समाचार

धवलागिरि अस्पताललाई सुविधासम्पन्न एम्बुलेन्स प्राप्त

बागलुङ । एम्बुलेन्सको अभाव खेपिरहेको धवलागिरि अस्पताल बागलुङले पहिलोपटक सुविधासम्पन्न एम्बुलेन्स पाएको छ । अष्ट्रेलियामा रहेका नेपालीले स्वतस्फुर्त सङ्कलन गरेको सहयोग र बागलुङ नगरपालिकाको सहयोगमा अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स भित्रिएको हो । फोटोन कम्पनीको ‘फोरह्वील’ एम्बुलेन्स बिहीबार धवलागिरि अस्पताल परिसरमा आइपुगेको प्रशासन प्रमुख तेजप्रसाद न्यूरेले बताए । सुविधासम्पन्न एम्बुलेन्स अस्पतालले प्राप्त गरेसँगै बिरामीका लागि सुविधा थपिएको उनको भनाइ छ । यसअघि अस्पतालमा एउटा मात्रै पुरानो मोडलको गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरिदै आएको थियो । एम्बुलेन्स खरिदका लागि अस्पतालले रु ५८ लाख… पुरा पढौ

स्थानीय पाठ्यक्रम: पढ्दै सिक्दै विद्यार्थी

बर्दघाट । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकाले यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको छ । नगरपालिकाले सबै विद्यालयमा स्थानीय पाठ्यक्रम ‘मेरो कावासोती, मेरो गौरव’ लागू गरेको हो । विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रमले नसमेटेको नैतिक शिक्षासहित स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर पाठ्यक्रम तयारी गरी लागू गरिएको कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताए । “स्थानीय पाठ्यक्रममा हाम्रो नगरपालिकाभित्रको प्राकृतिक सम्पदा, स्थानीय पेसा व्यवसाय र आर्थिक क्रियाकलाप, सामाजिक संस्था, आनिबानी तथा स्वास्थ्य, प्राकृतिक प्रकोप र जोखिम व्यवस्थापनका साथै यहाँको संस्कार, संस्कृति तथा रहनसहन, योग शिक्षा, अतिथि… पुरा पढौ

सुरक्षा कारबाहीमा पचास हतियारधारी मारिए

नाइजेरियाको सेनाले त्यहाँका विभिन्न राज्यमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ५० जना हतियारधारी विद्रोही मारिएको जनाइएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार त्यहाँका उत्तरी क्षेत्रमा बोको हराम तथा कतिपय क्षेत्रमा इस्लामिक स्टेट्ससँग सम्बन्ध रहेका स्थानीय आतङ्ककारी समूहहरुको हात रहेको छ । गएका दुइ हप्तायता नाइजेरियाको सेनाको नेतृत्वमा त्यहाँका सबै सुरक्षा निकायले जारी राखेको कारबाहीका क्रममा ती हतियारधारीरु मारिएको त्यहाँको सेनाले बिहीबार जानकारी दिएको छ ।यसरी मारिनेमा इस्लामिक स्टेट्स वेस्ट अफ्रिका प्रोभिन्स ९आइएसडब्ल्युएआर० र बोको हरामका लडाकू रहेका पनि जानकारी दिइएको छ… पुरा पढौ

घार्मीमा बालाचतुर्दशी पर्व मनाइँदै

पोखराको पर्यटकीय तथा धार्मिक क्षेत्र घार्मीमा बालाचतुर्दशी पर्व मनाइने भएको छ। यही मंसीर ६ गते बालाचतुर्दशीको अवसरमा घार्मीस्थित ओमकारेश्वर मन्दिर परिसरमा सतबीज छरी पर्व मनाउन लागिएको मन्दिर व्यवस्थापन समितिका नन्दराज दाहालले जानकारी दिए।पर्वलाई लक्षित गरी समितिले मन्दिर परिसरमा सरसफाई गर्नुका साथै रंगरोगन गर्ने कार्य समेत सम्पन्न गरेको छ। मन्दिर रंग रोगनका लागि ईन्द्रेणी हार्डवेयरका खगेन्द्र थापाले सहयोग गरेको समितिले जनाएको छ। आफ्ना दिवंगत पितृहरूको उद्धारका लागि त्यस क्षेत्रमा सत्बीज छर्न कुरेचौर हरिपाउ, पुरून्चौर, हेम्जा, लामाचौर, बाटुलेचौरलगायतका आसपासका क्षेत्रवाट भक्तजन त्यहाँ… पुरा पढौ

