समाचार

मानव अधिकार उल्लङ्घनका घटना नरोकिएकाप्रति उपराष्ट्रपतिको चिन्ता

काठमाण्डौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकार प्रवद्र्धन गर्ने सरकारको प्रयासका बाबजुद पनि मानव अधिकार उल्लङ्घनका घटना नरोकिएकाप्रति चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगसँगको सहकार्यमा आज यहाँ आयोजित ‘१४औँ मानव अधिकार राष्ट्रिय भेला–२०७९’ को उद्घाटन गर्दै उनले जनताले पूर्ण मानव अधिकार पाएको महसुस गर्न नसकिरहेको बताए । “मानव अधिकार सबैका लागि हो । वास्तविक अर्थमा मानव अधिकार आवाजविहीन, शोषित, उत्पीडित, सीमान्तकृत र राज्यले पछाडि पारेका जाति र वर्गका लागि हो”, उनले भने, “मानव अधिकारको कार्यान्वयन समाजको उन्नति… पुरा पढौ

छात्रा भलिबलको सेमिफाइनल तथा फाइनल खेल शुक्रबार हुने

पोखरा । निजि विद्यालयहरुको छाता संस्था एन प्याव्सन कास्की द्वारा आयोजित खेल महोत्सव अन्तर्गत छात्रा भलिबल तर्फ सेमीफाइनल र फाइनल खेल शुक्रबार हुने भएको छ । तिन दिन देखि पोखरा रंगशालामा जारी प्रतियोगितामा अन्तिम चार टिमको टुङ्गो लागे संगै सेमीफाइनल र फाइनल खेल शुक्रबार आयोजना गरी एन प्याब्सन कास्कीले जनाएको हो । १३ औ एन प्याब्सन स्पोर्टस मिट अन्तर्गत जारी खेल महोत्सवमा भएको छात्रा भलिबलतर्फ ज्ञान ज्योती, वड्स एकेडेमी, नेश्नल क्रियशन र कास्की मोर्डनाइज्ड एकेडेमी अन्तिम चारमा पुगेका छन् ।… पुरा पढौ

पन्तका ‘आस्थाका आवाज’ पुस्तक विमोचन

पोखरा । स्वतन्त्र स्तम्भकार एवं राजनीतिक विश्लेषक भूपनिधि पन्तका ‘आस्थाका आवाज’ पुस्तकको एक कार्यक्रमबीच पोखरामा विमोचन गरिएको छ। वरिष्ठ साहित्यकार सरुभक्त, पत्रकार कृष्णप्रसाद बास्तोला प्राडा विष्णुप्रसाद पौडेललगायतले आज (बिहीबार) पुस्तकको संयुक्त विमोचन गरेका हुन्। कार्यक्रममा बोल्दै सरुभक्तले लेखक पन्तलाई पत्रकार मात्र नभई सिर्जनशील लेखकको रुपमा चिनेको बताए। ३० को दशकमा पोखरा सांस्कृतिक युवा परिवारमा आवद्ध भएदेखि पन्तसँग आफू निकट रहेको उनको भनाई थियो। सरुभक्तले शुभकामना दिदैँ भने, ‘सांस्कृतिक युवा परिवारमा उहाँ सकृय हुनुहुन्थ्यो। र, साँस्कृतिक परिवारका लाग अभिभावक जस्तै हुनुहुन्थ्यो।… पुरा पढौ

एन प्याब्सन खेलकुद महोत्सव : बास्केटबलको उपाधि कास्की मोडर्नाइजलाई

पोखरा । कास्की मोडर्नाइज्ड एकेडेमीले १३ औं नेशनल प्याब्सन कास्की खेलकुद महोत्सव २०७९ अन्तर्गत बास्केटबलको उपाधि जितेको छ। खेलकुद महोत्सव अन्तर्गत आज (विहीबार) भएको फाइनल खेलमा न्यू ग्यालेक्सी बोर्डिङ स्कूललाई हराउँदै कास्की मोडर्नाइज्डले बास्केटबलको उपाधि जितेको हो। न्यूग्यालेक्सी उपविजेता बनेको छ। त्यस्तै, सेमिफाइनलिस्ट त्रिवेणी बोर्डिङ स्कूल र लिटिल फ्लावर बोर्डिङ स्कूल तेस्रो बनेका छन्। सेमीफाइनलमा कास्की मोडर्नाइज्डले त्रिवेणी बोर्डिङ र न्यूग्यालेक्सीले लिटिल फ्लावरलाई हराउँदै फाइनल खेलेका थिए। पुरा पढौ

नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत शुक्रबार विभिन्न खेलको फाइनल सहित समापन हुने

पोखरा । पोखरामा जारी नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत शुक्रबार विभिन्न खेलका फाइनल खेलहरु भएसंगै महोत्सव समापन हुने भएको छ । शुक्रबार विहानै देखि विभिन्न खेलहरुको फाइनल खेल सकिए लगत्तै दिउँसो करिब १ः०० बजे पछि औपचारिक रुपमा पोखरा रंगशालामा उक्त खेलकुद महोत्सव समापन हुने भएको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बताए । कास्की मोडनाइज एकेडेमी दोहोरो उपाधि नजिक पुगेको छ । कास्की मोडनाइज एकेडेमीको सिनियर छात्र तर्फको टीम फुटवलमा र जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगिताको फाइनलमा… पुरा पढौ

