समाचार

दक्षिणकाली फाइट नाइटमा पोखरा साक यान्तको उत्कृष्ट प्रदर्शनी

पोखरामा व्यवसायिक मुवाथाईको सुरुवात गर्दै आइरहेको साक यान्त मुआथाईले काठमाडौंमा उत्कृष्ट प्रदर्शनी गरेको छ । काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय मुयथाई प्रतियोगिता ‘दक्षिणकाली फाइट नाइट’ मा साक यान्त मुआथाईका एलेन थकालीले नकआउट गर्दा अर्मंङले डेब्यु खेलमै जित हासिल गरेका छन् । एलेन थकालीले आफ्नो प्रतिस्पर्धी भुपेन्द्र विकलाई पहिलो राउन्डको पहिलो मिनेटमै नकआउट गरे । सुरुदेखि नै आक्रामक देखिएका थकालीले प्रतिद्वन्द्वीलाई सम्हालिन नदिई छिट्टै खेल आफ्नो पक्षमा पारे ।त्यसैगरी, अर्मुङ थापाले भने पहिलो पटक प्रा–फाइनमा स्पर्धा गरेका थिए । उनले आफ्नो डेब्यु खेलमै… पुरा पढौ

सिद्ध माविमा अक्षयकोष स्थापना

युनाइटेड क्लब, पोखराले वडा नं १५ मा रहेको सिद्द माविमा अक्षयकोष स्थापना गरेको छ । वडा भित्रका गरिब, बिपन्न परिवारका बालबालिका पढ्न तथा विद्यालयको समग्र शैक्षिक सुधारमा सहयोग पुर्याउने उद्धेश्यले ५५ हजार ५सय ५५ रूपैयाँको अक्षयकोष स्थापना गरिएको हो। विद्यालयमा आयोजित एक कार्यक्रमका बीच युनाइटेड क्लबका अध्यक्ष लोक वहादुर थापाले सो रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल र प्रधानाध्यापक गुरुदत्त कोइरालालाई हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले सामाजिक क्षेत्रमा अग्रणी संस्था युनाइटेड क्लबले गरेको सहयोग अतुलनिय रहेको बताए… पुरा पढौ

सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण

पोखरा १९ घार्मीमा रहेका कृषकलाई मौरी घार वितरण गरिएको छ । स्थानीय घार्मी कृषि, वातावरण तथा पर्यटन सहकारीले आफ्ना सेयर सदस्य कृषकहरुलाई कृषि ज्ञान केन्द्र कास्कीको अनुदानमा ५० वटा घार मौरी वितरण गरेको हो । शनिवार आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र कास्कीका कार्यालय प्रमुख सुदिप खतिवडा, सहकारी अध्यक्ष पोषराज पौडेल तथा कृषि उपसमिति संयोजक माधव प्रसाद पौडेलले कृषकहरुलाई मौरी घार हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै केन्द्रका प्रमुख खतिवडाले घार्मी गाउँ मौरी पालनका लागि उपयुक्त क्षेत्र रहेको बताउँदै, सहकारी संस्थाको पहलमा… पुरा पढौ

क्व्होलासोथारको एक हजार २०० वर्ष पुरानो ऐतिहासिकता उजागर गरिँदै

तमु समुदायको एक हजार २०० वर्ष अघिको इतिहास जोडिएको क्व्होलासोथारको ऐतिहासिकता उजागर गर्नका लागि तमुु समुदायले सक्रियता बढाएका छन् । ऐतिहासकस्थल भएर पनि यसको उजागर र प्रवर्द्धन हुन नसकेको भन्दै तमु समुदायसम्बद्ध सङ्घसंस्थाले चासो देखाएका हुन् । ऐतिहासिकताको उजागर गर्दै यसको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न प्रयासहरू भइरहेको अवस्थामा तमुु प्येल्हु सङ्घ युकेको टोलीले आइतबारदेखि पोखराबाट लमजुङको भुजुङ हुँदै त्यसतर्फको यात्रा तय गरेको सङ्घका अध्यक्ष डेमबहादुर गुरुङले जानकारी दिए। तमु जातिको पहिचान एवम् अस्तित्वसँग जोडिएको क्व्होलासोथारको… पुरा पढौ