नेपाल–युएईबीचको अन्तिम एक दिवसीय खेल आज

नेपाल–युएईबीचको तेस्रो तथा अन्तिम एक दिवसीय खेल आज (शुक्रबार) हुँदैछ। युएईसँगको तेस्रो तथा निर्णायक एक दिवसीयमा नेपालले पहिला बलिङ गर्दैछ। खेल कीर्तिपुर मैदानमा सुरु हुँदैछ। टस हारेको युएईले पहिला ब्याटिङ गर्नेछ। आजको खेल जित्ने टोलीले शृंखला जित्नेछ। नेपालले बुधवार भएको दोस्रो खेल ३ विकेटले जित्दै शृंखलामा १/१ को बराबरी गरेको छ। नेपाल पहिलो खेलमा ८४ रनले पराजित भएको थियो। युएईले अघिल्लो महिना अस्ट्रेलियामा विश्व कप खेलेको थियो। नेपालले सन् २०१८ मा विश्व कप छनोटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।… पुरा पढौ

इरानमा सुरक्षाकर्मीको गोली लागेर २ बालकको मृत्यु

दक्षिण पश्चिमी इरानमा बुधबार भएको सरकार विरोधी प्रदर्शनका क्रममा सुरक्षा फौजले चलाएको गोली लागेर २ जना बालकको मृत्यु भएको छ। सरकारी संचारमाध्यमले भने इजेहमा भएको एउटा आतंककारी हमलामा मोटरसाइकलमा सवार बन्दुकधारीहरूले ७ जना मानिसको ज्यान लिएको दाबी गरेका छन्। तर, अन्य स्रोतले भने सुरक्षाकर्मीको गोली प्रहारबाट ९ वर्षीय कियान पिर्फालाक र १४ वर्षीय सेपेहर माघसाउदीको मृत्यु भएको बीबीसी पर्सियनलाई जानकारी गराएका छन्। सोही दिन इरानका विभिन्न स्थानमा कम्तीमा १३ जना मारिएको बताइएको छ। इन्धनको मूल्यवृद्धिलाई लिएर सन् २०१९ नोभेम्बरमा आयोजित… पुरा पढौ

युक्रेनमा विमान खसाल्ने ३ जनालाई आजीवन कैद

एउटा डच अदालतले सन् २०१४ मा २९८ जनाको ज्यान जानेगरी पूर्वी युक्रेनको आकासमा एउटा यात्रुवाहक विमानलाई क्षेप्यास्त्र प्रहार गरी खसाल्ने ३ जनालाई हत्या अभियोगमा दोषी ठहर गरेको छ। अदालतले रुसी अधिनस्थ क्षेत्रमा रहेको एउटा सशस्त्र समूहले रुसले आपूर्ति गरेको क्षेप्यास्त्र प्रयोग गरी कल साइन एमएच १७ बोकेको विमान खसालेको पत्ता लगाएको हो। दोषी ठहराइएकामध्ये २ जना रुसी र एकजना युक्रेनी नागरिक छन्। ती अभियुक्तहरूको अनुपस्थितिमा अदालतले उनीहरूलाई आजीवन काराबास सजाय सुनाएको हो। तर, अभियोग लगाइएका तेस्रो रुसीलाई भने सफाई दिइएको… पुरा पढौ

केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकको निर्णयमा के छ ?

निर्वाचन आयोगको कार्यालयले आचारसंहिता सम्बन्धी निर्णय सार्वजनिक गरेको छ।बिहीबार बसेको बैठकले उक्त निर्णय सार्वजनिक गरेको हो । निर्णय : १ निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार–प्रसार गर्न वा गराउन नहुने र सोही… पुरा पढौ

समानुपातिक उमेदवारलाई परिचयपत्र उपलब्ध गराइने

आसन्न मंसीर ४ को प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उमेदवारहरूलाई परिचयपत्र उपलब्ध हुनेछ। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका प्रतिनिधिसभा तथा प्रदेशसभातर्फका उमेदवारहरूले परिचयपत्र माग गर्न आएमा त्यस्ता उमेदवारहरूलाई आयोगले परिचयपत्र दिने भएको जनाएको हो। ‘अन्तिम बन्दसूचीमा उल्लेखित मतदाता भएको प्रदेश अन्तर्गतकोे जिल्लाको खण्ड हेरी आफ्नो जिल्ला अन्तर्गतको भए सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयले आफ्नो कार्यालयबाट जारी हुने परिचयपत्र बमोजिमको विवरण अभिलेख राखी परिचयपत्र उपलब्ध गराउन आयोगले सबै… पुरा पढौ

ढुक्क भएर मतदान गर्न गृहमन्त्रीको आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन्। ‘सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ। सबै देशवासीले आ–आफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान गर्नुहोला,’ गृहमन्त्री खाँणले भने, ‘अहिले पनि सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ।’ हिमाल, पहाड र तराईमा निर्वाचन क्षेत्र र जिल्लाको संवेदनशीलता हेरेर सोहीअनुसारको सुरक्षा व्यवस्था अपनाइएको उनले जानकारी दिए। मुलुकका ४ वटै निर्वाचन निकायका बीचमा चुस्त समन्वय रहेको र मतदाता, उमेदवार,… पुरा पढौ