‘पाठ्यक्रममा लागु गरिएका प्रजनन स्वास्थ्यका विषयहरु प्रभावकारी रुपमा पठनपाठन हुनुपर्छ’: सांसद भट्टराई

पोखरा । नवनिर्वाचित नेकपा एमालेका प्रतिनिधि सभाका सदस्य विद्या भट्टराईले शैक्षिक पाठ्यक्रममा समावेश गरिएको महिला प्रजननका विषयहरु प्रभावकारी रुपमा पठनपाठन गरिनुपर्नेमा जोड दिएका छन् । सञ्चारिका समुह नेपाल गण्डकी प्रदेश तथा ग्लोबल एक्सन नेपालको संयुक्त आयोजना गरिएको लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत महिनावारी शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । महिलाको प्रजनन अंगसंग जोडिएर गरिएका बहसहरु अझैपनि अपहेलित भएका भन्दै उनले यसप्रति समाजलाई सचेत र सकरात्मक बनाउनको लागि विद्यालय स्तरबाटै जतिपनि पाठ्यक्रममा समावेश गरिएका महिला प्रजननका… पुरा पढौ

नेसनल प्याब्सन खेलकुद महोत्सव : टेबलटेनिसमा कास्की मोड्नाईज र यूनिभर्स विजयी

पोखरा । १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत टेबलटेनिस प्रतियोगितामा छात्र एकलतर्फ कास्की मोड्नाइज र छात्रातर्फ यूनिभर्स इङ्लिस बोर्डिङ स्कुल विजयी भएका छन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा सम्पन्न प्रतियोगितामा छात्रतर्फ कास्की मोड्नाईज एकेडेमीका मञ्जित थापा प्रथम, गोर्खा बोर्डिङ स्कुलका विजय विक द्वितिय, त्रिवेणी एकेडेमीका प्रवेश विक र पुष्प सदन एकेडेमीका अनमोल थापा तितृय भए । यस्तै छात्रा एकलतर्फ यूनिभर्स इङ्लिस बोर्डिङ स्कुलकी करुण शर्मा प्रथम, साइनिङ स्टारकी सजिना राई द्वितिय हुँदा… पुरा पढौ

नेसनल प्याब्सन खेलकुद महोत्सव : ब्याडमिन्टनमा कास्की मोड्नाईज विजयी

पोखरा । १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत ब्याडमिन्टन प्रतियोगितामा कास्की मोड्नाइज एकेडेमी विजयी भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीले आयोजना गरेको प्रतियोगितामा कास्की मोड्नाइज एकेडेमी छात्र तथा छात्रा एकल ब्याडमिन्टमा विजयी भएको हो । छात्रतर्फ कास्की मोड्नाईज एकेडेमीका दीप राना प्रथम, गोर्खा बोर्डिङ स्कुलका लेलिन नेपाली द्वितिय, यूनिभर्स बोर्डिङ स्कुलका सिरिष बास्तोला र बड्स एकेडेमीका आयूष पहारी तृतिय भए । यस्तै छात्रातर्फ कास्की मोड्नाइजकी सोनिका थापा प्रथम, अञ्जुली सेकेण्डरी बोर्डिङ स्कुलकी… पुरा पढौ

एन–प्याब्सन खेलकुद महोत्सव अन्तरगत बिहीबार एथ्लेटिक्सका ८ खेल सम्पन्न

पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) कास्कीको आयोजनामा भइरहेको १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अत्तरगत एथ्लेटिक्सका ८ खेलहरु बिहीबार सम्पन्न भएको छ । बिहीबार भएको हाइ जम्प महिला सिनियरतर्फको फाइनल खेलमा हेम्जा बोर्डीङकी जेशा भण्डारीले प्रथम स्थान ल्याउन सफल भइन् भने कास्की मोडनाइजकी सलिना आयरले दोश्रो र साइनिङ स्टारकी याङजी लामाले तेश्रो स्थान ल्याउन सफल भइन् । त्यस्तै हाइ जम्पकै पुरुष सिनियर तर्फको फाइनल खेलमा कास्की मोडनाइजका कुशल गिरी प्रथम, न्यू लेखनाथ पब्लिकका बबिन बिक… पुरा पढौ

रेवान पोखराको सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म हुने

पोखरा, मंसिर २२ पोखरामा यस वर्षपनि सडक महोत्सव हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अंग्रेजी नया वर्षको अवसरमा आयोजना गर्दै आएको सडक महोत्सवले यस वर्षपनि निरन्तरता पाउने भएको हो । २४ औं श्रृंखलाका रुपमा हुने यो महोत्सव पुस १३ गतेदेखि १७ गतेसम्म हुने विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आन्तरिक तथा बाह्य पर्यटकलाई ‘अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थल’ को रूपमा विकास गर्ने उद्देश्य राखेर महोत्सव आयोजना गरिएको रेवान पोखराले जनाएको छ । “सडकमै नाचौं,… पुरा पढौ