समाचार

यमनको गृहयुद्धमा ११ हजार बालबालिकाको मृत्यु

यमनको गृहयुद्धमा ११ हजारभन्दा बढीको बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। करिब ८ वर्ष अघिदेखि चर्किएको ११ हजार भन्दा बढी बालबालिका मारिएका वा अपांग भएका संयुक्त राष्ट्रसंघले सोमबार जनाएको हो। द्वन्द्वमा ज्यान गुमाउनेको संख्या अझै धेरै हुन सक्ने पनि राष्ट्रसंघले आकलन गरेको छ। ‘यस द्वन्द्वमा ज्यान गुमाउनेको संख्या अझै बढी हुन सक्ने संभावना छ’, राष्ट्रसंघीय बाल निकाय युनिसेफले भनेको छ। युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले भने, ‘हजारौं बालबालिकाले आफ्नो ज्यान गुमाइसकेका छन्। हजारौँ अझै रोकथाम गर्न सकिने रोग वा… पुरा पढौ

कीर्तिमानधारी प्यारासुट जम्परको ९४ वर्षको उमेरमा निधन

अवकाशप्राप्त अमेरिकी वायु सेनाका ९४ वर्षीय पाइलट कर्णेल जोसेफ किटिन्जरले ५० वर्षदेखि एकदमै धेरै उचाईबाट प्यारासुट जम्प गरी कीर्तिमान राख्दै आएका थिए। उनको हालै फोक्सोको क्यान्सरका कारण मृत्यु भएको पूर्व अमेरिकी रिपब्लिकन जोह्न माइकाले घोषणा गरेका छन्। विगतमा अमेरिकी वायुसेनाका क्याप्टेन र पाइलट रहेका उनी एकपटक हिलियम ग्यास भरिएका ठूलो बेलुनमा झुन्ड्याएको बास्केटमा बसेर अत्यन्तै उचाइबाट दस महिनाभित्र ३ वटा जम्प पूरा गरेर अन्तर्राष्ट्रिय ख्याति बटुल्न सफल भएका थिए। सन् १९५९ को नोभेम्वरमा पहिलो जम्प गर्दा उनको झण्डै ज्यान गएको… पुरा पढौ

चीनमा मानिसहरूको गतिविधि पत्ता लगाउने एप बन्द हुने

चीन सरकारले कोरोना महामारीको दौरान मानिसहरूको गतिविधि पत्ता लगाउने ‘फोन एप’लाई निष्क्रिय पार्ने घोषणा गरेको छ।सोमबार मध्यरातिदेखि ३ वर्षदेखि संचालनमा रहेको ‘द नेसनल एप’ अफलाइनमा जाने बताइएको छ। यो चीन सरकारको कोभिड–१९ सम्बन्धी पछिल्लो नीतिगत परिवर्तन हो। यसबाट बेइजिङले विवादास्पद ‘शून्य कोभिड नीति’ छोड्न लागेको संकेत दिएको छ। तर, चीनका थुप्रै सहरमा यस्तै प्रकृतिका स्थानीय एपहरू अझै संचालित छन्। सरकारद्वारा संचालित एपबाट कसैले उच्च जोखिमयुक्त क्षेत्रको भ्रमण त गरेको छैन भनेर पत्ता लगाउने गरिन्थ्यो। मानिसहरूले विभिन्न प्रान्त घुम्न वा कार्यक्रममा… पुरा पढौ

मलेसियामा सुष्मा र सोनमलाई स्वर्ण पदक

नेपालका सुष्मा थापा र सोनम गैरेले मलेसियामा भएको प्याङकोर आइल्यान्ड अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन्। मलेसियाको प्याङकोर आइल्यान्डमा भएको प्रतियोगितामा सुष्माले महिलाको ४६ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन्। यसैगरी, सोनमले पुरुषको ५८ केजीमुनिको तौल समूहमा पहिलो स्थान हात पारेका हुन्। प्रतियोगितामा नेपालले ७ स्वर्ण र ४ रजत पदक जितेको छ। सन्तोष भट्टले पुरुषको ८० केजीमाथिको तौल समूहमा स्वर्ण जित्दा नितिश विश्वकर्माले पुरुषकै ७४ केजीमा पहिलो स्थान हात पारेका थिए। यस्तै, मोहमद उमर खान र सुनिता विष्टले… पुरा पढौ

सन्दर्भ फिफा विश्वकप: अर्जेन्टिना–क्रोएसिया ‘हेड टु हेड’

