समाचार

मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम… पुरा पढौ

भारतीय पेन्सन क्याम्प पोखरामा इन्टर बटालियन भू.पू.भलिबल च्याम्पियनसिप शुरु , १६ टिमको सहभागिता

पोखरा । भारतीय राजदुतावास पेन्सन बितरण कार्यालय पोखराद्वारा आयोजित थर्ड इन्टर बटालियन भू.पू.भलिबल च्याम्पियनसिप प्रतियोगिता क्याम्प परिसरमा बुधवारदेखि शुरु भएको छ । प्रतियोगिताको पेन्सन बितरण कार्यालय पोखराका प्रमुख ले.कर्णेल प्रशान्तसिंह बघेलले रेफ्रिलाई बल हस्तान्तरण गरि उद्घाटन गरेका हुन् । च्याम्पियनसिपमा गोर्खा राइफल्समा आबद्द १६ वटा टिमको सहभागिता रहेको क्याम्पका बरिष्ठ कर्मचारी भरतभुषण पाण्डेले एभरेस्ट आवाजलाई जानकारी दिए । २/१ जि.आर. र ६/८ जि.आर.बिच भएको उद्घाटन खेलमा ६/८ जि.आर.ले २/१ जि.आर.लाई २/० को सोझो सेटमा जित हासिल गरेको छ । बुधबार… पुरा पढौ

सत्तारुढ गठबन्धनको बैठक : सरकारलाई पूर्णता दिनेबारे छलफल

काठमाण्डौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तागठबन्धन दलबीच सरकार विस्तारबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आजको बसेको बैठकमा दलबीच मन्त्रिपरिषद्लगायत समसामयिक विषयमा छलफल भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए । “समसामयिक राजनीतिक परिस्थितिका बारेमा सत्तागठबन्धनका केही नेता बसेका हौँ, आज सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ, चाँडोभन्दा चाँडो सरकारलाई पूर्णता दिने विषयमै बैठक केन्द्रित भएको हो ।” उनले माओवादीका अयोग्य लडाकुलाई दुई लाखका दरले रकम दिने भन्ने विषयमा… पुरा पढौ

तनहुँका ढकाललाई टोकियो कृषि विश्वविद्यालयद्वारा विद्यावारिधि प्रदान

पोखरा । जापानको टोकियोस्थित टोकियो कृषि विश्वविद्यालयले तनहुँको भानु नगरपालिका-८ का दिपेन्द्र ढकाललाई उत्कृष्ट शोध-पत्र अवार्ड सहित विद्यावारिधि प्रदान गरेको छ ।  ढकालद्वारा विद्यावारिधि (Ph.D.) को लागि अनुसन्धान गरिएको 'नेपालको ग्रामिण समुदायमा विपद्ले पार्ने सामाजिक तथा आर्थिक  प्रभाव र समुदायमा आधारित विपद् व्यवस्थापन' विषयक शोध-पत्रलाई विश्वविद्यालयको कृषि अर्थशास्त्र विभागले उत्कृष्ट ठहर गर्दै अवार्ड सहित विद्यावारिधिको उपाधि प्रदान गरेको हो ।  मार्च २०,२०२३ मा विश्वविद्यालयको दीक्षान्त समारोहको अवसरमा उनलाई उपाधि प्रदान गरिएको जनाईएको छ । पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १५ दशमलव ७६ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव २९ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३० अङ्कले घटेर तीन सय ६३ दशमलव ९१ मा झरेको छ । नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । विभिन्न कम्पनीका ३७ लाख ७७… पुरा पढौ

पोखरामा रानी महलको झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालन

पोखरा, चैत ८ पोखरामा मायाको प्रतीक रानी महलको झल्को दिने ‘पाल्पा हाउस’ चाँडै सञ्चालनमा आउने भएको छ । पाल्पाबाट पोखरा आई बसोबास गर्नेहरुको साझा संस्था पाल्पाली समाज पोखराले पोखराको न्यूरोडमा मायाको प्रतीक रानी महलको झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा ल्याउन लागेको हो । न्यूरोडस्थित भाटभटेनी भन्दा केहि तल रहेको यो शुक्रबारदेखि सञ्चालनमा आउने पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार ‘पाल्पा हाउस’को शुक्रबार विहान पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य र पाल्पाको तानसेन नगरपालिकाका प्रमुख (मेयर)… पुरा पढौ

निःशुल्क आँखा उपचार शिविर,गुमेको आँखाको ज्योति फर्कदा दङ्ग

म्याग्दी । नेत्रज्योति सङ्घ बेनी र रेडक्रस सोसाइटीले मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आँखा उपचार केन्द्र सञ्चालन गरेका छन् । चार दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा उपचार शिविर आज सम्पन्न भएको छ । हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ म्याग्दीले सञ्चालन गरेको शिविरमा ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष अमर बानियाँले जानकारी दिए । स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा सञ्चालन गरिएको शिविरमा दुई हजार दुई सयको आँखा परीक्षण गरिएको थियो । “गाउँमा पहिचान भएका मोतियाबिन्दुका बिरामीलाई… पुरा पढौ

हिउँद सकिएसँगै मनाङमा पूर्वाधार निर्माणका कार्य सुरु

मनाङ । हिउँद सकिएसँगै हिमाली जिल्ला मनाङमा पूर्वाधार निर्माणका कार्य गर्न थालिएको छ । चिसो बढेसँगै रोकिएका विकास निर्माणका कार्य थालिएको पूर्वाधार कार्यालयले जनाएको छ । हिउँदमा हिमापात कम भए पनि अत्यधिक चिसोका कारण रोकिएका विकास निर्माणका काम अहिले सुरु भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले जानकारी दिए । चिसोका कारण गत वर्ष निरन्तरको वर्षाले क्षति पु¥याएका भौतिक संरचना निर्माणका कार्य रोकिएका थिए । विशेषगरी माथिल्लो मनाङको सडक, पुल, हाइड्रो लगायतका विकास निर्माणका कार्य रोकिएकामा अहिले कामले निरन्तरता पाएको… पुरा पढौ

वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोजगारीका लागि विदेश जाने युवालाई कुनै पनि किसिमले दुःख दिने, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य नहुने बताएका छन् । वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई समाजिक सुरक्षा कोषका योजनामा आबद्ध गराउने कार्यको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “अब दुःख दिने, दुःख पाउने दिन गए । अब सबैको सम्मान हुनेछ, सबैको आत्मसम्मानमा बढोत्तरी हुनेछ, यहाँहरुको योगदानको कदर हुनेछ ।” उनले वैदेशिक रोजागारीका लागि नयाँ नयाँ अवसर र गन्तव्यको खोजी… पुरा पढौ

लुम्बिनीमा पहिलो पटक खुल्ला लुम्बिनी ‘पिस म्याराथन’ हुने

बुटवल । भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक प्रदेश सरकारको आयोजनामा खुल्ला लुम्बिनी ‘पिस म्याराथन’ हुने भएको छ । ‘पिस म्याराथन’ विश्व ओलम्पिक दिवस अप्रिल ६ तारिखमा आयोजना गरिने छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्ले नेपाल ओलम्पिक कमिटीसँग सहकार्यमा पिस म्याराथनको प्रस्ताव अगाडि बढाएको हो । यसको तयारीका लागि ओलम्पिक कमिटीका साथै लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिकालगायतसँग छलफल भएको जनाइएको छ । लुम्बिनी प्रदेश सरकार प्रदेश खेलकुद परिषद्को बुटवलमा सम्पन्न बैठकले लुम्बिनी पिस म्याराथन, मुख्यमन्त्री रनिङ शिल्ड तथा… पुरा पढौ