तरोन्नतिका लागि रु ४५ लाख अनुदान दिएको छ । ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकाको पाखाथर सामुदायिक घरबास विस्तार गर्न र निसीखोला गाउँपालिकाको बुढाथोक गाउँको बुढाथोक नाखा सामुदायिक घरबास सञ्चालन गर्न रु दुई लाख ५० हजारका दरले अनुदान रकम प्रदान गरिएको हो । युवा उद्यमशीलता वृद्धि, महिलालाई आत्मनिर्भर बनाउने र व्यवस्थित रुपमा पर्यटकमैत्री घरबास सञ्चालन गर्न अनुदान दिइएको परियोजनाका प्रमुख अमर थापाले बताए । अहिले निसीखोलाको चार घरमा बुढाथोक… पुरा पढौ

कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ जारी, थप ६१ जना पक्राउ

कास्की प्रहरीले ‘स्वीप अप्रेसन’लाई निरन्तरता दिएको छ । बुधबार राती १० घण्टा निरन्तर ‘स्वीप अप्रेसन’ गरी १ सय २२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले थप ६१ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयले बिहीबार राति ९ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म सञ्चालन गरेको उक्त अप्रेसनका क्रममा पोखराका विभिन्न स्थानबाट ६१ जनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका वडा नम्बर २ र ४… पुरा पढौ