समाचार

नेतृत्व क्षमतालाई प्रतिष्ठाको विषय बनाऔँ : उपप्रमुख गुरुङ

माघ २६ पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरुले गहना र लुगा लगाउने विषय नभई नेतृत्व क्षमतालाई सामाजिक प्रतिष्ठाको विषय बनाउनुपर्ने सुझाव दिएकी छन् । पोखरा महानगरपालिका वडा नम्वर ९ को वडास्तरीय महिला सञ्जालले आयोजना गरेको उद्घोषण तालिमको उद्घाटन गदै आर्थिक रुपमा आत्मनिर्भर बन्ने विषयमा ध्यान दिनुपर्ने बताउदै भनिन्, “हामी महिलाहरु धेरै गहना र महंगा कपडा लगाउने विषयलाई मात्र प्रतिष्ठाका रुपमा सोच्छौ, अब त्यो सोच परिर्वतन गरेर ब्यवसायीक रुपमा सबल र सक्षम हुदै सामाजिक, राजनीतिक र आर्थिक रुपमा समाजमा… पुरा पढौ

लेकसाईडका होटल/रेष्टुरेण्ट आचारसंहिताले बाँधेर चौविसै घण्टा खोल्न दिने तयारी

माघ २६ पोखरा । पोखराको लेकसाईडलाई चौविसै घण्टा खोल्न दिने तयारी भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको निर्देशन र पर्यटन व्यवसायीको माग अनुसार फेवाताल लेकसाईडलाई चौविसै घण्टा खोल्न दिने तयारी भएको हो ।तर त्यसका लागि पर्यटन व्यवसायी आचारसंहितामा भने बाँधिनु पर्नेछ । चौविसै घण्टा खोल्नुअघि कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को रोहवरमा सर्वदलीय/सर्वपक्षीय बैठक बसेर आचारसंहिता बनाईने बताइएको छ । लेकसाईडका पर्यटन व्यवसायीहरुले प्रहरीले दश नबज्दै होटल/रेष्टुरेण्ट बन्द गर्न निर्देशन दिने, लेकसाईड प्रवेशका नाकाहरुमा मादक पदार्थ सेवन (मापसे) चेकिङ… पुरा पढौ

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त

काठमाण्डौं । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार आज प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । कैलाली निर्वाचन क्षेत्र नं २ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित शाहलाई साँझ प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् यसअघि प्रदेशसभाको आजको बैठकमा विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुखसमक्ष साँझ राजीनामा दिएका थिए । रावल एमाले संसदीय दलका नेता हुन् । ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी… पुरा पढौ

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले पाएनन् विश्वासको मत

काठमाण्डौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रदेशसभा बैठकमा राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । प्रदेशसभाको आजको बैठकमा आफूमाथि विश्वासको मत प्राप्त होस् भनी मुख्यमन्त्रीले राखेको प्रस्तावलाई सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेश गरेको हुन्छ भन्ने सदस्य सङ्ख्याभन्दा हुन्न भन्ने सदस्य सङ्ख्याको बहुमत रहेकाले मुख्यमन्त्रीको प्रस्ताव अस्वीकृत भएको घोषणा गरे । बैठकको प्रारम्भमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै रावलले प्रदेशको समृद्धिका लागि साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न जरुरी रहेको बताए ।… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ४५ अङ्कले उकालो लागेर दुई हजार एक सय ८२ दशमलव ६३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४२ अङ्कले उकालो लागेर चार सय १५ दशमलव ४२ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा… पुरा पढौ

चलचित्रमार्फत बालविवाह नियन्त्रण अभियान सुरु

बागलुङ । लघु चलचित्रमार्फत बागलुङका विभिन्न स्थानीय तहमा बालविवाह विरुद्धको सचेतना अभियान सुरु गरिएको छ । ‘जुनतारा’ मिडिया प्राली बागलुङले बालविवाह र महिला हिंसाका विरुद्ध निर्माण भएको चलचित्र ‘जुना’ स्थानीय तहको समन्वयमा विद्यालयमा पुगेर प्रदर्शन गरी सचेतना फैलाउन थालेको हो । जिल्लाको बढी बालविवाह हुने क्षेत्रलाई लक्षित गरी समुदायका व्यक्ति तथा विद्यालयको माथिल्लो कक्षामा अध्ययतरत विद्यार्थी सहभागी बनाएर चलचित्र प्रदर्शन तथा सामुदायिक अन्तक्र्रिया गर्न थालेको प्रालीका सञ्चालक सज्जनकुमार सिंहले जानकारी दिए । जिल्लाको तमानखोला गाउँपालिका, बागलुङ नगरपालिका–९, ११, १३ र… पुरा पढौ

