समाचार

प्याब्सन स्पोर्टस मिट : बास्केटबल र टेबुल टेनिसतर्फ फाइनल खेल सम्पन्न

पोखरा । पोखरामा जारी ‘१७ औं प्याब्सन स्पोर्टस मिट २०७९’ अन्तर्गत मावि तह र प्लस टु (कक्षा ११–१२)तह जारी बास्केटबल र टेबुल टेनिसतर्फ फाइनल खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गतनै भलिबल, फुटबल र एथलेटिक्सतर्फका फाइनल खेल बिहिबार सम्पन्न हुने प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछानेले जानकारी दिएकी छन् । भलिबल, एथलेटिक्सतर्फका केही इभेन्ट र फुटबलको फाइनल खेल बिहिबार आयोजना हुने संयोजक लामिछानेले बताइन् । बिहिबार पोखरा रंगशालमा १७ औं प्याब्सन स्पोर्टस मिटको ट्रफी विजेता विद्यालयको समेत टुङ्गो लाग्ने संगै… पुरा पढौ

ईदि मर्दि हाइड्रोले १०.५२ प्रतिशत नगद लाभांश वितरण दिने

मंसिर २८ पोखरा । ईदि मर्दि एण्ड आर वि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १०.५२६ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने भएको छ । संस्थाको पोखरामा सम्पन्न १३ औं साधरण सभाले यस्तो निर्णय गरेको हो । यसअघि साधरणसभाको इदी मर्दि इन्भेस्टमेन्ट प्रा.लि.का अध्यक्ष तथा संस्थाका संस्थापक शेयर सदस्य हितकाजी गुरुङले कार्यक्रमको उद्घाटन गरे । उनले नेपालमा हाइड्रो क्षेत्रमा ठूलो लगानी भित्रिनुको श्रेय उद्योगपति एवं समाजसेवी स्व. सूर्य बहादुर केसीलाई जाने बताए । स्थापनाको छोटो… पुरा पढौ

पूर्ण स्मृति सम्मान तथा पुरस्कारका लागि छनौट समिति गठन

तनहुँ । तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कारका लागि छनौट समिति चयन गरिएको छ । रेडियोका अध्यक्ष ज्योती श्रेष्ठको अध्यक्षतामा सोमवार सम्पन्न कार्य समिति बैठकले पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छनोट समिति गठन गरेको हो । समिति सदस्यहरुमा रेडियोका अध्यक्ष ज्योती श्रेष्ठ, टिकाराम श्रेष्ठ र आनन्द सुन्दर श्रेष्ठ रहेका छन् । रेडियोका शेयरधनी सदस्य, शुभेच्छुकबाट स्वतस्फूर्त र केहि रकम उहाँको परिवारबाट… पुरा पढौ

देशको नेतृत्व गर्ने अवसर पाए आउँदा पिँढीले सम्झने काम गर्छु : अध्यक्ष प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्ने अवसर आएको बताएका छन् । आफूले अक्षर शुभारम्भ गरेको कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–१ नागडाँडास्थित महेन्द्र आधारभुत विद्यालयको हीरक जयन्ती समापन समारोह समितिलाई सम्बोधन गर्दै उनले आफूलाई देशको नेतृत्व गर्ने अवसर आएको बताएका हुन् । आफ्नो जन्मथलोमा आफन्त तथा आफूलाई अक्षरारम्भ गराउने गुरुहरुका अगाडि भावुक बनेका प्रचण्डले प्रधानमन्त्री शब्द प्रयोग नगरी भने,‘धेरै समय छैन मसँग, तर तपाईंहरुको आशिर्वाद लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु ।’… पुरा पढौ

प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित

काठमाण्डौं । प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगले आज सार्वजनिक गरेको प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यमा कांग्रेसबाट जीवन परियार (कास्की), शान्ति परियार (चितवन), रुपा विक (कपिलवस्तु), सीता मिजार (नुवाकोट) र आशा विक (बाँके) सहित दलित समुदायबाट पाँच जना निर्वाचित भएका हुन् । नेकपा (एमाले) बाट ईश्वरबहादुर रिजाल (दोलखा), प्रभु हजरा दुसाध (पर्सा), चन्द्र विश्वकर्मा (रुकुमपश्चिम), रुक्मणि राना बराइली (काभ्रेपलाञ्चोक) र हर्कमाया विश्वकर्मा (झापा) समानुपातिकमा निर्वाचित भएका छन् । एमालेले समानुपातिकतर्फ प्राप्त गरेको सिट… पुरा पढौ