एनसेल छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत

पोखरामा माघ दोस्रो साता भएको एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट २२ लाख ६५ हजार बचत भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा गत माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालामा सञ्चालित सो प्रतियोगितामा १ करोड ६० लाख ७ हजार ७ सय २५ रुपैयाँ आम्दानी भएकोमा सम्पुर्ण खर्च कटाएर २२ लाख ६५ हजार १ सय ६ रुपैयाँ बचत भएको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । प्रतियोगितामा १ करोड ३७… पुरा पढौ

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा शतिशकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएका हुन् । काउन्सिलले चिकित्सकलाई ‘अनलाइन परामर्श’का नाममा सामाजिक सञ्जालबाट स्वास्थ्यसम्बन्धी श्रव्यदृश्य सामग्री प्रसारण नगर्न आग्रह गरेको छ । काउन्सिलका रजिष्ट्रार डा देवले चिकित्सकहरूले बिरामीसँग सम्बन्धित श्रव्यदृश्य सामग्री सार्वजनिक गर्ने, विभिन्न उपचारका लागि औषधि प्रयोग गर्न सुझाव दिने, औषधि सिफारिस गर्ने जस्ता कार्य… पुरा पढौ

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेट गरी आगामी आर्थिक वर्षको बजेटमा विभिन्न विकासका आयोजना समावेश गर्न आग्रह गरेका छन् । उनले प्राथमिकताका आधारमा आयोजनाहरू पेस गर्दै बजेट सुनिश्चित गर्न अर्थमन्त्री डा वाग्लेको ध्यानाकर्षण गराएका हुन् । अध्यक्ष चुमानले जिल्लामा रहेका सडक, पुल, धार्मिक पर्यटन, स्वास्थ्य, शिक्षा र खानेपानी क्षेत्रका महत्त्वपूर्ण आयोजनाहरू अघि सारेका छन् । उनका अनुसार सडकतर्फ छिम्केश्वरी(हिलेखर्क(बन्दिपुर सडक स्तरोन्नतिका लागि रु ३० करोड, बरादी(हिलेखर्क गिरनचौर(साते खण्ड० सडकका लागि रु २० करोड, पुलजीप(घुमाउने हुँदै… पुरा पढौ

१० औं पोखरा स्पोर्टस अवार्डलाई सहाराको साथ

सहारा क्लब पोखराले, पोखरा स्पोर्टस अवार्डलाई प्रदान गर्दै आएको सहयोगलाई १० औं संस्करणमा समेत निरन्तरता दिने भएको छ । पोखरा स्पोर्टस अवार्डको उदीयमान खेलाडी विद्याको अवार्डको पुरस्कार राशीमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने भएको हो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना र रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा यही बैशाख १८ गते पोखराको ईभेन्ट सेन्टरमा १० औं संस्करणको पोखरा स्पोर्टस अवार्ड हुदै छ । शुक्रबार सहारा क्लबका अध्यक्ष केशब बहादुर थापा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था… पुरा पढौ

पाँचौँ मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस पोखरामा शुरू

पाँचौँ मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शनिबारबाट पोखरा रंगशालास्थित टेनिस सेन्टरमा शुरू भएको छ । प्रतियोगिताको पलिहो दिन यू–९ गर्ल्सतर्फ मिलिवाना लावत र भानी राजभण्डारीले फाइनलमा स्थान बनाएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा शुरू भएको प्रतियाृगितामा यू–१८ ब्वाइज तर्फ सेमीफाइनल समिकरण पुरा भएको प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिएका छन् । सो उमेर सुमहमा दर्शिल श्रैष्ठ र स्पन्दन उदास तथा शास्वत बज्रचार्य र सुरेन्द्र बिकले सेमीफाइनलमा स्थान पक्का गरे । यस अघी भएको खेलमा दर्शिलले संगम मगरलाई… पुरा पढौ

आज विश्व सम्पदा दिवस मनाइँदै

सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था ९युनेस्को०अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि अप्रिल १८ तारिखका दिन यो दिवस मनाउन थालिएको हो । विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ ९वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू०, लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् । पुरा पढौ