समाचार

भूकम्पीय जोखिम न्यूनीकरणसम्बन्धी जनचेतना फैलाउनुपर्नेमा कार्यवाहक राष्ट्रपतिको जोड

वैशाख १२ काठमाण्डौं । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका उपायसम्बन्धी जनचेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । आठौँ भूकम्प स्मृति दिवसका अवसरमा आज सन्देश दिँदै उनले भूकम्पबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी सचेतना फैलाउनु जरुरी रहेकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनले भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले पनि भूकम्पीय जोखिम बढाउँदै लगेको उल्लेख गरेका छन् । नेपाल भूकम्पीय जोखिममा पर्नुको मुख्य कारणमध्ये यहाँको भौगोलिक अवस्थिति र भूबनावट कारकका रुपमा रहेको जनाउँदै उनले… पुरा पढौ

स्व झलकमान गन्धर्वको जन्मजयन्तीमा सारङ्गी वादन प्रतियोगिता हुने

पोखरा । लोकगायक स्व झलकमान गन्धर्वको ८८औँ जन्मजयन्तीका अवसरमा पोखरामा सारङ्गी वादन प्रतियोगिता हुने भएको छ । नेपाल गन्धर्व समुदाय विकास केन्द्र र झलकमान गन्धर्व सारङ्गी पाठशाला संयुक्त आयोजनामा झलकमान गन्धर्व राष्ट्रिय सारङ्गी वादन प्रतियोगिता हुने भएको हो । ‘हाम्रो संस्कृति हाम्रो पहिचान, सारङ्गी संरक्षण हाम्रो अभियान’ नारासहित वैशाख १६ गते प्रतियोगिता हुने केन्द्रका अध्यक्ष सूर्यबहादुर गायकले जानकारी दिए । प्रतियोगितालाई सारङ्गी सम्मेलनका रुपमा पनि लिइएको छ । पोखरा महानगरपालिका सामाजिक विकास माहाशाखाले कार्यक्रमलाई सघाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय… पुरा पढौ

फ्लाई दुबईको जहाज किन त्रिभुवन विमानस्थलमा अवतरण गरेन?

वैशाख ११ काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि सोमबार राति उडेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो । विमानस्थलबाट उडानभरे लगत्तै उक्त जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको झिल्को देखियो । विमान चालक (पाइलट) ले जहाजलाई धादिङको धार्केमाथिको आकाशमा करिब २१ हजार फिट उचाइमा करिब ११ मिनेट जहाज होल्ड गरेर जहाजको इञ्जिनको ‘कन्डिसन’ जाँच गरे । जहाजको सिङ्गल इञ्जिन खराब भएपछि आकाशमा होल्ड गरेर जाँच गरिएको थियो त्यतिन्जेलसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आकस्मिक अवतरणका लागि सबै संयन्त्र तैनाथ थिए । टावरका… पुरा पढौ

दुबईका लागि उडेको विमानमा आगलागी, फोर्स ल्यान्डिङको तयारी

काठमाण्डौं । त्रिभूवन विमानस्थलबाट उडेको फ्लाई दुवाईको विमानमा आगलागी भएको छ । काठमाडौंबाट बेलुका ९ बजेर २१ मिनेटमा दुबईका लागि उडेको फ्लाइट नम्बर एफजेट ५७६ सो विमान अहिले काठमाडौंको आकाशमाथि घुमिरहेको छ । उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरण गर्न लागेको हो । विमानमा १६९ जना यात्रु रहेको जनाइएको छ । यो घटनापछि फ्लाई दुबईको जहाजलाई प्राथमिकता दिनका लागि काठमाडौं प्रवेश गर्न लागेका ६ वटा विमानलाई होल्डमा राखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा… पुरा पढौ

एभरेस्टकर्मी श्रेष्ठसहित पाँच पत्रकारलाई ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ प्रदान गरिँदै

पोखरा । एभरेस्टकर्मी दीपेन्द्र श्रेष्ठ ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार–२०७७’ द्वारा पुरस्कृत हुने भएका छन् । एभरेस्ट एफ एम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक तथा एभरेस्ट आवाज डटकमका प्रधान सम्पादक श्रेष्ठलाई यही विहीबार पुरस्कार अर्पण गरिने प्रेस चौतारीले जनाएको छ । सो अवसरमा दुई दशकदेखि पोखरामा रेडियो पत्रकारितामा क्रियाशिल श्रेष्ठसहित पोखराका पाँच जना पत्रकारलाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो । प्रेस चौतारी कास्कीले श्रेष्ठसहित दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका अग्रज पत्रकारहरु रामकृष्ण ज्ञवाली, श्याम कुँवर, सुष्मा पौडेल र… पुरा पढौ

