समाचार

डा.को कोठामा नर्स मृत फेला

काठमाडौँ । काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ काठमाडौँ महानगरपालिका–१६ बोहराटारस्थित एकजना चिकित्सकको कोठामा मृत भेटिएकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार शनिबार अपराह्न उक्त घटना भएको हो । घटनाबारे प्रहरीलाई ४ बजे खबर भएको तर हालसम्म शव घटनास्थलमै रहेको प्रहरीको भनाइ छ । उनले कोसी अस्पतालमा कार्यरत डा सुजन ढकालको कोठामा उनी मृत भेटिएको जानकारी दिए । घटनास्थलमा सुसाइट नोट फेला परेको र त्यसमा बाँच्न मन नभएको उल्लेख भएको प्रहरीले जनाएको छ… पुरा पढौ

घरसँगै जल्यो गोतामेको सपना,आफन्तकोमा आश्रय लिन बाध्य

ढोरपाटन । शुक्रबार दिउँसो तमानखोला गाउँपालिका–१ हिजाका फारम गोतामे घर छेउको बारीमा काम गर्दै थिए । सोही बेला एक्कासि घरमा धुवाँसहित ठूलो आगोको मुस्लो देखियो । गोतामे चिच्याउँदै आफन्तलाई गुहार माग्दै आगो निभाए तर उनको प्रयासलेमात्र आगो निभाउन सकेन। एकै छिनमा हेर्दाहेर्दा घर खरानीमा बदलियो । घरसँगै आगोले भएभरका भाँडाकुँडा, लत्ताकपडा र खानेकुरा सबै जलेर नष्ट भयो । आगोको मुस्लोबाट गोतामेले कुनै पनि सामान बचाउन सकेनन् । आर्थिक अवस्था निकै कमजोर रहेका घरसँगै गाँस बास, कपास सबै जलेर खरानी बन्यो… पुरा पढौ

उत्तरी गोरखाको विकट नाक्चेतमा पुग्यो मोटर

गोरखा । विकट उत्तरी गोरखाको नाक्चेत गाउँमा मोटर पुगेको छ । गाउँपालिकाको केन्द्रसम्म सडक सञ्जालले नछोएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको फिलिम नजिकै यातायातका साधान पुगेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । “रुइलाभज्याङ नाकाको सडकखण्डअन्तरगत पालिकाको केन्द्र फिलिमपारीको गाउँ नाक्चेतसम्म मोटर आइपुगेको छ,” उनले भने,“अब उत्तरी गोरखाका बासिन्दालाई आउजाउसँगै खाद्यान्न सामग्री ढुवानी गर्न पनि धेरै सहज हुने भएको छ ।” सडक निर्माण भएसँगै यहाँ अहिले मोटरसाइकल तथा जिप चल्न थालेको छ। अव यहाँबाट गाउँपालिकाको केन्द्रसम्म हिँडेर आइपुग्न जम्मा आधा घण्टामात्र… पुरा पढौ

अस्पतालको व्यवस्थापन समितिमा जिल्ला समन्वय समितिको प्रमुख नै अध्यक्ष हुने प्रावधान

पोखरा । गण्डकी प्रदेश सरकारले मातहतका अस्पतालको व्यवस्थापन समितिमा जिल्ला समन्वय समितिको प्रमुख नै अध्यक्ष हुने प्रावधान ल्याएको छ । यसअघि सरकारमा रहेका दल निकटका व्यक्ति समितिको पदाधिकारी र सदस्यमा नियुक्त हुँदै आएका थिए । समितिको संरचनागत सुधारका लागि प्रदेश सरकारले अस्पताल व्यवस्थापन समिति गठन आदेश–२०८० हालै जारी गरेको छ । त्यसमा जिसस प्रमुखको अध्यक्षतामा सात सदस्यीय व्यवस्थापन समिति गठन हुने उल्लेख छ । योसँगै अस्पताल व्यवस्थापन समितिमा राजनीतिक नियुक्तिको प्रचलन हट्ने भएको हो । समितिको सदस्यमा अस्पतालस्थित स्थानीय तहको… पुरा पढौ

पूर्वेली पहिचानको आन्दोलनमा पोखरेली संघ संस्थाहरुको ऐक्यबद्धता

पोखरा, बैशाख १८ पोखरेली संघसंस्थाहरुले पूर्वेली पहिचानको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषद, नेपाल आदिवासी जनजाति महासंघ कास्की जिल्ला समन्वय परिषद, नेपाल तामाङ घेदुङ कास्की, नेपाल कुमाल समाज सुधार कास्की, अखिल नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश, पूर्वेली एकता समाज कास्की, किराँत सेवा समाज कास्की, किराँत याक्थुङ चुम्लुङ कास्की र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर एक नम्बर प्रदेशमा चलिरहेको पुनः नामाङ्करणको मागप्रति ऐक्यबद्धता जनाएका हुन् । एक नम्बर प्रदेशलाई… पुरा पढौ

