आज मंसीर शुक्ल पूर्णिमा अर्थात आजको एकै दिन प्रमुख पर्वहरु उधौली पर्व, धान्य पूर्णिमा, योमरी पुन्ही (ज्यापु दिवस) एकै दिन परेको छ। हरेक वर्षको मंसीर पूर्णिमाका दिन विभिन्न जाति समुदायमा धान्य पूर्णिमा, उधौली पर्व, य:मरी पुन्ही, ज्यापु दिवस मनाइन्छ। नयाँ धान भित्राइएको खुसियालीमा ‘धान्य पूर्णिमा’ मनाउने परम्परा छ। यो पर्वमा धानलाई विशेष महत्व दिइन्छ। धानलाई लक्ष्मीका रूपमा पूजा गर्ने परम्परा छ। भकारीमा भरेको धान कम नहोस् र धनधान्यले भरिभराउ होस् भन्ने उद्देश्यले मनाइने भएकाले यो पूर्णिमालाई ‘धान्य पूर्णिमा’ भन्ने प्रचलन…
पुरा पढौ