समाचार

आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यपुस्तक

आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम तयार पारिरहेको छ। पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले तीन वटा कक्षाका नयाँ पाठ्यपुस्तक तयार भइरहेको बताए। नयाँ पाठ्यपुस्तकको प्रिन्ट रेडी कपी (पीआरसी) तयार भएपछि छपाईका लागि जनक शिक्षा सामग्री केन्द्रलाई पठाइने बताए। पाठ्यक्रम विकास केन्द्रले उपलब्ध गराएको पीआरसीका आधारमा जनक शिक्षाले पाठ्यपुस्तक छाप्ने गर्दछ। अहिले कक्षा ५ र १० का अनिवार्य विषयको नयाँ… पुरा पढौ

त्रिविका ६२ आंशिक क्याम्पसमा विद्युतीय हाजिरी लागू

महिनामा एकपटक आएर महिनाभरिको हाजिर गर्ने प्रवृतिको अन्त्य गर्न त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसमा विद्युतीय हाजिरी अनिवार्य गरेलगत्तै कार्यविधि बनाउन शुरू गरेको छ। त्रिवि प्राध्यापक संघले कार्यविधि बनाउनुपर्ने माग राखेपछि कार्यविधि बनाउन लागिएको हो। दशैंलगत्तै अनिवार्य गरेको विद्युतीय हाजिर प्रभावकारी भएपछि त्यसलाई व्यवस्थित र थप कडाई गर्न कार्यविधि बनाउन लागेको त्रिविले जनाएको छ। त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले सबै निर्देशनालय, विभाग, महाशाखा, प्राध्यापक, सहप्रध्यापक, उपप्राध्यापकलगायत सबै कर्मचारीलाई अनिवार्य हाजिरको व्यवस्था गरेको जानकारी दिए। उनले भने, ‘विद्युतीय हाजिर शुरू भइसकेको छ… पुरा पढौ

निर्वाचन आयोगले आज राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाउँदै

निर्वाचन आयोगले यही ४ मंसीरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम मतपरिणाम आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ। प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फ सम्पूर्ण परिणाम आएसँगै आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउन लागेको हो। यसअघि, आयोगले बुधबार पत्रकार सम्मेलन गरी निर्वाचनको संपूर्ण परिणामबारे जानकारी गराएको थियो। आयोगले प्रतिवेदन पेस गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्नेछिन्। यससँगै नयाँ सरकार गठनको प्रक्रिया पनि सुरु हुनेछ। प्रदेशतर्फको विवरण भने आयोगले आगामी २ पुसमा प्रदेश प्रमुखसमक्ष पेस गर्ने तयारी गरेको छ। पुरा पढौ

तनहुँका पत्रकारका लागि १० लाखको बीमा

व्यास नगरपालिका कार्यालयले जिल्लामा कार्यरत सक्रिय पत्रकारका लागि १० लाख रुपैयाँ बराबरको दुर्घटना र स्वास्थ्य बीमा गरिदिने भएको छ। गत वर्षदेखि पत्रकारको बीमा सुरु गरेको नगरपालिकाले यस वर्ष पनि त्यस कार्यलाई निरन्तरता दिन लागेको हो । नगरपालिका कार्यालयले गतवर्ष जिल्लाभरिका ६५ जना पत्रकारको प्रतिपत्रकार १० लाख रुपैयाँ बराबरको बीमा गरिदिएको नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्ज्वल पौडेलले जानकारी दिएका छन्। नगरपालिका कार्यालयले ९ लाख रुपैयाँको दुर्घटना र १ लाख रुपैयाँ बराबरको औषधि बीमा गरिदिएको उनले बताए। व्यास नगरपालिका कार्यालयले… पुरा पढौ

तनहुँको कृष्ण मोटरमार्गमा १० दिनका लागि बन्द

तनहुँ जिल्लाको घिरिङ गाउँपालिकाअन्तर्गत कृष्ण मोटरमार्गमा १० दिनका लागि सवारी आवागमन बन्द गरिएको छ। आगामी पुस १ देखि १० गतेसम्म सवारीसाधन आवागमन बन्द गरिएको गाउँपालिका कार्यालयले जनाएको छ। उक्त गाउँपालिकाको खिलाबाट गाउँपालिका कार्यालयसम्मको सडकखण्डमा कालोपत्र कार्य भइरहेकाले यातायात बन्द गर्नुपरेको गाउँपालिकाका अधिकृत धु्रवराज लामिछानेले जानकारी दिएका छन्। सो अवधिसम्म वैकल्पिक बाटो प्रयोग गरिदिनसमेत यातायात व्यवसायीलाई अनुरोध गरेको उनले बताए। पुरा पढौ