पोखरा स्पोर्ट अवार्ड २०७९ः शनिबार पोखरामा निश्चलले नचाउने,मेक्समले हसाउँने

पोखरा । टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनबाट चर्चामा आएका विष्णुप्रसाद गौडेल उर्फ मेक्सम गौडेल बैशाख २३ गते शनिबार पोखरामा आफ्नो प्रस्तुतीको लागि आउने भएका छन् । पोखरा सभागृह हलमा दिउँसो २ बजेबाट सुरु हुने सातौं पोखरा स्पोटर््स अवार्डमा दर्शकको अगाडि उभिएर विभिन्न विषयमा कटाक्ष गर्दै उनले हसाउँनेछन् । पछिल्लो समयमा दर्शकको आर्कषण देखिएको स्ट्यान्ड अप कमेडीलाई यस पटकको अवार्ड कार्यक्रममा आर्कषणको रुपमा राखिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए । विषयवस्तुको गहिराईमा पुगेर त्यसलाई सुन्दर प्रस्तुती मार्फत… पुरा पढौ

विश्वमै दुर्लभ मानिएको शालिग्राम सङ्ग्रहालय अवलोकन गर्ने बढे

बागलुङ । एकै पटक सवा एक लाख शालिग्राम दर्शन गर्न पाइने भएपछि यहाँको शालिग्राम सङ्ग्रहालयमा पर्यटकको सङ्ख्या बढेको छ । विश्वमै दुर्लभ मानिएको शालिग्राम शिलाको संरक्षण र प्रचारप्रसारका कारण बागलुङ नगरपालिका-४ कुडुँलेस्थित शालिग्राम सङ्ग्रहालयमा पर्यटक आउने क्रम बढ्दै गएको छ । तीन वर्षदेखि सर्वसाधारणलाई खुल्ला गरिएको भूमिगत शालिग्राम सङ्ग्रहालयमा पर्यटक बढेका हुन् । मुस्ताङको मुक्तिनाथदेखि म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालिगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका-४ कुँडुलेमा रहेको तिरुपति बालाजी धाममा श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय… पुरा पढौ

परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण

कास्की । नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा विद्यालय तहका कक्षा ५, ८ र १० को परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित रही नेपाली भाषा शिक्षण गर्ने शिक्षक शिक्षिकालाई प्रबोधीकरण गराइएको छ । शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पाठ्यक्रमविद् इन्दु खनालको सहजीकरणमा प्रवोधीकरण गराइएको हो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले नेपाली भाषा शिक्षक परिषद्ले समय समयमा शिक्षकको पेसागत अभिवृद्धि, भाषा विकास र विद्यार्थी लक्षित कार्यक्रमका माध्यमबाट शिक्षण सिकाइलाई प्रभावकारी बनाउन योगदान पु¥याएको बताए। प्रबोधीकरणले… पुरा पढौ

‘खेलकुद र ध्यान’ विषयक कार्यशाला सम्पन्न

पोखरा। पोखरामा आइतबार खेलकुद र ध्यान विषयक एक कार्यशाला सम्पन्न भएको छ । ‘श्री चिनमोई ओननेस होम पिस रन’ नेपालको आयोजना, नेपाल भूतपूर्व खेलाडी मञ्चको समन्वय तथा पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमा प्रमुख वक्ताका रुपमा आफ्ना भनाई राख्दै मास्टर श्री चिनमोइका पथ प्रदर्शक तथा ३१०० माइलका धावक प्रदिप होगाकरले खेलकुदमा ध्यान महत्वपूर्ण रहने बताए । उनले भने–“मानवको सफल जिवनका लागि ध्यान जति आवश्यक छ । त्यती नै खेलकुदका लागि पनि । ध्यान… पुरा पढौ

पशुवस्तुको उपचार तथा बाँझोपन निवारणका लागि उपचार शिविर

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पशुवस्तुको स्वास्थ्योपचार तथा बाँझोपन रोग निवारण लागि एकदिने शिविरमा सात हजार पाँच सय ८० पशुवस्तुको स्वास्थ्योपचार गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाको प्राविधिक सहयोग र गाउँपालिका पशु शाखा तथा वडा कार्यालयको आर्थिक सहयोगमा वडा नं ४ रन्चोकमा शिविरमा आयोजना गरिएको पशुसेवा विज्ञ केन्द्र गोरखाका अधिकृत तथा सूचना अधिकारी डा लालमणि अर्यालले जानकारी दिए । “शिविरमा विभिन्न एक सय ३७ शीर्षकमा पशुवस्तुको उपचार गरिएको थियो”, सूचना अधिकारी डा अर्यालले भने, “सो… पुरा पढौ