समाचार

स्थिर सरकारका लागि सबैसँग छलफल गरिनेछ : नवनियुक्त मुख्यमन्त्री शाह

काठमाण्डौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले स्थिर सरकार निर्माणका लागि सबैसँग छलफल गर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गरे लगत्तै उनले नयाँ गठित सरकारलाई निरन्तरता दिन र स्थिर सरकार निर्माण गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने बताएका हुन् । मुख्यमन्त्री शाहले एक महिनाभित्रमा विश्वासको मत लिनेमा ढुक्क रहेको विश्वास व्यक्त गरे । लामो राजनीतिक यात्रापछि आज जनताले विश्वास गरेर मुलुकको व्यवस्थाअनुसार आफू एउटा पदीय जिम्मेवारी र दायित्वमा पुगेको उनको भनाइ थियो । मुख्यमन्त्री… पुरा पढौ

सरकारको वित्त नीतिमा संरचनात्मक सुधार आवश्यक : राष्ट्रपति भण्डारी

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकारले आफ्नो वित्त नीतिमा संरचनात्मक सुधार गर्न आवश्यक रहेको बताएकी छन् । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले अर्थतन्त्रमा प्रभाव पार्ने आन्तरिक र बाह्य प्रभावको समग्र अध्ययन गरेर सरकारको वित्त नीतिमा संरचनागत परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको बताएकी हुन् । “देशको राजनीतिले एउटा लय र गति समातीसकेकाले अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ । निश्चय पनि देशको आर्थिक–सामाजिक क्षेत्रमा धेरै नै प्रगति… पुरा पढौ

बिटी कपमा प्रिक्वाटर समिकरण पूरा

माघ २८ पोखरा । पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरको समिकरण पूरा भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (शुक्रबार) भएको पहिलो खेलमा लामागाउँ एफसीले मण्डेला एफसीलाई ३ –० गोल अन्तरले पराजित गर्याे । लामागाउँको अनुज भण्डारी, सरोज तामाङ र विश्व थापाले समान १/१ गोलको योगदान दिए । यस्तै खेल संयोजक विनोद गुरुङका अनुसार दोस्रो खेलमा लेकसाइड एफसीले सिमपानी एफसीलाई २–१ गोल अन्तरले… पुरा पढौ

साहित्यकार लक्ष्मण थापालाई नवनीतको सम्मान

पोखरा । साहित्यकार लक्ष्मण थापालाई नवनित साहित्य सागरले शुक्रबार आफ्नो नियमित काव्य वाचन तथा श्रवण कार्यक्रमका २३८ औं श्रृङ्खलामा सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ वरिष्ठ साहित्यकार सरुभक्तले सम्मान पत्र, दोसल्लाले उनलाई सम्मान गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद लम्सालले अविर लगाएर सम्मान गरेका थिए । छोरेपाटन माविको सभाहलमा भएको कार्यक्रममा विभिन्न साहित्यिक संस्थाका अध्यक्ष, प्रतिनिधि, शिक्षक, विद्यार्थीहरुले पुष्पगुच्छा प्रदान गरी वधाई दिएका थिए । साहित्यकार थापा नवनीत साहित्य सागरका संस्थापक अध्यक्ष हुन । साथै सोही… पुरा पढौ

प्रतिभा माविमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

पोखरा, माघ २७ पोखराको नदीपुरमा रहेको प्रतिभा माविमा शुक्रबार पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको शैक्षिक वर्षको पुरस्कार वितरण कार्यक्रम शुक्रबार गरेको हो । सो अवसरमा ट्यालेन्ट सो तथा अनुशासनमा उत्कृष्ट भएकाहरुलाई पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा विद्यालयका विभिन्न तहका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रतिभा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले प्रतिभा मावि गुणस्तरीय शिक्षाका लागि सदैव प्रतिबद्ध भएको बताए । विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यालयको आगामी शैक्षिक गतिविधि… पुरा पढौ

‘तथ्यांक सहि नहुँदा सरकारी सेवाबाट बन्चित भयौँ’: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय

पोखरा । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सवालमा राज्य गम्भीर नहँुदा समस्या समाधान नभएको सरोकारवालाहरूले बताएका छन । नीलहिरा समाजले पोखरामा शुक्रबार आयोजना गरेको प्रदेश सरकारसँग नीतिगत संवाद अन्तरक्रिया कार्यक्रममा सरकारबाट समान व्यवहार तथा पहिचान पाउन नसकिएको बताएका हुन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सहि तथ्यांक नहुँदा आरक्षणको अधिकार, राष्ट्रिय बजेट विनियोजनदेखि शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरमा समेटिन नसकेको समाजका कार्यकारी निर्देशक मनिषा ढकालको भनाइ छ । ‘अल्पसंख्यक समुदायमा सुचिकृत हुन सकेमा धेरै सेवा सुविधा प्राप्त गर्न सकिन्थ्यो, उनले… पुरा पढौ

स्टेप बाई स्टेप माविमा पुरस्कार वितरण

पोखरा । स्टेप बाई स्टेप मा . वि. मासबार, पोखरामा खेलकुद तथा अतिरिक्त क्रियाकलापका पुरस्कार वितरण गरिएको छ ।बर्षभरि भएका अतिरिक्त क्रियाकलाप, अनुशासन तथा विद्यालयको खेलकुद महोत्सवमा सम्पन्न फुटबल, बास्केटबल, भलिबल, टि.टि., ब्याडमिन्टन, दौडहरु आदिमा विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान विद्यालयले जनाएको छ । सो अवसरमा प्राचार्य निर्मला बरालले विद्यालयले पढाइका साथसाथै खेलकुद र अतिरिक्त क्रियाकलापमा जोड दिई विद्यार्थीको चौतर्फी विकासमा विशेष ध्यान दिने गरेको बताईन् । उनले विजयी विद्यार्थीहरुलाई बधाई दिँदै उत्तरउत्तर प्रगतिको कामना समेत गरिन् । विद्यालय व्यवस्थापन समिति… पुरा पढौ

अब विकास र समृद्धितर्फ ध्यान केन्द्रित हुुनुपर्छ : राष्ट्रपति

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक गतिले लय समातिसकेकाले अब विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुुनुपर्ने बताएका छन् । सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले अर्थतन्त्रमा देखिएका समस्याको समाधानको खोजी गर्न आवश्यक रहेको बताए । उनले अर्थतन्त्र सुधार्न आन्तरिक उत्पादन वृद्धिका लागि समन्वयात्मक रुपमा काम गर्नुपर्ने खाँचो औँल्याए । राष्ट्रपति भण्डारीले भने, “कृषि उत्पादनलाई केन्द्रमा राखेर समयमै मल, बीउ, प्रविधि तथा उपकरण सहज रुपमा उपलब्ध गराउनुपर्छ ।” कृषिमा पूर्णकालीन रोजगारी उपलब्ध गराउनु आवश्यक रहेको उल्लेख गर्दै… पुरा पढौ

सांसद दसौंदीद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्य कुमार दसौंदीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय भवनमा आज आयोजित कार्यक्रममा सांसद दसौंदीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । दसौंदी यही माघ २५ गते दाङमा भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबाट निर्वाचित भएका हुन् ।रासस पुरा पढौ

लिगल निवास चिप्लेढुंगामा भोलि शनिबार बाह्र भैरव नाच प्रदर्शन गरिदै

पोखरा, माघ २७ पोखराको चिप्लेढुंगास्थित लिगल निवासमा भोलि शनिबार ऐतिहासिक बाह्र भैरव नाच प्रस्तुत गरिने भएको छ । चिप्लेढुंगा निवासी गोकर्णलाल लिगलको बोलावटमा उनको निवास तथा लिगल सपिङ सेन्टरको परिसरमा बाह्र भैरव नाच प्रस्तुत गरिन लागेको हो । नाच शनिबार साँझ ६ बजेदेखि शुरु हुने छोरा प्रमोद लिगलले जानकारी दिए ।भैरव सांस्कृतिक संरक्षण समितिको आयोजनामा हरेक ६÷६ वर्षमा पोखरामा आयोजना हुँदै आएको तान्त्रिक भैरव नाच लिगल परिवारको बोलावटमा हरेक पटक नचाईने गरिएको छ । यसअघि ६ वर्षअघिपनि लिगल परिवारको बोलावटमा… पुरा पढौ