समाचार

सुनको भाउ अकासियो, आज कतिमा हुदैँछ कारेबार ? हेर्नुहोस ।

सुनको भाउ आज एकैदिन एक हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको चौथो दिन आज सुनको भाउ बढेर एक लाख एक हजार रुपैयाँ पुगेको छ ।यो भाउ हिजोको भन्दा एक हजार रुपैयाँले बढी हो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा पुगेको छ । पुरा पढौ

बँदेल सिकारमा गएनन् नेपाली

बागलुङ । ढोरपाटन सिकार आरक्षमा पहिलोपटक नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको वैधानिक सिकार खुला गरिएकामा एउटा पनि बँदेलको सिकार हुन सकेन । यो वर्षको पहिलो सिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ११ बँदेलको सिकार कोटा तोकेको थियो । तीन नेपाली सिकारीले बोलपत्रको प्रक्रियामा भाग लिए पनि सिकार खेल्न नआएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । “पहिलोपटक भएकाले प्रक्रियागत हिसाबले पनि समय लागेको हुनसक्छ, बँदेल सिकारको सूचना र प्रचारप्रसार पनि ढिलो हुन पुग्यो”, उनले भने, “अर्को… पुरा पढौ

विद्यार्थीको रोजाइमा सामुदायिक विद्यालय

बर्दघाट । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन सुरु भएपछि क्रमिकरुपमा बढेको विद्यार्थीको आकर्षण प्राविधिक शिक्षाको सुरुआतपछि थप बढेको हो । मध्यविन्दु नगरपालिका–७ चोरमारास्थित नवजागरण नमूना माध्यमिक विद्यालयमा पछिल्लो पाँच वर्षमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या दोब्बर भएको छ । विसं २०७४ मा आठ सय २२ विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा अहिले एक हजार छ सय ६० भन्दा बढी अध्ययन गर्छन् । त्यहाँ जिल्लाका सामुदायिक विद्यालयमध्ये सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् ।… पुरा पढौ

पश्चिम तराईमा शीतलहर

कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ । बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । सडकमा गाडी र व्यक्तिको आवतजावत पातलिएको छ । बिहानी कक्षा सञ्चालन हुने क्याम्पस र विद्यालयमा पठनपाठन प्रभावित बनेको छ । लम्की बहुमुखी क्याम्पसमा विविएस चौथो वर्षमा अध्ययनरत दुर्गा न्यौपाने जाडोका कारण पढ्न जान नसकेको बताउनुहुन्छ । यस्तै व्यवस्थित नगरकी निर्मला विनाडी किसान बहुउद्देशीय सहकारीमा काम गछिन् । उनी सधैँ बिहान… पुरा पढौ

नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ । पाँच पुल सञ्चालनमा आएका छन् । आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी काम अघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन० का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । विसं २०७६ चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । यही पुस ९ गते सम्झौताको अवधि सकिँदै छ । उनले भने, “कोभिड–१९ का कारण समयमा काम सकिएन, अझै एक वर्ष लाग्ने… पुरा पढौ

देशभित्र पूर्ण रूपमा धूम्रपान निषेध गर्ने न्युजिल्यान्ड

न्युजिल्यान्डले आगामी वर्षदेखि मुलुकलाई चरणबद्ध रूपमा पूर्णतया सुर्ती प्रतिबन्धित अवस्थामा पुर्‍याउने भएको छ। मंगलबार संसद्ले पारित गरेको विधेयकको अर्थ सन् २००८ पछि जन्मिएका कुनैपनि व्यक्तिले आगामी दिनमा चुरोट वा अन्य सुर्तीजन्य पदार्थ किन्न पाउने छैनन्। साथै यस विधेयक अनुसार हरेक वर्ष सुर्ती किन्न सक्ने वैधानिक मानिसको संख्या घट्दै जाने भएको छ। उदाहरणका लागि आगामी सन् २०५० मा चालिस वर्ष उमेरको मानिस पनि चुरोट खरिदका लागि निकै कम उमेरको सावित हुने विश्वास गरिएको छ। यो विधेयक ल्याउने स्वास्थ्य मन्त्री आएसा भेर्रालले… पुरा पढौ