निसीखोलाको निसेलढोरसँगै वडा नं ६ का उच्च क्षेत्रमा पनि स्याउका विरुवा रोपिने

बागलुङ । बागलुङमा सबैभन्दा राम्रो स्याउ उत्पादन हुने क्षेत्रका रुपमा निसेलढोरलाई लिइन्छ । निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरमा वर्षौं अगाडिदेखि नै व्यावसायिक स्याउ उत्पादन हुँदै आएको छ । गाउँपालिकाले यस वर्षदेखि थप स्याउखेती विस्तार गर्न थालेको छ । निसेलढोरसँगै वडा नं ६ का उच्च क्षेत्रमा पनि स्याउ लगाउन थालिएको छ । निसेलढोरभन्दा वडा नं ६ केही औलमा पर्छ । सिप, भल्कोटलगायका क्षेत्रमा स्थानीयले वर्षौं अगाडि स्याउ लगाए पनि उत्पादन गर्न सकेका थिएनन् । प्राविधिक ज्ञानबिना लगाइएका स्याउका बोटले फल नदिएपछि… पुरा पढौ

कौसी खेतीबाट व्यवसायलाई टेवा

दृढ इच्छाशक्तिसँगै लगनशीलता हुने हो भने तरकारी खेतीका लागि जग्गा नै चाहिन्छ भन्ने छैन । घरको छातमा पनि राम्रो उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ यहाँकी होटल व्यवसायी डिलमाया कार्की । पोखरा महानगरपालिका–१७ आँखा अस्पताल चोकमा होटल व्यवसाय गर्दै आउनुभएकी कार्कीले कौसीमा तरकारी खेती गरेर थप आम्दानी गरेका छन् । उनी यस क्षेत्रका महिलाका लागि उदाहरणीय बनेका छन् । कार्कीको कौसीमा यतिखेर लटरम्म गोलभेडा, ब्रोकाउली, धनियाँ, लसुनको साग, रायोसागलगायत तरकारी फलेका छन् । साथै उनी काँक्रो, घिराँैला, करेला, चिचिन्ना,… पुरा पढौ

गण्डकीमा स्वास्थ्य बीमा गर्ने आठ लाख

गण्डकी । गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । बिमित परिवारको सङ्ख्या दुई लाख ७५ हजार ७६ पुगेको बोर्डका प्रदेश संयोजक महेश ठाकुरले जानकारी दिए। सरकारको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत विसं २०७३ असारमा गण्डकीमै पहिलोपटक बागलुङबाट स्वास्थ्य बीमा सुरु भएको थियो । अहिले प्रदेशका ११ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । पछिल्लो पटक विसं… पुरा पढौ

वायु प्रदूषणको जोखिममा पोखरा

पोखरा । स्वच्छ र सफा भएकै कारण पोखरा धेरै पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँको स्वच्छ हावापानीको मज्जा लिँदै प्राकृतिक सौन्दर्यतामा रमाउन बर्सेनि हजारौँ पर्यटक पोखरा आउने गर्छन् । पछिल्लो समय पर्यटकीय नगरी पोखरा वायु प्रदूषणको चपेटामा पर्दै गएको छ । एक तथ्याङ्कअनुसार पोखराको वायु प्रदूषण दिनानुदिन बढ्दै गएको छ । स्वच्छ ऊर्जा नेपालले गरेको सर्वेक्षणको तथ्याङ्कअनुसार पोखरामा यसको दर बढिरहेको छ । सो संस्थाले पोखरामा वायु प्रदूषण मापन यन्त्र राखेर अध्ययन थालेको छ । संस्थाले पोखरामा राखेको मापन… पुरा पढौ