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कप रनिङ शिल्ड सुरु

पोखरा । गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कप रनिङ शिल्ड सुरु सोमबार बाट पोखरा रंगशालामा सुरु भएको छ । उक्त प्रतियोगिताको १०० मिटर दौड छात्रतर्फ नवलपुरका तारा प्रसाद थनेत ११.०६ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जित्न सफल भएका छन् । यसै गरी तनहुँका भिम बहादुर थापाले ११.०३ सेकेण्ड दुरी पार गर्दै रजत र तनहँुकै प्रेम बहादुर थापाले १२.०३ सेकेण्डमा दौड पुरा गरी कास्य पदक जिते । १०० मिटर दौड छात्रातर्फ भने एन्जल अधिकारी कास्की १४.०१ सेकेण्ड, लक्ष्मी परियार लम्जुङ १४.०३ सेकेण्ड,… पुरा पढौ

बारा–२ मा जसपाका यादवको अग्रता

काठमाडौं । बारा–२ को मतगणनाको पछिल्लो परिणाम अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै रहेको छ । जसपाका अध्यक्षसमेत रहेका यादवले २ हजार ७७० प्राप्त गरेका छन् भने जनमत पार्टीका शिवचन्द्र कुशवाहले २ हजार १८२, त्यस्तै, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ९२९ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश खरेलले ३५१ मत प्राप्त गरेका छन् । मत गणना जारी छ पुरा पढौ

चितवन २ रास्वपाका लामिछानेको अग्रता कायमै, पछ्याउँदै एमाले र कांग्रेस

पोखरा । चितवन क्षेत्र नम्वर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शुरुवाती अग्रता कायम गरेका छन् । पछिल्लो सार्वजनिक मत परिणाम अनुसार उनले नेकपा एमाले उम्मेद्वार रामप्रसाद न्यौपानेसँग एक हजार ७७३ मतले अग्रता लिइरहेका हुन् । रास्वपाका लाछिानेले ४ हजार ३५८ मत प्राप्त गर्दा एमालेका न्यौपानेले २ हजार ५८५ मतका साथ पछ्याई रहेका छन् । यस्तै नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले २ हजार २०५ मतसहित उनीहरुलाई पछ्याई रहेका छन् । चितवनमा लामिछाने र कांंग्रेसका श्रेष्ठविचको दुरी २ हजार… पुरा पढौ

तनहुँ – १ मा रास्वपाका वाग्ले झण्डै १० हजार मतले अगाडी

पोखरा । आइतबार उपनिर्वाचन सम्पन्न भएका बारा–२, चितवन–२ र तनहुँ १ मा धमाधम मतगणना जारी रहेको छ । पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार तनहुँ १ र चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले शुरुवाती अग्रता कायम गरिरहेको छ । पछिलो मत परिणाम अनुसार तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार स्वर्णिम वाग्लेले २२ हजार ८२ मतसहित गोविन्द भट्टराईलाई लिड गरिरहेका छन् । कांग्रेसका भट्टराईले १२ हजार ६४२ मतसहित रास्वपाका वाग्लेलाई पछ्याई रहेका छन् । यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार ४५८ मत सहित… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा सिटिजन फर्निचरको साथ

वैशाख ११ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ मा सिटिजन फर्निचर ट्रेड लिंक प्रालिले सघाउने भएको छ । पोखरा न्युरोडमा रहेको सिटिजनले अवार्ड कार्यक्रमको लागि ३५ हजार रुपैयाँ प्रदान गर्ने सम्झौता भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । सोमबार सिटिजन फर्निचरका सञ्चालकद्धय दीपक कार्की तथा गुरुदत्त पौडेल र मञ्चका अध्यक्ष दीननाथ बरालबिच सहयोग गर्नेबारे सम्झौता भएको हो । सम्झौता कार्यक्रममा मञ्चका सचिव शशीकुमार पौडेल, पूर्व सल्लाहकार सुर्दशन रञ्जित… पुरा पढौ