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाण्डौं । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट निवेदन दायर भएको छ । अधिवक्ताद्वय युवराज सफल र रविराज बर्तौलाले आज दायर गरेको रिट निवेदनमा नेपाली नागरिक नभएकाले लामिछानेको सांसद पद खारेजीको माग गरिएको छ । रिट निवेदनमा भनिएको छ, “लामिछाने नेपाली नागरिक नभएकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नै योग्य नभएको हुँदा चितवन क्षेत्र नं २ मा पुनः मतदान हुनुपर्छ ।” रिट निवेदनमा अमेरिकी नागरिकतासँगै नेपाली नागरिकता लिएर दल दर्ता गराएको र नेपाली… पुरा पढौ

वन श्रोतलाई समृद्धिको आधार बनाउनु पर्नेमा जोड

पोखरा । सामुदायिक वनको दिगो विकाससंगै मुलुकको समृद्धिको आधार बनाउनु पर्नेमा आज पोखरामा आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपालद्धारा आयोजित दिगो वनको निती व्यवस्थापनमा स्थानीय, उद्यम र विकास सम्वन्धी अन्तर सम्वाद कार्यक्रमकका बक्ताहरुले प्राकृति श्रोतलाई आयआर्जन र रोजगारसंग जोड्दै गरिबी न्यूनिकरणमा जुट्नु पर्नेमा जोड दिएका हुन । अप्ठेरो सरकारी नितीका कारण अमुल्य वन पैदावार उपयोग विहिन हुने र वर्षेनी विदेशी काठ आयातमा अरवौ रुपैया वाहिरिने अवस्थाको अन्त्य हुनु पर्नेमा जोड दिंदै बक्ताहरुले यसका लागि… पुरा पढौ

श्रद्धा सदनको दोश्रो साधरण सभा सम्पन्न

मंसिर २८ पोखरा । श्रद्धा सदन प्रा.लि.पोखरा १५ को दोश्रो साधरण सभा बुधबार सम्पन्न भएको छ । सभामा समाजसेवी प्रेमकुमारी केसी तथा जेष्ठ नागरिक समुन्द्र गिरीले संयुक्तरुपमा पानसमा दीप प्रज्जवलन गरेर उद्घाटन गरे । उद्घाटनपछि बोल्दै समाजसेवी केसीले जेष्ठ नागरिकको स्याहर सुसारका लागि संस्थाले उदाहरणीय कार्य गरेको बताइन् । उद्योगपति तथा समाजसेवी स्व. सूर्य बहादुर केसीकी धर्मपत्नि समेत रहेकी केसीले आगामी दिनमा संस्थासँग सहकार्य गर्दै अगाडी बढ्न आफुहरु तयार रहेको प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा वडा नम्वर १५ का वडाध्यक्ष… पुरा पढौ

जिएमसीमा क्याथ ल्याव स्थापना, हृदय रोग उपचार केन्द्र सञ्चालन

पोखरा, मंसिर २८ गण्डकी मेडिकल कलेज (जिएमसी) टिचिङ हस्पिटल एन्ड रिसर्च प्रालिमा क्याथ ल्याव स्थापना भएको छ । जिएमसीले करीब १२ करोडको लागतमा हृदय रोग उपचारका लागि आवश्यक पर्ने उपकरणहरु खरिद गरेर क्याथ ल्याव स्थापना गरेको हो । क्याथ ल्याव स्थापनासँगै जिएमसीमा हृदय रोग उपचार केन्द्र सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । हृदय रोग उपचार केन्द्रको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार उद्घाटन गरे । पोखरा र आसपासका मुटुका विरामीलाई पोखरामा नै उपचार सेवा दिने उद्देश्यले क्याथ ल्याव स्थापना… पुरा पढौ

पोखरा महोत्सवलाई ग्रीन डेभलपमेन्ट बैंकको साथ, खानेपानीमा अक्वा रिउस

पोखरा ।एघारौ पोखरा महोत्सवको बैङकिङ पार्टनरमा रहेर ग्रीन डेभलपमेन्ट बैंकले साथ दिने भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि नयां गन्तब्य चिडियाखानाको निर्माणमा पहलकदमी संगैै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लव पोखराले आगामी पुषको २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने एघारौं संस्करणको पोखरा महोत्सवमा केन्द्रीय कार्यालय पोखराको सभागृह चोकमा रहेको ग्रीन डेभलपमेन्ट बैंकले बैङ्किङ पार्टनरमा रहेर साथ दिने भएको हो । हालै एक कार्यक्रमका बीच महोत्सव आयोजक युनाईटेड क्लवका अध्यक्ष राजु… पुरा पढौ