समाचार

मुस्ताङमा कांग्रेसका योगेश विजयी

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् । निवर्तमान सांसद नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले गौचनले तीन हजार नौ सय ९२ र एमालेका तुलाचनले तीन हजार ७८ मत प्राप्त गरेका जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवीणकुमार शेरचनले १३ मत प्राप्त गरे । आइतबार भएको… पुरा पढौ

कास्की २ (१) मा राप्रपाका भण्डारीको अग्रता कायमै

कास्की निर्वाचन क्षेत्र नम्बर २ (१) मा राप्रपाका उम्मेदवार बिजयबहादुर भण्डारीले अग्रता कायम राखेका छन् । हालसम्म १ हजार ७ सय २ मत गणना हुँदा हलो चुनाव चिह्नका भण्डारीले ६ सय ८८ मत ल्याएर अग्रता कायम राखेका हुन् । उनलाई एमालेका भीमबहादुर कार्कीले ४ सय ३९ र गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले ३ सय ६३ मत ल्याएर पछ्याईरहेका छन् । लौरो चुनाव चिह्नका उम्मेदवारले १ सय ६० मत प्राप्त गरेका छन्। पुरा पढौ

कास्की २ मा घण्टीको अग्रता कायमै

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा घण्टी चुनाव चिह्नका माधवप्रसाद कँडेलले अग्रता कायमै राखेका छन् । हालसम्म १६ सय मत गणना गर्दा कँडेलले ५ सय ३८ मत ल्याएर अग्रता कायमै राखेका हुन् । उनलाई एमालेकी विद्या भट्टराई अधिकारीले ३ सय ९७ मत र गठबन्धनका तर्फबाट नेकपा समाजवादीका उम्मेदवार श्रीनाथ बरालले २ सय ९६ ल्याएर पछ्याईरहेका छन् । त्यस्तै, राप्रपाका सुवर्णराज पन्तले २४९ मत ल्याएका छन् । पुरा पढौ

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा देशभर करिव ६१ प्रतिशत मतदान

काठमाण्डौं । आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको प्रारम्भिक विवरणअनुसार पूर्वानुमानभन्दा कम करिब ६१ प्रतिशत मतदान भएको छ । मतदानबारे निर्वाचन आयोगको सूचना प्रणालीमा विवरण प्रविष्ट हुने क्रम जारी छ । मतदानलाई सहज र शान्तिपूर्णरूपमा सञ्चालन गराउने प्रयासका बाबजुद सुर्खेत, नवलपरासीपूर्व, गुल्मी र बाजुरा जिल्लाका गरी १५ मतदानस्थलमा मतदान स्थगन भएको निर्वाचन आयोगले जनाएको छ । मतदानका क्रममा बाजुरा जिल्लामा दोहोरो झडप हुँदा एकजना सर्वसाधारण नागरिकको मृत्यु तथा अन्य केही स्थानमा केही नागरिक घाइते भएका छन् ।… पुरा पढौ

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद : प्रम देउवा

काठमाण्डौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् । सभापति देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज सम्पन्न मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रूपमा मतदान भएको उल्लेख गरेका छन् । संविधानसभाबाट संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्दै आएका छन् । यो आम निर्वाचनमा नेपाली जनताले आफ्नो… पुरा पढौ

निर्वाचन आमरूपमा शान्तिपूर्ण र व्यवस्थित रह्यो : पर्यवेक्षण संस्था

काठमाण्डौं । निर्वाचन पर्यवेक्षण संस्थाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आज भएको निर्वाचन छिटपुट घटनाबाहेक आमरूपमा शान्तिपूर्ण र व्यवस्थितरूपमा सम्पन्न भएको जनाएको छ । मतदानमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सबै वर्ग, समुदाय, लिङ्ग र अवस्थाका मतदाताको उत्साहवद्र्धक सहभागिता भएको आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले जानकारी दिएको छ । निर्वाचन शान्तिपूर्ण हुनुमा दल, उम्मेदवार र मतदाताको व्यवहार संयमित, सहयोगात्मक र शान्त भएको पाइएको संस्थाका महासचिव कृष्णमान प्रधानले बताए । बिहान प्रारम्भिक चरणमा मतदाताको पातलो उपस्थिति देखिए पनि दिउँसो मतदाताको… पुरा पढौ

कास्कीमा ६० प्रतिशत मत खसेको अनुमान

पोखरा, मंसिर ४ कास्कीमा करीब ६० प्रतिशत मत खसेको पूर्वानुमान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीले कास्कीमा करीब ६० प्रतिशत मत खसेको पूर्वानुमान गरेको हो । जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रवक्ता रुद्र न्यौपानेले भने,‘यो हाम्रो पूर्वानुमान मात्र हो, यसमा केहि प्रतिशत तलमाथि हुनसक्छ ।’ यसअघि स्थानिय तहको निर्वाचनमा कास्कीमा ६९ प्रतिशत मत खसेको थियो । मतदान सकिएलगत्तै मटपेटिका संकलन कार्य शुरु भएको छ । मतदान सकिएका मतदान स्थलहरुबाट मतपेटिका संकलन कार्य शुरु भएको प्रवक्ता न्यौपानेले जानकारी दिए । उनका… पुरा पढौ

निर्वाचनको सुरक्षामा खटिएको सेनाको सवारीसंग ठोक्किदा एकको मृत्यु

झापा । निर्वाचनको सुरक्षामा खटिएको नेपाली सेनाको सवारी र मोटरसाइकल एक आपसमा ठोक्किँदा झापामा आज एक जना व्यक्तिको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अशोक जवेगूका अनुसार आज बिहान शिवसताक्षी नगरपालिका-११ स्थित सतासी खोलाको पुलमा नेपाली सेनाले चलाएको बा १ झ १०११ नम्बरको सवारी र प्रदेश १-०१-०१२ प ३८५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइलमा सवार व्यक्तिको मृत्यु भएको हो । मृत्यु हुनेमा महाभारा ३ निवासी २८ वर्षीय होमबहादुर खत्री हुन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको… पुरा पढौ

१५ केन्द्रमा मतदान रोकियोः निर्वाचन आयोग

काठमाडौ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ । “प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ”, आयोगले भनेको छ, “अपरान्ह ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ । यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको छ ।”रासस पुरा पढौ

मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा समस्या

कावासोती । पूर्वी नवलपरासी कावासोती-६ विष्णुनगरस्थित ९० वर्षीया पवित्रा काफ्लेले मतदान गरेका छन् । मतदान महत्वपूर्ण भएकाले मतदान गर्न आएको काफ्लेले बताए । शारीरिक रुपमा अशक्त पनि ‘ह्विलचियर’को साहारामा मतदान केन्द्रसम्म आइ मतदान गर्न पाउँदा खुसी लागेको काफ्ले बताए । कावासोती–६ विष्णुनगरको जनता माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा उनले मत खसाले । कावासोतीकै गोमता भूर्तेल पनि शारीरिकरुपमा अशक्त छन् । उनी पनि ‘ह्विलचियर’ प्रयोग गर्छन् । तर गत स्थानीय तहको निर्वाचनमा मतदानस्थल अपाङ्गमैत्री नहुँदा उनलाई मत खसाल्न गाह्रो भयो ।… पुरा पढौ