समाचार

लमजुङ प्रदेशसभा (१) मा डा टकराजकै अग्रता

लमजुङ जिल्लाबाट गण्डकी प्रदेशसभा (१) का लागि नेपाली काँग्रेसका डा टकराज गुरुङले अग्रता कायम राखेका छन्। निर्वाचन आयोग लमजुङ कार्यालयकाअनुसार ५ दलीय साझा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका डा गुरुङले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जमिन्द्रमान घलेलाई १ हजार ७५० मतले पछि पार्दै आफ्नो अग्रतालाई कायमै राखेका छन्। निर्वाचन आयोग लमजुङ कार्यालयको पछिल्लो अपडेटअनुसार डा टकराजले ६ हजार ११४ मत ल्याउँदा जमिन्द्रमानले ४ हजार ३६४ मत ल्याएका छन्। मंगोल नेश्नल अर्गानाइजेसनका बृखबहादुर तामाङ २११ मतसहित तेस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीका अप्सरा शाह… पुरा पढौ

लमजुङको प्रतिनिधिसभातर्फ एमालेका पृथ्वीसुब्बा नै अगाडि

लमजुङ जिल्लाबाट प्रतिनिधिसभातर्फ एमालेका पृथ्वीसुब्बा गुरुङले आफ्नो अग्रतालाई कायमै राखेका छन्। निर्वाचन आयोग लमजुङ कार्यालयकाअनुसार नेकपा एमालेका उपमहासचिवसमेत रहेका गुरुङले ५ दलीय साझा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का महाममन्त्री देवप्रसाद गुरुङलाई ८११ पछि पारेका छन्। यसअघि, गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पृथ्वीसुब्बाले १७ हजार ५६२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी देव गुरुङले १७ हजार ७५१ मत ल्याएका छन्। त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी ३ हजार २२४ मतसहित तेस्रो स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठ ५३४ मतसहित चौथो स्थानमा… पुरा पढौ

तनहुँ–१, (२) को प्रदेशसभातर्फ चुमानको अग्रता कायमै

तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (२) मा नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानले अग्रतालाई कायमै राखेका छन्। निर्वाचन आयोग तनहुँ कार्यालयकाअनुसार ५ दलीय साझा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका चुमानले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्णबहादुर गुरुङलाई १ हजार ९९३ मतले पछि पारेका छन्। चुमानले ७ हजार ५०६ मत ल्याउँदा गुरुङले ५ हजार ५१३ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गोतामेले २ हजार २६० मत ल्याउँदै तेस्रो र राष्टिय जनमुक्ति पार्टीका खेमबहादुर गुरुङ ४०७ सहित चौथो र नेकपा… पुरा पढौ

तनहुँ–१, (१) को प्रदेशसभातर्फ काँग्रेसका श्रेष्ठको अग्रता कायमै

तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) मा नेपाली काँग्रेसका अशोककुमार श्रेष्ठले आफ्नो अग्रतालाई कायमै राखेका छन्। निर्वाचन आयोग तनहुँ कार्यालयकाअनुसार ५ दलीय साझा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका श्रेष्ठले ५ हजार ८४ मतसहित अगाडि छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर गुरुङले ३ हजार ७१८ मतसहित श्रेष्ठलाई पछ्याइरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका विवेक न्यौपाने १ हजार ३४२ मतसहित तेस्रो र नेकपा एकीकृत समाजवादी) विद्यानाथ ढकाल ८३५ मतसहित चौथो स्थानमा छन्। पुरा पढौ

तनहुँ–१, प्रतिनिधिसभातर्फ काँग्रेसका वरिष्ठ नेता पौडेलको अग्रता

तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो अग्रतालाई कायमै राखेका छन्। निर्वाचन आयोग तनहुँ कार्यालयकाअनुसार ५ दलीय साझा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पौडेलले ८ हजार ६७५ मतसहित अग्रता लिएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार एकबहादुर रानाले ७ हजार २३ मतले पौडेललाई पछ्याइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देल २ हजार ३९९ मतसहित तेस्रो स्थानमा छन् भने स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी १ हजार ७२९ मतसहित चौथो स्थानमा छन्। पुरा पढौ

