समाचार

२३ वर्षपछि पोखरामा बाघजात्रा निकालिने

पोखरा, बैशाख १६ पोखरा सांस्कृतिक सहर हो । यहाँ विभिन्न जातजातिको आ–आफ्नै संस्कार संस्कृति छन् । संस्कृति र संस्कार अनुसार विभिन्न सांस्कृतिक कार्यक्रम पोखरामा भई नै रहेका हुन्छन् । पोखरामा गाईजात्रा, माघेजात्रा, भैरव जात्रालगायतका जात्राहरु हुने गरेका छन् । त्यसैले पोखरालाई जात्रैजात्राको सहर भनेरपनि चिनिन्छ । तिनै जात्राहरु मध्येको एक जात्रा बाघजात्रापनि हो । एक सय वर्ष भन्दा अघिदेखि शुरु गरिएको यो जात्रा अहिले लोपोन्मुख अवस्थामा छ । पछिल्लो २३ वर्षदेखि यो जात्रा आयोजना हुन सकेको छैन । २०५७ सालमा… पुरा पढौ

ट्रेड युनियन कांग्रेसको जिल्ला अधिवेशन तयारी पुरा

वैशाख १६ पोखरा । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको ७ औं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै जिल्ला भरका ७ हजार बढि श्रमिक आवद्ध रहेको एटियुसीको जिल्ला अधिवेशन अन्तर्राट्रिय श्रमिक दिवसका दिन हुने जिल्ला अध्यक्ष विजयराज भण्डारीले जानकारी दिए । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार प्रमुख अतिथि रहने छन् । २ सय ५० जना अधिवेसन प्रतिनिधि रहने कार्यक्रममा जिल्लामा आवद्ध १८ वटा प्रतिष्ठानबाट पर्यवेक्षकका रुपमा सहभागिता रहने सचिव रुद्रप्रसाद तिमिल्सिनाले जानकारी दिए । ह्वाईट हाउस… पुरा पढौ

‘ब्याजदर घटाए बिग्रिएको अर्थतन्त्र ट्रयाकमा आउँछ’

पोखरा, बैशाख १६ नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा नेपाल मोवाईल ईम्पोटर्स एशोसियसनका केन्द्रीय अध्यक्ष दीपककुमार मल्होत्राले अर्थतन्त्र सुधार्नका लागि ब्याजदर घटाउनु अनिवार्य भएको बताएका छन् । नेपाल मोवाईल वितरक संघको केन्द्रीय साधारण सभालाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले समस्याग्रस्त अर्थतन्त्र बन्नुको मुख्य कारण महंगो ब्याजदर भएको बताएका हुन् । अर्थतन्त्र सुदृढ गर्न ब्याजदर घटाउनै पर्ने बताउँदै उनले भने,‘जबसम्म ब्याजदर घट्दैन तबसम्म अर्थतन्त्र सुदृढ हुँदैन ।’ ब्याजदर घटाउने वित्तिकै बिग्रिएको अर्थतन्त्र ट्रयाकमा आउने उनको दाबी थियो । मल्होत्राले ब्याजदर कुनैपनि… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्ड : वर्ष उत्कृष्ट प्रशिक्षक बन्ने दौडमा किशोर, निरज र सुरज

वैशाख १६ पोखरा । गण्डकी प्रदेशको खेलकुद क्षेत्रमा बेग्लै रौनकता प्रदान गर्दै आइरहेको पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणको मिति नजिकिदै गएको छ । अवार्ड कार्यक्रम अन्तरगत भइरहेका गतिविधिका कारण बेग्लै रौनकता थपिरहेको छ । अवार्ड कार्यक्रम भव्य बनाउन आयोजकले मुल आयोजक समिति र तेह्रवटा विभिन्न उपसमिति निर्माण गरेको छ । यसरी निर्माण भएका मुल आयोजक समिति र उपसमितिले आफ्नो जिम्मेवारीको कामलाई तिव्रताका साथ अगाडि बढाइरहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए । अवार्ड कार्यक्रम यहीं बैशाख… पुरा पढौ

आपसी सहकार्यका विषयमा राजदूतसँग छलफल

वैशाख १६ पोखरा । होटल संघ पोखरा नेपाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनविच आपसी सहकार्यका विषयमा हालै पोखरामा छलफल भएको छ । सो अवसरमा संघका महासचिव राजेन्द्र ढकाल र टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पोखराको पर्यटकीय अवस्थाका बारेमा जानकारी गराएका थिए । अमेरिकी नागरिक र अमेरिकी पर्यटकको सुरक्षाप्रति आफूहरु संवेदनशील रहेको बताउँदै महासचिव ढकालले विगतमा अमेरिकी दुतावासँग संघ नजिक रहेर काम गरेको र भविश्यमा पनि त्यसस्तो सहकार्यप्रति आफूहरु आसावादी रहेको भनाई राखे । पछिल्लो समयमा नेपाल घुम्न… पुरा पढौ

