समाचार

खगराज अधिकारी : कुशल संगठक, प्रष्ट र खरो विचारक

कास्की जिल्लाको बेगनासमा २०१८ साल चैत १३ गते जन्मिएका खगराज अधिकारी सानैदेखि राजनीतिक सुझबुझ भएका छरछिमेकका साथ हुर्किन पाए । उनको गाउँमा २०१५ सालमा पुष्पलाल पुगेकाले गाउँमा राजनीतिक चेतको सुझबुझ राम्रो थियो । त्यही परिवेशमा हुर्किएका अधिकारीले सानैदेखि समानताको वकालत गर्न थाले । गाउँमा कम्युनिस्टलाई अन्यायविरुद्ध लड्ने शक्ति भन्थे । अधिकारी पनि सानैदेखि अन्यायविरुद्ध लड्न चाहन्थे ।बाबु शेषरमण उपाध्याय र आमा लिलादेवीको काखमा हुर्किँदै गर्दा अधिकारीले सत्य कुराको वकालत गर्ने शक्ति पाए, स्कुले जीवन केही ढिलो सुरु भए पनि विद्यालयमा… पुरा पढौ

प्रचण्डको मार्गचित्रः बूढीगण्डकीदेखि सुख्खा बन्दरगाह निर्माणसम्म

गोरखा । गोरखा क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदाता भेटघाटका क्रममा विकास र सम्वृद्धिका कैयौँ आश्वासन जनतालाई दिएका छन । उम्मेदवारी दर्तापछि पटक–पटक गरेर सात दिनसम्म निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गरेका उनले धुलाम्मे सडकलाई कालोपत्र गर्ने मौखिक प्रतिबद्धतादेखि गोरखा सम्वृद्धिको मार्गचित्र नाम दिएर ५५ बुदेँ लिखित प्रतिबद्धता जनतासमक्ष पु¥याएका छन। जिल्लाको मुहार फेर्न सकिने खालका प्रमुख रणनीतिक योजनालाई ‘गेमचेन्जर’ योजनाका रुपमा र अन्य नियमित योजनालाई महत्वपूर्ण योजनाका… पुरा पढौ

पोखरामा मंसिर २४ गते जिफान साँझ हुने

पोखरा । गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) द्वारा आगामी मंसिर २४ गते ‘जिफान साँझ’ आयोजना गरिने भएको छ । बिहिबार पोखरामा पत्रकार सम्मेलन गर्दै जिफानका अध्यक्ष गुन्ज बहादुर गुरुङले संस्थाको जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलन गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागेको बताए । पोखरा सभागृहमा हुन लागेको उक्त कार्यक्रममा गुरुङहरुको सभ्यता र विकासक्रमसंग सम्बन्धित नाटक, लोक तथा पौराणिक नृत्यहरु, गुरुङ चलचित्रका कलाकारहरुको आकर्षक नृत्यहरु प्रस्तुत गरिने कुरा अध्यक्ष गुरुङले बताए । उनले झण्डै… पुरा पढौ

अपाङ्ग मैत्री मतदान केन्द्र निर्माण

पोखरा । यही मंसिर ४गते हुने निर्वाचनलाई केन्द्रीत गरि पोखरा १९ का मतदान केन्द्रलाइ अपाङ्ग मैत्री बनाइएको छ। पोखरा १९ मा रहेका अकला मतदान केन्द्र र भारति भवन मतदान केन्द्रलाई अपाङ्ग तथा अशक्त मतदान मैत्ती पदमार्ग निर्माण गरिएको वडा नम्बर १९ का सचिव श्रीराम पौडेलले जानकारी दिए। प्रदेश निर्वाचन कार्यालय तथा जिवन पद्धति स्वावलम्बन पोखरा को सम्वन्यमा आई एफ इ सीको ३ लाख ५७ हजार ९ सय ७५ रुपैंयाँको लागतमा सो मार्ग निर्माण गरिएको हो। अपाङ्ग तथा अशक्त मतदाताले सहज… पुरा पढौ

चार सयले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु चार सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार नौ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले… पुरा पढौ

