समाचार

अन्तर वडास्तरीय टेबल टेनिसमा पोखरा–९ को वर्चस्व

वैशाख ११ पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडास्तरीय टेबल टेनिस प्रतियोगितामा वडा नम्बर ९ को टोलीले वर्चस्व कायम गरेको छ । ४ विधामा प्रथम, द्वितीय र तृतीय भएका १६ खेलाडीमध्ये ५ जना पोखरा–९ का छन् । महिला सिंगल्समा वडा नम्बर ९ की तृषा गुरूङ प्रथम, वडा नम्बर ९ कै मुना थापा द्वितीय, वडा नम्बर ७ की पद्मा थापा र वडा नम्बर ४ की सिजल बानियाँ तृतीय भए । महिला डबल्समा वडा नम्बर ९ कै तृषा… पुरा पढौ

हिमालय लोकस्टारका राजेन्द्र घर्तीमगर भोटको अपिल गर्दै पोखरामा

पोखरा । हिमालय आईएमई लोकस्टारका अन्तिम ६ को प्रतिस्पर्धीका रुपमा रहेका राजेन्द्र घर्तीमगरले आफुलाई भोट गरि जिताउन आग्रह गरेका छन् । पतिस्पर्धी घर्तीमगरले आज पोखरामा आयोजना भएको एक कार्यक्रम मार्फत आफुलाई जिताउन सम्पुर्णमा अपिल गरेका हुन् । बागलुङको निसीखोला निवासी घर्तीमगर विगत १० वर्षदेखि धौलागिरी र गण्डक क्षेत्रका लोपन्मुख मौलिक गितसंगित जगेर्ना गर्दै गायन क्षेत्रमै निरन्तर लागिपरेका छन् । उनको आवाजमा सजिएका दर्जनौ मौलिक गीतहरु युटुवमा भेट्न सकिन्छ । प्रतियोगिताको फाइनलिस्ट ६ जनाको नाम घोषणा भएपछि भोट अपिल गर्दै उनी… पुरा पढौ

गण्डकीमा प्रदेश सरकार गठन आह्वान गर्नमा ढिलाइ

पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठन आह्वानमा ढिलाइ भएको छ । शनिबारको गण्डकी प्रदेशसभाको बैठकमा प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान हुनुपर्ने भए पनि हालसम्म हुन सकेको छैन । नेकपा (एमाले)का अधिकारी नेतृत्वको सरकारले विश्वासको मत नपाएका अवस्थामा हाल केन्द्रको सत्तागठबन्धनमा रहेका दलको स्पष्ट बहुमत हुने भए पनि सरकारको नेतृत्व पहिले कसले गर्ने सम्बन्धमा सहमति जुट्न नसकेको बताइएको छ । साठी सदस्यीय गण्डकी प्रदेशसभामा २७ सिटसहित सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले… पुरा पढौ

मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीको अध्यक्षमा अधिकारी

पोखरा । मदन भण्डारी स्पोर्टस एकेडेमीको अध्यक्षमा रामजी प्रसाद अधिकारी निर्वाचित भएका छन् । पोखरामा आज सम्पन्न भेलाले अधिकारीको अध्यक्षतामा २१ सदस्यिय कमिटिको घोषणा गरेको हो । अध्यक्षमा निर्वाचित अधिकारी सहारा क्लव पोखराका महासचिव समेत हुन् । उनी लामो समय देखि खेलकुद लगायत सामाजिक क्षेत्रमा कृयाशिल छन् । त्यसै गरी कमिटिको उपाध्यक्षमा बलराम तिमिल्सिना, सचिवमा दिपक आर्चाय, सहसचिवमा शेरकाजी गुरुङ, कोषाध्यक्षमा विजय भुजेल र कार्यसमितिको सदस्यमा कन्चन थापा गणेश भण्डारी, हरि जि.सी, बुद्घि खनाल, जितु शाही, लेखनाथ लम्साल, टंक पौडेल,… पुरा पढौ

युवापुस्तामा सीप हस्तान्त्रण नहुँदा पाका सिपालुहरुद्धारा चिन्ता

बागलुङ । दिलबहादुरको दैनिकी निगालोको चोयासँग पौठेजोरी खेल्दैमा बित्छ । नजिकैको बारी र खरबारीमा पाइने निगालोलाई उहाँले क्षणभरमै चोया बनाउछन् । बाहिरी–भित्रीपत्र निकालेर तयार भएको चोयाले घरायसी प्रयोजनका लागि डोको, नाङ्लो, भकारी, थुन्से र डाली बुन्छन् । उन सानो छँदा गाउँको नजिकै विद्यालय थिएनन् । भएका विद्यालयमा पढ्न जाने पहुँच पनि भएन । बाबुबाजेका पालादेखिको सीप दिलबहादुरले बालापनमै सिके । बाबुसँग डोको र बाजेबाट भकारी बन्न सिके । पढ्न नपाए पनि बाबुबाजेले सिकाएको सिपले अहिले दिलबहादुरलाई जीविकोपार्जन गर्न पुगेको छ… पुरा पढौ

मुस्ताङमा चौँरीको आलो रगत पिउनेको भीड

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका– २ बोक्सी खोलामा वैशाख आठ गतेदेखि सुरु भएको चौरीको आलो रगत पिउने मेलामा भीड लागेको छ । याक र चौंरीबाट आलो रगत निकालेर पिउने मानिसको भीड बढेको हो । मेलामा मुस्ताङी भन्दा म्याग्दी, पोखरा, चितवन, नवलपरासी, तनहुँ, पर्वत, बुटवल, काठमाडौँबाट पुग्ने धेरै छन् । रोग सञ्चो हुने विश्वासमा बच्चा, बिरामी, वृद्धसमेत बोक्सी खोलामा आएका स्थानीय गोविन्द शेरचनले जानकारी दिए । हिमाली खर्कमा चरेका चौँरीहरूले पाँचऔंले, निरमसी, जटामसी, यार्सागुम्बाजस्ता जडीबुटी खाने हुँदा त्यसको रगत सेवनले मानिसको… पुरा पढौ

तनहुँ १ मा रास्वपाका उम्मेदवार वाग्लेको अग्रता कायमै

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता ह्वात्तै बढेको छ । पछिल्लो विवरणअनुसार वाग्लेले १५ हजार मत कटाएका छन् । वाग्लेले १५ हजार ९५८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराईले ९ हजार १२० मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार १६६ मत प्राप्त गरेका छन् । राप्रपाका शोभा गुरुङले ९७ मत पाएका छन् । पुरा पढौ

चितवन २ मा दोब्बर मतले रवि लामिछानेको अग्रता

चितवन । चितवन-२ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार रविले ११५५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । इच्छाकामना वडा नं १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा नं ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिएका हुन् । पुरा पढौ

बारामा उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहको अग्रता

बारा । बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् । यसअघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन् । पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ९९५ मत पाएका छन् भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ७८७ मत पाएका छन् । नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५२३, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३९ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत पाएका छन् । पुरा पढौ

शेयर बजारमा सामान्य सुधार

काठमाडौ । यो साता पहिलो दिन कारोबार दोहोरो अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज दोस्रो दिन भने झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७१ अङ्कले बढेर एक हजार आठ सय ८८ दशमलव ३२ अङ्क कायम भएको हो । आज दुई सय ७० वटा कम्पनीको २२ लाख ६० हजार आठ सय २३ कित्ता शेयर ३३ हजार दुई सय १३ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रू ७५ करोड १३ लाख ३० हजार तीन सय… पुरा पढौ