समाचार

अध्यक्ष दाहालले गरे मतदान,निर्वाचनपछि गठबन्धन सरकार बन्ने ठोकुवा

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने दबी गरेका छन्। भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधान, सुशासन र समृद्धिमाथि खतरा रहेसम्म गठबन्धन कायमै रहने जानकारी दिए। “देशव्यापी रुपमा गठबन्धनको पक्षमा माहोल बनेको छ । मलाई विश्वास छ, गठबन्धनले सजिलै बहुमत ल्याउँछ । गठबन्धनकै सरकार बन्छ”, उनले भने । निर्वाचनपछि बन्ने सरकारको नेतृत्वको विषयलाई वर्तमान गठबन्धन नटुट्ने उनले विश्वास दिए । “गठबन्धनभित्र… पुरा पढौ

उम्मेदवार विद्या भट्टराईद्धारा मतदान

कास्की । कास्की क्षेत्र नं. २ नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छिन् । उनले पोखरा–३३ भरतपोखरीको शान्ति उदय मावि मतदान केन्द्रमा मतदान गरेकी हुन् । उनी प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेद्धार हुन् । पुरा पढौ

देशभर मतदान शुरु, मतदान गर्न परिचय पत्र अनिवार्य

पोखरा, मंसिर ४ प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मतदान शुरु भएको छ । निर्वाचन आयोगले तय गरेको निर्वाचनको मिति आज मंसिर ४ गते देशभर एकैसाथ मतदान शुरु भएको हो । मतदान विहान ७ बजेदेखि शुरु भएको छ भने अपराह्न ५ बजेसम्म मतदान गर्न सकिनेछ । मतदानको समय ५ बजेसम्म मात्र तोकिएपनि सो समयसम्म लाईनमा बसेकाहरुले जतिसुकै समय लागेपनि मतदान गर्न पाउनेछन् । मतदानका लागि मतदाताहरु विहानैदेखि लाईनमा बसेका छन् । मतदान गर्न परिचय पत्र अनिवार्य गरिएको छ ।… पुरा पढौ

गठबन्धनका साझा उम्मेदवार रामजी बरालले गरे मतदान

पोखरा ४, मंसिर पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र नं.–३ प्रतिनिधि सभाका उम्मेदवार रामजीप्रसाद बराल जीवनले पोखरा–२२ को महेश्वरी मा.वि. केन्द्रबाट मतदान गरेका छन्। गण्डकी प्रदेश सरकारका अर्थ मन्त्रीसमेत रहेका उम्मेदवार बरालले आइतबार विहान ७ः०० बजे नै महेश्वरी मा.वि.को (ख) मतदान केन्द्रबाट मतदान गरेका हुन्। पोखरा–२२ मा ३ मतदान स्थलमा ७ मतदान केन्द्र रहेका छन् भने जसमा ६ हजार ८ सय ४ जना मतदाता रहेका छन्। बरालले आफैलाई मतदान गर्ने अवसर प्राप्त गरेका हुन् । यसअघि २०७४ सालको… पुरा पढौ

भ्रामक समाचारप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाण्डौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालबाट अफवाहपूर्ण सूचना सम्प्रेसित भएकोप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट प्रेसित सूचना भ्रामक रहेकाले सजग रहनसमेत अपिल गरेको छ । “स्थिर अवधिमा केही सञ्चारमाध्यमको ‘मास्टहेड’ प्रयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा अफवाहपूर्ण, दुष्प्रचारयुक्त, गलत एवं भ्रामक समाचार बनाई सामाजिक सञ्जालबाट सम्प्रेषण भएकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ । त्यस्ता समाचार सामग्रीका सम्बन्धमा सम्बन्धित… पुरा पढौ

मतदान गर्न ५ मध्य कुनै एक परिचय–पत्र भए हुने

काठमाण्डौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपुर्जा, राहदानी र सवारी चालक अनुमतिपत्रको सक्कलप्रति आवश्यक पर्ने आयोगले जनाएको छ । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदानका दिन मतदान केन्द्रमा जाँदा ती परिचयपत्रको सक्कलप्रति लिएर मतदान गर्न सक्नेछन् । आइतबार देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य… पुरा पढौ

भोलि हुने आमनिर्वाचनको सम्पूर्ण तयारी पूरा

कठमाण्डौं । नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आइतबार मङ्सिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकता अनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् भने मतदानस्थल र मतदान केन्द्र निर्माण सकिएको छ । संविधान बमोजिम जनतामा निहीत सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ,… पुरा पढौ

जन्मदिनमा पोखरा वृद्धाश्रम लाई खाद्यान्न वितरण

पोखरा । जन्मदिन होटल तथा घरमै भोजभतेर जस्ता फजुल खर्च गरेर होईन असहाय, विपन्न आश्रित आश्रमलाई सहयोग गरेर मनाउन सकिन्छ भन्ने एक परिवारले उदाहरण दिएको छ । रोजगारीको सिलसिलामा हङकङमा रहेका देवचन्द्र गुरुङ र सावित्री गुरुङले आप्mनो छोरा सम्राट गुरुङको १० औं जन्मदिनका अवसरमा पोखरा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेर सवैका लागि अनुकरणीय बनेका हुन् । सो अवसरमा चालम, दाल, नून, तेल, सावुन लगायतका विभिन्न सामाग्री सहित आश्रममा आश्रित जेष्ठनागरिक र सेवक सेविकालाई हातहातमा विष्कुट, फलफुल र चाउचाउ गरि कूल ३५… पुरा पढौ

कास्कीका एक तिहाई मतदान स्थल अति संवेदनशील

पोखरा, मंसिर ३ कास्कीका एक तिहाई मतदान स्थल अति संवेदनशील रहेका छन् । कास्कीमा रहेका कुल मतदान स्थल मध्ये एक तिहाई मतदान स्थल अति संवेदनशील रहेको सुरक्षा श्रोतले जनाएको छ । कास्कीमा बाँकी मतदान स्थलमध्ये एक तिहाई संवेदनशील र अर्को एक तिहाई सामान्य रहेको सुरक्षा श्रोतको भनाई छ । भोलि आईतबार हुने निर्वाचनका लागि कास्कीमा १५० मतदान स्थल रहेका छन् । जसमध्ये ५० वटा मतदान स्थल सामान्य, ५० वटा मतदान स्थल संवेदनशील र अन्य ५० वटा मतदान स्थल अति संवेदनशील… पुरा पढौ

युएइविरुद्धको एकदिवसीय सिरिजको उपाधि नेपाललाई

काठमाण्डौं । नेपालले युएईलाई पराजित गर्दै युएइविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । तीन खेलको सिरिजमा नेपालले २–१ ले आफ्नो पक्षमा बनायो । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको थियो । खेलमा युएईले दिएको एक सय ७७ रनको लक्ष्य नेपालले ४० दशमलव… पुरा पढौ