सन् २०४१ सम्म स्मार्ट बंगलादेश बनाउने योजना सार्वजनिक

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सन् २०४१ सम्ममा स्मार्ट बंगलादेश निर्माण गर्ने योजना सार्वजनिक गरेकी छन्। प्रधानमन्त्री हसिनाले बंगलादेशले आगामी सन् २०४१ सम्ममा बंगलादेशलाई एक विकसित बंगलादेश बनाउने बताए। सोमबार यससम्बन्धी कार्ययोजना सार्वजनिक गर्दै प्रधानमन्त्री हसिनाले भनिन्– ‘हामीले सन् २०४१ सम्ममा हाम्रो बंगलादेशलाई विकसित बनाउने छौँ र बंगलादेश स्मार्ट बंगलादेश हुनेछ, बंगलादेशको एक समाचार समिति, युएनबीलाई उद्धृत गर्दै चिनियाँ समाचार समितिले जनाएको छ। बंगलादेशको राजधानी ढाकामा सोमबार आयोजना गरिएको ‘डिजिटल बंगलादेश दिवस २०२२’ समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएकी… पुरा पढौ

रेशम चौधरीलाई रिहा गर्न शान्ता चौधरीको माग

नेकपा एमालेकी केन्द्रीय सदस्य शान्ता चौधरीले रेशम चौधरीलाई रिहा गर्न माग गरेकी छन्। उनले रेशम चौधरीलाई नि: सर्त छाड्नुपर्ने माग राखेकी हुन्। रेशम चौधरीलाई अफताब आलमसँग जोड्न नहुने उनले धारणासमेत राखेकी छन्। सामाजिक सञ्जाल ट्ीटरमा सन्देश लेख्दै शान्ताले रेशम चौधरीको वहानामा सरकारले काँग्रेस नेता अफताब आलमलाई पनि सँगै छुटाउन चाहेको आरोप लगाएकी छन्। उनले रेशम चौधरीलाई नि: सर्त छाड्नुपर्ने भन्दै आलम र रेशमलाई सँगै जोडेर हेर्न नहुने बताएकी हुन्। पुरा पढौ

अध्यादेश फिर्ता लिन सरकारलाई सर्वाेच्च बार एशोसिएशनको आग्रह

सर्वाेच्च अदालत बार एशोसिएशनले सरकारले गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिने उद्देश्यले मुलुकी फौजदारी कार्यविधि संशोधन गर्न अध्यादेश ल्याउन लागेको भन्दै आपत्ति जनाएको छ। बार एशोसिएशनले मंगलवार विज्ञप्ति निकालेर कामचलाउ सरकारले कानूनमा नै संशोधन गर्ने गरी अदालतमा विचाराधीन गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिन अध्यादेश ल्याउन लागेको भन्दै आपत्ति जनाएको हो। यो कदमले संवैधानिक सर्वाेच्चता, विधिको शासन, कानूनी मूल्य र मान्यता, फौजदारी कानूनका स्थापित मान्यता तथा सर्वाेच्च अदालतबाट प्रतिपादित सिद्धान्त उपहास गरेको विज्ञप्तिमा उल्लेख छ। कामचलाउ सरकारले ताजा जनमत र आफ्नो… पुरा पढौ

विप्लव नेतृत्वको नेकपाले गर्‍यो विवादास्पद अध्यादेशको स्वागत

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारले जारी गरेको मुलुक अपराध संहिता ऐन संशोधन अध्यादेशको स्वागत गरेको छ। आफ्नो पार्टीसँग भएको ३ बुँदे सहमतिअनुसार सरकारले नेता तथा कार्यकर्ताहरूमाथि लागेका संपूर्ण मुद्दा खारेजी तथा बन्दी नेता कार्यकर्ता रिहाइका लागि अध्यादेश जारी गरेको भन्दै स्वागत गरेको हो। नेकपाले मंगलवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रो पाटीसँगको छलफल एवं सहमतिको मर्मअनुरुप सरकारले आफ्नो जिम्मेवारीस्वरुप अध्यादेश पेश गर्नु स्वागतयोग्य कुरा हो। जसलाई हाम्रो पार्टीले सकारात्मक रुपले लिँदै धन्यवाद दिन चाहन्छ।’ नेकपाले आफ्नो पार्टी सरकारसँग भएको… पुरा पढौ