समाचार

कास्की–३ प्रदेशसभा १ मा एमालेका गुरुङ विजयी

कास्की । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा १ मा नेकपा ९एमाले०का उम्मेदवार गणेशमान गुरुङ विजयी भएका छन् । पोखरा ७ स्थित उपत्यका नगरविकास समितिको हलमा आज सम्पन्न मतगणनामा गुरुङले १४ हजार चार सय ७३ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का दुर्गादत्त भण्डारीले नौ हजार छ सय ६२ मत पाएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले तीन हजार छ सय ९७ र हाम्रो नेपाली पार्टीका… पुरा पढौ

गोरखा क्षेत्र नं १ (१) मा माओवादीका धिताल विजयी

गोरखा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ को सदस्यमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल विजयी भएका छन । आज दिउँसो सम्पन्न मतगणनामा धितालले १५ हजार चार सय ५६ मत प्राप्त गरी विजयी भएका सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए । धिताल उनी वामलोकतान्त्रिक गठबन्धनतर्फबाट उम्मेदवार बनेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सुरेन्द्र थापाले नौ हजार आठ सय २२ मत प्राप्त गरेका छन ।रासस पुरा पढौ

पवित्र पञ्चासे क्षेत्रको विकासका लागि प्रतिबद्ध छौँ : मेयर आचार्य

पोखरा । पवित्र पञ्चासे क्षेत्रको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन । बालाचर्तुदसीको अवसरमा कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासेमा आयोजित मेलाको अवलोकन गर्दै उनले यस्तो बताएका हुन । सो अवसरमा प्रमुख आचार्यले पञ्चासे क्षेत्र विकास समितिलाई माछापुच्छ्रे विकास संघले प्रदान गरेको नगद रु।२५ हजार राशिको संरक्षण पुरस्कार समेत हस्तान्तरण गरे । पञ्चासे क्षेत्र धार्मिक पर्यटन र जैविक विविधताको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताउँदै प्रमुख आचार्यले यसको संरक्षण, विकास र प्रवद्र्धनमा पोखरा महानगरपालिका… पुरा पढौ

कास्की २ (१) बाट प्रदेश सदस्यमा एमालेका कार्की विजयी

पोखरा । कास्कीबाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका भीम कार्की निर्वाचित भएका छन् । कास्की २ (१) मा कार्की १० हजार ५३१ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी राप्रपाका विजय भण्डारीले ५ हजार ८९३ मत प्राप्त गरेका छन् । कास्की क्षेत्र नम्बर २ ९१० अन्तर्गत पोखरा महानगरको वडा नम्बर ७, १५, १७, २१ र ३३ पर्छन् । सबै वडा एमालेको प्रभाव क्षेत्र मानिन्छ । विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका कार्की अनेरास्ववियुको केन्द्रीय सदस्यसम्म भएका थिए । कार्कीले स्याङ्जा, गोरखा र मनाङसम्म पुगेर… पुरा पढौ

हेलिकप्टरबाट मतपेटिका लिएपछि दिउँसो २ बजेबाट गणनाको तयारी

डोल्पा । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मतगणनाको तयारी भएको छ । यसका लागि जिल्लामा सर्वदलीय बैठक बसेर मतगणनाको तयारी थालिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । हेलिकप्टरबाट आज बिहानसम्म माथिल्लो डोल्पा क्षेत्रका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम आइपुगेपछि सर्वदलीय बैठक बस्न थालेको डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले अत्यन्तै जाडो मौसम र भौगोलिकताका कारण मतपेटिका सङ्कलनमा तीन दिनको समय लागेकोले मतगणनाकार्य ढिला हुनगएको… पुरा पढौ

बैतडीमा मङ्गलबारदेखि विद्युत् सेवा अवरुद्ध

बैतडी । बैतडीको दोगडाकेदारमा मङ्गलबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । मङ्गलबार दिउँसो ३ बजे दोगडाकेदार गाउँपालिका–३ खिरेगाउँमा तार चुँडिदा विद्युत् सेवा अवरुद्ध त्यहाँको अधिकांश क्षेत्र अन्धकारमय बनेको हो । विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको श्रीकोटका गणेशसिंह विष्टले बताए । विद्युतका कारण सञ्चारका उपकरण नचल्दा निर्वाचनको मतपरिणाम सुन्न उत्सुक व्यक्ति पनि विञ्चित भएका छन् । यता नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले भने विद्युत्को लाइन मर्मतका लागि प्राविधिक कर्मचारी खटाइएको बताए । एक स्थानीय बासिन्दाले रूख… पुरा पढौ