कास्की–१, प्रदेशसभा (२) मा वेदबहादुर ‘श्याम’ को अग्रता कायमै

कास्कीको निर्वाचन क्षेत्र नं १, प्रदेशसभा (२) मा एमाले उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ ले अग्रतालाई कायम राखेका छन्। निर्वाचन आयोग कास्की कार्यालयकाअनुसार ‘श्याम’ले ८ हजार ७०३ मत ल्याउँदै अग्रतालाई कायम राखेका हुन्। निकटतम प्रतिद्वन्द्वी ५ दलीय साझा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका दीपक गुरुङ ‘माइला’ ले ७ हजार ५७७ मतसहित ‘श्याम’ लाई पछ्याउँदै छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका महेन्द्रबहादुर कार्की १ हजार ७१७ मत सहित तेस्रो स्थानमा छन्। पुरा पढौ

कास्की–३ प्रतिनिधिसभातर्फ एमालेका दामोदर अगाडि

कास्की जिल्ला निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का उम्मेदवार दामोदर पौडेल बैरागीले आफ्नो अग्रतालाई कायमै राखेका छन्। निर्वाचन आयोग कास्की कार्यालयकाअनुसार दामोदरले ९ हजार ६०१ मत ल्याउँदै अन्य उम्मेदवारलाई पछि पारेका छन्। निकटतम प्रतिद्वन्द्वी ५ दलीय साझा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) रामजीप्रसाद बराल ‘जीवन’ ले ६ हजार ८९८ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ६ हजार ३५९ मत प्राप्त गरेका छन्। पुरा पढौ

कास्की–२ प्रतिनिधिसभातर्फ एमालेकी विद्या भट्टराईको अग्रता

कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ नेकपा (एमाले) की उम्मेदवार विद्या भट्टराईको अग्रता लिएकी छिन्। निर्वाचन आयोग कास्की कार्यालयकाअनुसार भट्टराईले ९ हजार ६७४ मत ल्याउँदै अग्रता लिएकी हुन्। निकटतम प्रतिद्वन्द्वी राप्रपाका विजयबहादुर भण्डारीले ६ हजार ६२६ मत ल्याएका छन्। ५ दलीय साझा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालले ५ हजार ६ मत ल्याएका छन्। पुरा पढौ

कास्की–१ प्रतिनिधिसभातर्फ मनबहादुरको अग्रता कायमै

कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का उम्मेदवार मनबहादुर गुरुङले अग्रता कायम राखेका छन्। निर्वाचन आयोग कास्की कार्यालयकाअनुसार गुरुङले ८ हजार २६५ मत ल्याउँदै अग्रतालाई कायमै राखेका छन्। निकटतम प्रतिद्वन्द्वी ५ दलीय साझा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार किशोरदत्त बरालले ७ हजार ११६ मत ल्याएका छन्। गुरुङ कास्की नेकपा एमाले कास्कीका जिल्ला अध्यक्ष र बराल नेपाली काँग्रेसका जिल्ला सभापति हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले २ हजार २११ मत ल्याएका छन्। पुरा पढौ

कास्की–३, प्रदेशसभा (१) मा एमालेका गणेशमानको अग्रता कायमै

कास्कीको निर्वाचन क्षेत्र नं ३, प्रदेशसभा (१) मा एमाले उम्मेदवार गणेशमान गुरुङले अग्रता कायम राखेका छन्। निर्वाचन आयोग कास्की कार्यालयकाअनुसार गुरुङले ११ हजार ७८९ मत ल्याउँदै अन्य उम्मेदवाहरुलाई पछि पारेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी ५ दलीय साझा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दुर्गादत्त भण्डारीले ७ हजार ६१२ मतले गुरुङलाई पछ्याउँदैछन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार केदारनाथ पौडेलको मत ३ हजार ५१२ छ। पुरा पढौ