समाचार

ऐनापहराका ढुङ्गामा भगवान्का आकृति कोरिँदै

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पृथ्वीराजमार्गको आडैमा ऐनापहरा छ । आँबुखैरेनी गाउँपालिका–२ मा रहेको ऐनापहरा गाउँपालिकाको पर्यटकीय गन्तव्यमध्येको एक गन्तव्य हो । ऐनापहरा आउने पर्यटकलाई थप आकर्षित गर्न गाउँपालिकाले यहाँका ढुङ्गामा भगवानका आकृति बनाउन सुरु गरेको छ । ऐनापहरालाई थप आकर्षक बनाउन प्राकृतिक ढुङ्गामा भगवान्का आकृति कुद्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । “पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित ऐनापहरामा पार्क निर्माणको कामलाई तीव्रता दिएका छौँ, कालीगढ यतिबेला ढुङ्गामा भगवान्का आकृति कुध्न व्यस्त हुनुहुन्छ”, चुमानले भने । गाउँपालिकाले स्थानीय… पुरा पढौ

पोखरा म्याराथनलाई सघाउने वडा १५ बासीको प्रतिबद्धता

माघ २६ पोखरा । सफल अन्तराष्ट्रिय पोखरा म्याराथन प्रतियोगितालाई वडा नम्वर १५ वासीले सघाउने भएका छन् । बिहीबार पोखरा १५ मा आयोजित एक कार्यक्रममा उनीहरुले नेपाल भूतपूर्वक खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ६ गते शनिबार हुने प्रतियोगितालाई सघाउने प्रतिवद्धता व्यक्त गरका हुन् । कार्यक्रममा बोल्दै वडा नम्वर १५ का पूर्व वडाध्यक्ष प्रकाश पौडेलले म्यारथनलाई पोखराको गौरव भएको भन्दै यसलाई सफल बनाउन वडा नम्वर १५ वासीलाई आग्रह गरे । उनले म्यारथनमा सहभागी धावकहरुलाई आ–आफ्नो घर नजिक स्वागतदवार, व्यानर र घडाले स्वागत… पुरा पढौ

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे बस्ने

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेता सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे बस्न लागेको हो ।सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल हुने जनाइएको छ । अध्यक्ष ओली निवास बालकोटमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा संयन्त्रको बैठक बोलाउन दुवै नेता सहमत भएका थिए । सरकारलाई सघाउन भन्दै ओलीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो । पुरा पढौ

बढ्यो सुनचाँदीको मूल्य

साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार १ सय रूपैयाँले बढेर एक लाख ४ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोला एक लाख ४ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार ५ रूपैयाँले बढेर १ हजार ३२० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

एकीकृत सरकारी कर्मचारी सङ्गठनको अधिवेशन हुने

नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठनको आगामी फागुन २६ र २७ गते काठमाडौँमा प्रथम राष्ट्रिय अधिवेशन हुने भएको छ । निजामती कर्मचारीको सेवा, सुविधाका साथै हकहित अधिकारको संरक्षणका क्षेत्रमा क्रियाशील उक्त सङ्गठनले अधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन गर्नेछ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नुहुने अधिवेशनमा कर्मचारी ट्रेड युनियन क्षेत्रमा देखिएका चुनौती तथा समस्या समाधानका विषयमा अन्तर्राष्ट्रिय तहमा भइरहेका अभ्यासबारे छलफल हुने सङ्गठनका संयोजक मोहन घिमिरेले जानकारी दिए । विगत छ वर्षदेखि ऐनको अभावमा कर्मचारीको समायोजन,… पुरा पढौ