पोखरा–५ मा पाठेघरको मुख तथा स्तन क्यान्सर परीक्षण शिविर

पोखरा महानगरपालिका वडा नं. ५ को आयोजनामा भएको महिला लक्षित पाठेघरको मुख तथा स्तन क्यान्सर परीक्षण शिविरबाट ३०७ जना महिलाहरुले स्वास्थ्य परीक्षण गराएका छन्। शिविरमा शहरी स्वास्थ्य केन्द्र वडा ५ ले सहजीकरण गरेको थियो। स्वास्थ्य चेकजाँजबाट ३ जनाको भीआइए सस्पेक्टेड देखिएको र ४५ जनाले औषधि लिनुपर्ने देखिएको शहरी स्वास्थ्य केन्द्र पोखरा–५ का आशिक सुवेदीले जानकारी दिएका छन्। शिविरलाई स्वास्थ्य महाशाखा महानगर प्रमुखसहितको टोलीले अनुगमन गरेको थियो। पुरा पढौ

मणिभद्र शर्मा अब गण्डकी सरकारको प्रवक्ता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले गण्डकी सरकार प्रवक्ताको जिम्मेवारी पाएका छन्। भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्का बर्खास्तीमा परेसँगै शर्माले प्रवक्ताको जिम्मेवारी पाएका हुन्। बुधबारको मन्त्रिपरिषद् बैठकले कँडेललाई प्रवक्ताको जिम्मेवारी दिएको मुख्यमन्त्री कार्यालय जनाएको हो। कात्तिक २९ गते भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्का बर्खास्तीमा परेका थिए। पुरा पढौ

प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानीमा पुग्यो बस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानीमा बस पुगेको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी जोड्ने सडक स्तरोन्नति भएपछि बस सञ्चालन हुन थालेको हो । यसअघि जिप र मोटरसाइकल मात्र सञ्चालन हुने गरेको थियो । केही दिनअघि पोखरा यातायात प्रालिको यात्रुवाहक मिनीबस आन्तरिक पर्यटक लिएर घोडेपानी आएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले जानकारी दिए । ‘सडक सञ्जालमा जोडिएको तीन वर्षपछि घोडेपानीमा पहिलोपटक यात्रु बोकेर बस आएको छ’, उनले भने, ‘घोडेपानी घुम्नका लागि अब बस… पुरा पढौ

फ्रान्स र अर्जेन्टिना विश्वकपको फाइनल भिड्ने

साविक विजेता फ्रान्स र अर्जेन्टिना कतारमा जारी २२ औं फिफा विश्वकप फुटबलको फाइनल भिड्ने भएको छ। दोस्रो सेमिफाइनल फ्रान्सले मोरक्कोलाई पन्छाएपछि जारी विश्वकपको फाइनल समिकरण पूरा भएको छ। फाइनलमा २/२ पटक विश्वकप जितेको फ्रान्स र अर्जेन्टिना उपाधिका लागि भिड्नेछन्। यसअघि, पहिलो सेमिफाइनलबाट क्रोएसियालाई हराउँदै अर्जेन्टिनाले फाइनलमा स्थान बनाइसकेको छ। अल बायट स्टेडियममा बुधबार राति भएको अन्तिम सेमिफाइनल खेलमा मोरोक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि रक्षाको बाटोमा देखिएको हो। फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गरे। खेलको सुरुवातमै… पुरा पढौ

प्याब्सन स्पोर्टस मिट : बास्केटबल र टेबुल टेनिसतर्फ फाइनल खेल सम्पन्न

पोखरा । पोखरामा जारी ‘१७ औं प्याब्सन स्पोर्टस मिट २०७९’ अन्तर्गत मावि तह र प्लस टु (कक्षा ११–१२)तह जारी बास्केटबल र टेबुल टेनिसतर्फ फाइनल खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गतनै भलिबल, फुटबल र एथलेटिक्सतर्फका फाइनल खेल बिहिबार सम्पन्न हुने प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछानेले जानकारी दिएकी छन् । भलिबल, एथलेटिक्सतर्फका केही इभेन्ट र फुटबलको फाइनल खेल बिहिबार आयोजना हुने संयोजक लामिछानेले बताइन् । बिहिबार पोखरा रंगशालमा १७ औं प्याब्सन स्पोर्टस मिटको ट्रफी विजेता विद्यालयको समेत टुङ्गो लाग्ने संगै… पुरा पढौ