४० वर्षको संघर्षले खारिएका भीम कार्की

वि.स.२०२६ साल वैशाख २ गते स्याङ्जाको टक्सारमा जन्मिएर हाल पोखरा महानगरपालिकाका–३३ भरतपोखरीका स्थायी बासिन्दा रहेका भीमबहादुर कार्की आन्दोलनको राप र तापले खारिएका नेता हुन्। आसन्न मंसीर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनमा कास्कीको क्षेत्र नम्वर २ (१) बाट गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेदवार कार्की २०३७ साल अर्थात ११ वर्षको कलिलो उमेरमा नै निर्दलीय पञ्चायती व्यवस्थाको क्रुर दमनकाविरुद्ध अनेरास्ववियु पाँचौको सदस्यता लिएर विद्यार्थी आन्दोलनमार्फत न्याय र समानताको पक्षमा आवाज बुलन्द पार्दै संघर्षको मैदानमा होमिएका व्यक्ति हुन्। कार्की १४ वर्षे… पुरा पढौ

७० टन मिसाइल इन्धन अमेरिकी सेनाको कब्जामा

इरानले यमन पठाएको ७० टन ‘मिसाइल’ इन्धन अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा दिएको छ। इरानबाट यमन जाने पानीजहाजमा मलका झोलामा लुकाइएको ७० टन मिसाइल इन्धन अमेरिकी नौसेनाले मंगलबार नियन्त्रणमा लिएको बताएको छ। यमनमा युद्धविराम भंग भएपछि अवैधरूपमा पठाइएको उक्त इन्धन पहिलोपटक जफत भएको हो। अमेरिकी सेनाले जफत गरेको इन्धनले १ दर्जनभन्दा बढी मध्यम दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र संचालन गर्न सकिन्छ। यमनका इरान समर्थित हुथी विद्रोहीले देशको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र साउदी नेतृत्वको गठबन्धन सेनालाई आक्रमण गर्न प्रयोग गरेका हतियारमा बरामद इन्धन… पुरा पढौ

मैत्रीपूर्ण फुटबल: नेपालले पाकिस्तानलाई हरायो

पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ। बुधवार दशरथ रंगशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले हरायो। नेपालको जितमा अञ्जन विष्टले गोल गरे। उनले खेलको ८३ औँ मिनेटमा गोल गरे। अञ्जनले सुनिल बलको क्रसमा गोल गरेका हुन्। उनको यो ११ औँ अन्तर्राष्ट्रिय गोल हो। गोल गरेपछि खुसीयाली मनाउने क्रममा अञ्जनले जर्सी फुकालेपछि रेफ्रीले पहेँलो कार्ड देखाए। विश्व फुटबल महासंघ (फिफा) ले ३ वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रूपमा नेपालसँग मैत्रीपूर्ण फुटबल खेलेको हो। योसँगै नेपाल र… पुरा पढौ

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईलाई हरायो

दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले युएईलाई हराएको छ। बुधवार भएको खेलमा नेपालले यूएईलाई ३ विकेटले हरायो। युएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटायो। नेपालका लागि गुलशन झा र आरिफ शेखले सातौँ विकेटका लागि ६२ रनको साझेदारी गरे। गुलशन झा ३७ रनमा आउट भए भने आरिफ ३३ रनमा नटआउट रहे। यस्तै, कुशल भुर्तेलले ३५ रन बनाए। बलिङतर्फ युएईका रोहन मुस्तफाले ३ र हजरत बिलालले २ विकेट लिए। यसअघि, त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले… पुरा पढौ

विश्वकप फुटबल हेर्दा नेपालीलाई थप शुल्क तिर्नुपर्ने

सर्वोच्च अदालतले विश्वकप हेर्दा नेपालीले थप शुल्क तिर्नुपर्ने आदेश दिएको छ। प्रसारण विवादमा अल्पकालीन अन्तरिम आदेश खारेज सर्वोच्चले गर्दै मिडिया हबलाई थप शुल्क उठाउन पाउने बाटो खोलिदिएको छ। मिडिया हबले थप शुल्क उठाउने प्रक्रिया सुरु भएपछि परेको रिटमा सर्वोच्चले रोक लगाएको थियो। न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले यसअघिको आदेश खारेज गर्दै मिडिया हबलाई शुल्क उठाउन बाटो खोलेको हो। मिडिया हबले उपभोक्ताबाट थप ५ सय रुपैयाँ लिने बताएको छ। पुरा पढौ