हालसम्म अर्जेन्टिना र क्रोएसियाले ५ खेलमा सामने–सामने भएका छन्। जसमा दुवै टिमले २/२ खेलमा जित निकालेका छन्। अर्जेन्टिना र क्रोएसियाले अहिलेसम्म १ खेलमा भने बराबरी खेलेका छन्। यी २ टिमले सन् १९९० मा पहिलोपटक एक–अर्काविरुद्ध खेलेका थिए। सो खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि अर्जेन्टिना र क्रोएसियाले सन् १९९८ मा एकअर्काविरुद्ध खेले। सो विश्वकप खेलमा अर्जेन्टिनाले क्रोएसियालाई १–० ले हरायो। १९९८ पछि अर्जेन्टिना र क्रोएसियाले २००६ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेले। जहाँ क्रोएसियासँग अर्जेन्टिना ३–२ ले पराजित बन्यो। त्यसपछि यी… पुरा पढौ

कालीगण्डकी पुलको कामले छ वर्षपछि गति लियो

जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ। २ जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ वर्षपछि गति लिएको हो ‘लामो समयसम्म काम किन भएन भनेर चिन्ता लागेको थियो’, तर अहिले काम सुरु भएपछि आशा पलाएको छ’, कुश्मीशेराका स्थानीय प्रेमप्रसाद शर्माले भने । यो पुलको निर्माण जैमिनी नगरपालिका–१ कुश्मीशेरा र पर्वतको फलेवास नगरपालिका–६ देवीस्थान जोड्ने गरी २०७३ साल असोज ९ गतेदेखि सुरु गरिएको थियो। प्राविधिक कारणले लामो समय काम रोकिएको… पुरा पढौ

पोखरा महोत्सवलाई रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रालिले मुख्य प्रायोजन गर्दै

११ औं पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी ईन्डष्ट्रीज प्रा.लि. रहने भएको छ। आगामी पुष २७ देखि माघको ९ गतेसम्म युनाइटेड क्लव पोखराको आयोजनामा पोखराको अमरसिंहचौरमा हुने ११ औं संस्करणको पोखरा महोत्सवमा पोखरा नयाँबजारमा कर्पोरेट अफिस रहेको रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि. ले मुख्य प्रायोजकमा रहेर महोत्सवलाई साथ दिने भएको हो। महोत्सव आयोजक युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ र रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि.का अपरेटिङ अफिसर सन्नी रौनियारबीच मुख्य प्रायोजकको सम्झौतापत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने… पुरा पढौ

शिक्षा क्षेत्रको रणनीतिक योजनाको मस्यौदा पेश

शिक्षा नितिलाई लागु गर्न कार्यनीति र रणनीति निर्माणका लागि गठन गरिएको रणनीतिक योजनाको मस्यौदा सोमबार पेश गरिएको छ शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयमा भएको एक कार्यक्रममा मन्त्रालयका मन्त्री मेखलाल श्रेष्ठलाई योजना तयारी कार्यदलका संयोजक तथा पूर्व महानिर्देशक (सह–सचिव) बाबुराम पौडेलले हस्तान्तरण गरेका हुन्। उनले कार्यक्रममा बोल्दै संयोजक पौडेलले आफूले महत्वपूर्ण शिक्षा रणनीतिक योजनाको काम गर्न पाउँदा खुसी व्यक्त गरेका थिए। ‘यो काम असाध्यै ठूलो र महत्वपूर्ण रहेको छ । हामीलाई शाखा महाशाखाबाट प्राप्त भएको सहयोगले असाध्यै सन्तुष्टी… पुरा पढौ

सराङकोट सहकारी द्धारा न्यानो कपडा बितरण

पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको १६ औ बार्षिक उत्सवको अवसरमा बिधार्थीहरुलाई न्यानो कपडा बितरण गरीएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत पोखरा १८ को जनजागृत मा।बि ,पोखरा १७ को पार्दी मा.बि र पोखरा २० को जनचेतना आधारभुत बिधालयका ७८ जना बिधार्थीहरु लाई शैक्षिक सामाग्री पोसाक तथा न्यानो कपडा बितरण गरीएको छ । संस्थाको स्थापना देखि नियमित आर्थिक कारोबार ,सराङकोट रेडियो प्रसारण सहित रचनात्मक सामाजिक कार्यक्रम ,स्वास्थ्य सचेतना रत्तदान गदै आएको र संस्थाको हाल कारोबार ७० करोड रहेको छ । संस्थाका… पुरा पढौ

जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु,थप विवरण आउन बाँकी

जाजरकोट । जाजरकोटमा आज जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिए । उनका अनुसार सो दुर्घटनामा परी तीन जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गमा भएको दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।रासस पुरा पढौ