आहाराको व्यवस्थाले लोपोन्मुख गिद्ध बढे

तनहुँको व्यास नगरपालिकाद्वारा सञ्चालित शिवालय गौ संरक्षण केन्द्रमा मरेका गाई गाड्न थालिएकाले आहारा खोज्न गिद्धलाई सजिलो भएको छ ।प्रकृतिको कुचिकारको रुपमा चिनिने गिद्ध बढ्दो बजारीकरणका कारण अग्ला रुख तथा आहाराको अभाव हुँदा लोपोन्मुख अवस्थामा पुगेकामा हाल आहाराका लागि व्यवस्थापन हुन थालेकाले उनीहरुको आगमन बढेको हो । गौसंरक्षण केन्द्रमा बुढा भएर मरेका गाई तथा गोरुलाई आहाराको रुपमा राख्न थालेपछि गिद्धको बथान यहाँ देख्न थालिएको छ । गिद्धको संरक्षण गर्ने उद्देश्यले व्यास नगरपालिका–१०, दुम्सीस्थित शिशुवा भतेरीमा आहाराको व्यवस्थाका साथै बासस्थानका लागि अग्ला… पुरा पढौ

गैँडाकोटलाई चुरे क्षेत्रबाट हटाउन माग

बर्दघाट । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकालाई चुरे क्षेत्रबाट हटाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ । यसका लागि सो नगरपालिकाले सङ्घीय सरकारलाई आग्रह समेत गरेको छ । हाल महाभारत पर्वत शृङ्खलामा रहेको सो नगरपालिकालाई चुरे क्षेत्र भनेर कायम गरिएको जनाइएको छ । गैँडाकोट नगरपालिकाले महाभारत क्षेत्रमा कायम गर्न सङ्घीय सरकारलाई सिफारिस गरी पठाउने प्रस्ताव नगर सभाबाट पारित गरिएको छ । गैँडाकोट नगरपालिका महाभारत पर्वत क्षेत्रमा नै पर्ने भएकाले नगरकार्यपालिका सदस्यहरुलेसमेत महाभारत क्षेत्रमा राखिनुपर्ने आवाज उठाएका थिए । चुरे क्षेत्रबाट हटाउन सङ्घीय… पुरा पढौ

टर्कीए र सिरियामा भूकम्पमा परी मृत्यु हुने १५ हजार भन्दा बढी

टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरुले जनाएका छन् । बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुवै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको छ । दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बिहीबार बिहान सार्वजनिक गरेको तथ्याङ्कमा सो जानकारी दिइएको समाचारमा जनाइएको छ ।बिहीबार बिहानसम्म टर्कीएमा भूकम्पबाट ज्यान जाने नागरिक १२ हजार तीन सय ९१ जना पुगेका छन् । टर्कीएको बिपत व्यवस्थापन विभागलाई उद्धृत गर्दै… पुरा पढौ

बजेट अभावले तातोपानी चिकित्सालय सञ्चालनमा बाधा

म्याग्दी । बजेट अभावले म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालनमा बाधा पुगेको छ । चिकित्सकको निगरानीमा औषधि प्रयोगबिना बिरामीको उपचार गर्ने गरी सञ्चालनमा ल्याएको उक्त चिकित्सालय बजेट अभावले समस्यामा छ । गत वर्ष असोजदेखि बिरामी भर्ना गरेर सेवा दिने तयारी भए पनि आन्तरिक र जनशक्ति व्यवस्थापन गर्न बजेट अभाव भएपछि चिकित्सालय सञ्चालनमा समस्या भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । पर्यटन मन्त्रालयको रु ५० लाख तथा तातोपानी कुण्ड व्यवस्थापन समितिको रु एक करोडमा पाँचतले भवन… पुरा पढौ

अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताए । अन्तर्राष्ट्रिय विमानस्थलको आज तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए । उनले भने, “यो नै पूर्ण सुधार होइन । तर क्रमिकरुपमा सुधार भइरहेको छ । यसबाट म आंशिक सन्तुष्ट छु । २४सै घण्टा खटेर विमानस्थललाई सुन्दर बनाउने ब्यूटीसियनलाई विशेष धन्यवाद छ ।” बिहानै पुगेका मन्त्री किराँतीले विमानस्थलको सबै सेवाको सुधारबारे स्थलगत अनुगमन गरेका िथए । विमानस्थलको… पुरा पढौ