समाचार

सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन सय पुगेको छ । बिहीबार प्रतितोला रु ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार दुई थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु ३० ले बढेर रु… पुरा पढौ

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक शनिबार

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले प्रतिनिधिसभा र प्रदेशसभातर्फका समानुपातिक सदस्यको टुङ्गो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बोलाएको छ । निर्वाचन आयोगले दिएको समयसीमाभित्र समानुपातिक सदस्यको छनोट गर्न बोलाइएको बैठकमा निर्वाचनको समीक्षा एवं समसामयिक विषयवस्तुमा छलफल गरिने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार धुम्रबराहीस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने बैठकले पछिल्लो परिस्थितिमा विकास भएको राजनीतिक अवस्थामा पार्टी सरकारमा सहभागी हुने वा नहुने, पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण, राजनीतिक आदर्श तथा राजनीतिक विषयवस्तुलाई स्थापित गर्न निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल… पुरा पढौ

स्वास्थ्य बिमा बोर्डले १० प्रतिशत शुल्क बीमितबाट लिने

स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । बीमितले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क लिइने भएको हो । त्यसका लागि बोर्डले कार्यविधि बनाइरहेको छ । बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले बीमित बिरामीले जथाभावी परीक्षण गरेकाले रेफर अस्पतालमा उपचार गरेबापत १० प्रतिशत सहभुक्तानी तिर्नुपर्ने बताए । प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, जिल्ला अस्पताल, प्रदेशस्तरीय अस्पताल र आकस्मिक सेवाबाहेकका अर्को जाँचका लागि सिफारिस गरिएको (रेफरल) अस्पतालमा उपचार गर्दा… पुरा पढौ

प्राविधिक शिक्षा आर्जन गर्न छात्रवृत्ति

म्याग्दे गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने ११ विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ । भेटेरिनरी र जेटीए कार्यक्रमअन्तर्गत जनही रु २५ हजारका दरले विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो । गाउँमै प्राविधिक जनशक्ति उत्पादन गरी कृषकलाई सहजरुपमा सेवा प्रदान गर्ने उद्देश्यले प्राविधिक शिक्षामा जोड दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । यस्तै सुत्केरी कार्यक्रमअन्र्तगत रु १२ लाख ५० हजार प्रदान गरिएको छ । दुई सय ५० सुत्केरीलाई जनही रु पाँच हजारका दरले रकम प्रदान गरिएको उनले बताए ।… पुरा पढौ

फिफा विश्वकप: आजबाट क्वाटरफाइनलका खेलहरु सुरु

कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलका खेलहरु आज (शुक्रबार) बाट सुरु हुँदैछन्। ३२ राष्ट्र सहभागी फिफा विश्वकपमा समूह चरण र नकआउट चरण पार गर्दै ५६ खेल समाप्त हुँदा अब बाँकी अन्तिम ८ खेलमा प्रतिस्पर्धा हुँदैछ। उपाधी दावेदारको रुपमा आफूलाई प्रस्तुत गर्ने ८ राष्ट्रहरुमा ब्राजिल ५ पटकको विश्व विजेता हो भने अर्जेन्टिना २ पटकको विजेता हो। त्यसैगरी, साविक विजेता फ्रान्स पनि २ पटकको विश्व च्याम्पियन बनिसकेको छ भने इंग्ल्याण्ड १ पटकको विश्व च्याम्पियन हो। बाँकी ४ राष्ट्र भने नयाँ इतिहास… पुरा पढौ

आइसीसी विश्वकप क्रिकेट लिग–२: नेपाल स्कटल्याण्डसँग पराजित

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय प्रतियोगिताको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ। नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १२० रनको लक्ष्य स्कटल्याण्डले १६ दशमलव ५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। स्कटल्याण्डको जीतमा क्रिस्टोफर म्याकब्रिडले अविजित ४६ रन बनाए भने जर्ज मुन्सीले ४५ रन बनाए। त्यस्तै, कायल कोट्जरले १६ रन बनाउँदा कप्तान रिची बेरिङ्टन १२ रनमा अविजित रहे। नेपालका लागि गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट… पुरा पढौ

समानुपातिक सांसद टुंग्याउन एमालेको बोलायो सचिवालय बैठक

समानुपातिक सांसद टुंग्याउन एमालेको बोलायो सचिवालय बैठक नेकपा एमालेले समानुपातिक सांसदको टुंगो लगाउन सचिवालय बैठक बोलाएको छ। समानुपातिक सांसदको टुंगो लगाउने विषयमा छलफल गर्न एमालेले आज (शुक्रबार) बैठक बोलाएको जनाएको छ। बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने एमालेले जनाएको छ। निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ। एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ। पुरा पढौ

आज भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवस

आज अंग्रेजी डिसेम्बर महिनाको ९ तारिक अर्थात भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवस। आजका दिन विभिन्न कार्यक्रम गरी नेपाललगायत विश्वभर भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस पनि मनाइँदैछ। सन् २००३ डिसेम्बर ९ तारिखमा संयुक्त राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको सम्झनामा हरेक वर्ष यस दिन यो दिवस मनाइन्छ। नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो। राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको दिवस मनाउने गर्दछ। भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पार्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइए पनि यहाँ… पुरा पढौ

पश्चिम सेती र पञ्चेश्वर निर्माणपछि समृद्धि आउने छः प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वरजस्ता विकासका योजनाको निर्माण पूरा भएपछि विकास र समृद्धि आउने बताएका छन् । आज धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युुत् परियोजना निर्माण गर्ने भारतीय कम्पनीले अनुमतिपत्र लिइसकेकाले छिट्टै आयोजनाको निर्माण पूरा हुने विश्वास व्यक्त गरे । उनले पश्चिम सेती, चमेलिया जलविद्युत् परियोजना, रानी जमरा कुलरिया, महाकाली सिँचाइ आयोजना र पञ्चेश्वरजस्ता योजनाको निर्माणलाई सरकारले प्राथमिकता दिएको बताए । पर्यटन तथा कृषिको विकासमार्फत आर्थिक समृद्धि गर्न सकिनेमा जोड… पुरा पढौ

विद्युत् खपत बढाउन सके आर्थिक विकास हुन्छ : अर्थमन्त्री शर्मा

काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले ऊर्जाको खपत बढाउन सके आर्थिक विकास गर्न सकिने बताएका छन् । आज यहाँ आयोजित फिन इलेक्ट्रो टेक–२०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकभित्रै विद्युत्को खपत बढाउनुपर्ने र यसले व्यापार घाटा कम गर्न समेत सहयोग गर्ने बताए । उनले विद्युत्को क्षेत्रमा भएको लगानीको प्रतिफल लिने समय आएको समेत बताए । उनले पछिल्लो समय कोरोना महामारी र रसिया–युक्रेन युद्धका असरका कारण लगानीमाथिको गुणात्मक प्रतिफल पाउन नसकिएको बताए । उनले विद्युत् बिक्री गर्नेभन्दा पनि खपतमा जोड दिनुपर्नेमा… पुरा पढौ