प्रकोप व्यवस्थापनमा रेडक्रसको भूमिका महत्वपुर्ण : मुख्यमन्त्री पाण्डे

वैशाख १६ पोखरा । नेपाल रेडक्रस सोसाइटी गण्डकीको पाचौ साधारण सभा सम्पन्न भएको छ । साधाराण सभाको गण्डकी प्रदेशका नवनियुक्तमुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्याटन गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले सात सिद्धान्तले नै रेडक्रसको परिचय दिएको बताए । उनले दैविक प्रकोप पूर्वतयारी र प्रकोप पछिको अवस्थामा रेडक्रसले खेलेको भूमिका प्रशंसनिय रहेको बताए । गण्डकी प्रदेश पनि प्रकृकति प्रकोपको बढि प्रभावित हुने प्रदेश भएकाले रेडक्रसको ठुलो भूमिका रहेको बताए । भुकम्पको अवस्थामा पनि रेडक्रसले ठुलो भूमिका निभएको सबैलाई थाहा छ, जनताको… पुरा पढौ

लमजुङको बुङ झरनामा पर्यटक बढ्दै

लमजुङ जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको बुङ झरनामा यतिबेला पर्यटक बढ्न थालेका छन् । चक्रीय अन्नपूर्ण पदमार्ग छेउमै रहेको यस झरनामा केही समयअघिसम्म एक सयको हाराहारीमा आउने गरे पनि यतिबेला दैनिक दुई सय ५० भन्दा बढी पर्यटक आउन थालेका हुन् । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार बुङ झरना निकै राम्रो रहेको र अन्नपूर्ण पदमार्गमा आउने विदेशी तथा स्वदेशी पर्यटक झरनामा रमाउने गरेका छन् । पदमार्ग छेउमै रहेको र रमणीय झरनाको दृश्य देखिने भएकाले झरनाले पर्यटकलाई लोभ्याउने गर्दा… पुरा पढौ

‘सिकलसेल एनिमिया’का बारेमा राष्ट्र सङ्घले सोच्नुपर्छ : अध्यक्ष मगर

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताएका छन् । संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मामिलासम्बन्धी संयुक्त राष्ट्रको स्थायी मञ्चको २२औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वका आदिवासी समुदाय प्रभावित भएजस्तै नेपालका थारु समुदाय सिकलसेल एनिमियाबाट प्रभावित रहेको भन्दै राष्ट्र सङ्घको स्थायी मञ्चले यस विषयमा सोच्नुपर्ने बताएका हुन् । अध्यक्ष मगरले पर्याप्त स्रोतसाधनको अभावमा आदिवासी जनजातिको अधिकारलाई व्यवहारमा उतार्न चुनौती सामना गर्नुपरेको धारणा राखेका थिए। आदिवासीको… पुरा पढौ

गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क

गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा सत प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गरेसँगै शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिए । “लिफ्टिङ प्रविधिबाट सञ्चालित खानेपानी र सिँचाइ आयोजनामा खर्च हुने विद्युत्को महसुल पूर्णरुपमा निःशुल्क गर्ने निर्णय भएको छ”, उनले भने । यस्तै यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री… पुरा पढौ

वालिङमा अनलाइनबाटै घर नक्सा पास

स्याङ्जाको वालिङ नगरपालिकाभित्रका नागरिकले घरको नक्सा पास गर्न नगरपालिका धाउनु नपर्ने भएको छ । सूचीकृत इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत अब अनलाइनबाटै घरको नक्सा पासको निवेदन दिन सकिने भएको छ । यसबाट सेवाग्राहीलाई सहज भएको छ । फाइल बोकेर कार्यालयमा जानुपर्ने झण्झट सकिएको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले नगरभित्रका इन्जिनियरिङ कन्सल्टेन्सीलाई अनलाइन घरनक्सा पास व्यवस्थापन प्रणालीका बारेमा प्रशिक्षण दिई सूचीकृत गरेको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर प्रकाश अर्यालले बताए । नगरपालिकामा हाल सात कन्सल्टेन्सी सूचीकृत गराइएको र… पुरा पढौ