समाचार

कास्की–२, प्रदेशसभा (१) मा एमालेका भीम कार्की विजयी

कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ (१) मा एमाले उम्मेदवार भीमबहादुर कार्की विजयी बनेका छन्। उनले १० हजार ५३१ मत ल्याउँदै विजयी बने। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा उम्मेदवार विजयबहादुर भण्डारीले ५ हजार ८९३ र ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का विश्वप्रकाश लामिछानेले ५ हजार ५४० मत ल्याए। पुरा पढौ

कास्की–३ मा एमालेका दामोदर बैरागीलाई १२ सय बढीको अग्रता

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका दामोदर पौडेल बैरागीले अग्रता कायमै राखेका छन् । बैरागीले राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलाई १ हजार २६९ मतले लिड गरेका हुन् । हालसम्म २० हजार ८ सय ७० मत गणना सम्पन्न हुँदा बैरागीले ६ हजार ८ सय ३९ मत प्राप्त गरेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेलले ५ हजार ५ सय ७० मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै, गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजीप्रसाद बराल ‘जीवन’… पुरा पढौ

बागलुङ– २ प्रदेशसभा २ मा कांग्रेसका कुँवर विजयी

बाग्लुङ । बागलुङ निर्वाचन क्षेत्र नं २ प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुँवर विजयी भएका छन् । कुँवरले नेकपा (एमाले)का लक्ष्मण पुनलाई तीन हजार तीन सय ३७ मतान्तरले पराजित गरे । कुँवरले १२ हजार चार सय आठ मत ल्याउँदा पुनले आठ हजार छ हजार ७१ मत प्राप्त गरे । नेपाल दलित पार्टीका टेकप्रसाद कामीले दुई सय ६४, मङ्गोल नेशनल अर्गनाइजेशनका ताराबहादुर घर्तीमगरले दुई सय ३१, जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्तीले ३६, स्वतन्त्र उम्मेदवार नरबहादुर गुरुङले तीन सय ३६ र… पुरा पढौ

स्याङ्जासहित नौ निर्वाचन क्षेत्रको मतगणना शुरू हुन बाँकी

काठमाण्डौं । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अब आठ जिल्लाका नौ निर्वाचन क्षेत्रका मतगणना सुरू हुन बाँकी रहेको छ । ती क्षेत्रमध्ये अधिकांशमा मतपेटिका सङ्कलन भइसकेको र मतगणना सुरू हुने क्रममा रहेको तथा केही क्षेत्रमा राजनीतिक सहमतिपछि मतगणना प्रारम्भ हुने निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए । आयोगका अनुसार मतगणना हुन बाँकी रहेकामा बागमती प्रदेशको दोलखा क्षेत्र नं. १, गण्डकी प्रदेशको स्याङ्जा क्षेत्र नं २, लुम्बिनी प्रदेशको गुल्मी क्षेत्र नं १ रहेका छन् ।… पुरा पढौ

पोखरा विमानस्थलको भूमिस्थ सेवा प्रदान गर्न प्राधिकरणलाई वायुसेवा निगमको अनुरोध

काठमाण्डौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ निगमलाई प्रदान गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरेको छ । निगमले ग्राउण्ड ह्याण्डलिङमा लामो अनुभव रहेको र सोहीअनुसारको दक्ष जनशक्ति तथा आवश्यक प्राविधिक स्रोत साधनको उपलब्धता रहेकाले निगमलाई प्रदान गर्न अनुरोध गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । सोमबारदेखि यान्त्रिक परीक्षण उडान भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा प्राधिकरण आफैँले गर्ने जनाएको थियो । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको… पुरा पढौ

एक सय ४७ स्थानमा मतगणना जारी : कांग्रेस ४७, एमाले ३५ र माओवादी १७ स्थानमा अगाडि

काठमाण्डौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार हालसम्म तीन निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आयोगका अनुसार हालसम्म काठमाडौँ क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ क्षेत्र नं १ मा योगेश गौचन थकाली निर्वाचित भइसकेका छन् । जारी मतगणनामा कांग्रेसका उम्मेदवार ४७ स्थानमा अगाडि छन् । नेकपा (एमाले)… पुरा पढौ

अर्जेन्टिनामाथि साउदी अरेयिबा ऐतिहासिक जित, अर्जेन्टिना २–१ अन्तरले पराजित

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्तगत समूह ’सि’मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ । कतारको लुसाइल स्टेडियममा आज भएको खेलमा साउदी अरेबियाले उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा पहिलो आग्रता भने अर्जेन्टिनाले लियो । कप्तान लियोनल मेस्सीले खेलको १०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई १–० को आग्रता दिलाए । साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए । तर अर्जेन्टिनाको… पुरा पढौ

होस्टेल बस्ने २ बच्चा चार दिनदेखि बेपत्ता

पोखरा । पोखराको एक विद्यालयको होस्टेलमा बस्दै आएका २ जना बालक ४ दिनदेखि बेपत्ता छन् । पृथ्वीचोकस्थित होली एन्जल स्कुलको रातोपैह्रास्थित शान्ति बाल होस्टेलमा बस्ने कक्षा ८ का सज्जन बिक र कक्षा ९ का गणेश क्षेत्री गएको शुक्रबारदेखि बेपत्ता भएका हुन् । उनको खोजीमा विद्यालय, बच्चाहरुको परिवार, आफन्त र प्रहरी लागिपरे पनि फेला पार्न सकिएको छैन । पर्वतको भुकताङ्ले घर भइ हाल घारीपाटन निवासी सज्जन १६ वर्षका हुन् भने पोखराको बेगनासका गणेश १८ वर्षका भए । विद्यालयका प्रधानाध्यापक विनोकुमार नेपालीले… पुरा पढौ

पर्वतमा कांग्रेसका जोशीको अग्रता कायमै

पर्वत । पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । पर्वतमा कूल खसेको ६६ हजार दुई सय ७३ मत मध्ये अपराह्न ४ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्पm झण्डै १७ हजार मत गणना भएको छ । पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले नेकपा एमालेका उम्मेदवार पदम गिरीलाई छ सय ९८ मतान्तरले पछि पारेका छन् । जोशीले आठ हजार ४२ मत प्राप्त गरेका छन् भने गिरीले सात हजार तीन सय ४४ मत प्राप्त गरेका छन् । प्रदेशसभा सदस्य क्षेत्र… पुरा पढौ

बझाङमा मतगणना सुरु

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मङ्गलबार अपराह्नदेखि सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठ ठाउँमा मतगणना सुरु भएको छ । बझाङबाट प्रतिनिधिसभा सदस्य पदका लागि सात जनाको उम्मेदवारी रहेको छ । नेकपा (एमाले)बाट ऐनबहादुर महर र लोकतान्त्रिक–वाम गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी प्रतिस्पर्धामा छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विश्वप्रकाश जेठारा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेमराज जोशी, जनता समाजवादी पार्टी (जसपा) नेपालका रामबहादुर… पुरा पढौ