गोरखा–१, प्रदेशसभा (२) मा काँग्रेसका न्यौपाने भारी मतान्तरले अगाडि

गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रदेशसभा (२) का लागि नेपाली काँग्रेसका उम्मेदवार नन्दप्रसाद न्यौपानेले भारी मतान्तरसहित अग्रता कायम राखेका छन्। निर्वाचन आयोग गोरखा कार्यालयकाअनुसार ५ दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका न्यौपानेले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहनप्रसाद भट्टराईभन्दा ८ हजार ७३२ मतले अग्रता कायम राखेका छन्। निर्वाचन आयोग गोरखा कार्यालयको पछिल्लो अपडेटअनुसार न्यौपानेले १६ हजार २६५ मत ल्याएका छन्। न्यौपाने, नेपाली काँग्रेस गोरखाका सभापति समेत हुन्। उनका निकटतम प्रतिद्वन्द्वी भट्टराईले ७ हजार ५३३ मत ल्याएका छन्। त्यसैगरी, स्वतन्त्र… पुरा पढौ

गोरखा–१, प्रदेशसभा (१) मा माओवादीका कृष्ण धिताल अगाडि

गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रदेशसभा (१) का लागि नेकपा (माओवादी केन्द्र) का उम्मेदवार कृष्ण धितालले अग्रता कायम राखेका छन्। निर्वाचन आयोग गोरखा कार्यालयकाअनुसार ५ दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका धितालले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेन्द्रबहादुर थापालाई ८६० मतले अग्रता लिएका छन्। निर्वाचन आयोग गोरखा कार्यालयको पछिल्लो अपडेटअनुसार धितालले २ हजार ९०४ मत ल्याउँदा थापाले २ हजार ४४ मत ल्याएका छन्। त्यसैगरी, मंगोल नेशनल अर्गानाइजेसनका गंगाबहादुर राना २८४ मतसहित तेस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदिप ढकाल १९८… पुरा पढौ

गोरखा–१, प्रतिनिधिसभातर्फ काँग्रेसका बजगाई भारी मतान्तरले अगाडि

तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ काँग्रेसका राजेन्द्र बजगाई भारी मतान्तरले अगाडि छन्। निर्वाचन आयोग गोरखा कार्यालयकाअनुसार बजगाई निकटतम् प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतभन्दा ८ हजार ९६३ मतले अगाडि छन्। निर्वाचन आयोग गोरखा कार्यालयको पछिल्लो अपडेटअनुसार ५ दलीय साझा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका बजगाईले १६ हजार ७०७ मत ल्याएका छन्। प्रतिद्वन्द्वी बस्नेतले ७ हजार ७४४ मत प्राप्त गरेका छन्। त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहा १ हजार ९११ मतसहित तेस्रो र मंगोल नेशनल अर्गानाइजेसनका देवबहादुर थापा ३३९ मतसहित चौथो… पुरा पढौ

लमजुङ प्रदेशसभा (२) मा एमालेका अधिकारीको अग्रता

लमजुङ जिल्लाबाट गण्डकी प्रदेशसभा (२) का लागि नेकपा एमालेका कृष्णराज अधिकारीले अग्रता कायम राखेका छन्। निर्वाचन आयोग लमजुङ कार्यालयकाअनुसार अधिकारीले निकटतम प्रतिद्वन्द्वी ५ दलीय साझा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेस उम्मेदवार भेषबहादुर पौडेललाई १ हजार ३४३ मतले पछि पार्दै अग्रता लिएका छन्। निर्वाचन आयोग लमजुङ कार्यालयको पछिल्लो अपडेटअनुसार अधिकारीले १० हजार ५१३ मत ल्याउँदा पौडेलले ९ हजार १७० मत ल्याएका छन्। अधिकारी, नेकपा एमाले लमजुङको अध्यक्ष समेत हुन्। त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ततबहादुर गुरुङ ९०४ सहित तेस्रो र मंगोल… पुरा पढौ