समाचार

यस्तो छ, एमाले उम्मेदवार भिम कार्कीले कोरेको विकासको गोरेटो

पोखर । नेकपा (एमाले)को तर्फबाट कास्की क्षेत्र नम्वर २(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कीले विकास र समृद्धिको नेतृत्व एमालेले मात्रै गर्न सक्ने दावी गरेका छन् । जुन कुरा विगतको आफ्नो पार्टीको नेतृत्वको सरकारले देखाइसकेकोले अव पनि विकास कस्तो हुन्छ, एमालेले देखाउने उनको प्रष्टोक्ति छ । निर्वाचन अभियानको क्रममा आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पोखरा महानगरका विभिन्न स्थानमा जनसाक्षात्कार गर्न पुगेका एमाले उम्मेदवार कार्कीले सुशासन, विकास, समृद्धि र समानताका लागि ५ वर्षे नीति तथा कार्यक्रम सार्वजनिक गरेको भन्दै… पुरा पढौ

मुख्य बजार जोड्ने गरी चक्रपथ निमार्णमा पहल गर्ने थापाको प्रतिबद्धता

पोखरा । गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दु कुमार थापाले व्यवसायी हक हितका लागि गण्डकी प्रदेशको राजधानी पोखराका बजारलाई गाउँसम्म जोड्ने गरी चक्रपथ निमार्णका लागि पहल गर्ने बताएका छन् । उनले पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेट्ने गरी चक्रपथको निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गरे ।बुधबार थापाले पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, मानवअधिकारचोक, नयाँ बजार लगायतको क्षेत्रमा व्यवसायीसँग समस्या बुझ्दै उनले व्यवसायीको हकहितका लागि आफु दत्तचित्त भएर लागिपर्ने बताएका हुन् । आफुपनि व्यवसायी भएकाले व्यवसायीको मर्म राम्रो सँग बुझेको र… पुरा पढौ

‘कास्कीमा एमालेको जित सुनिश्चित’: बैरागी

पोखरा । नेकपा एमाले कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ले यस पटकको निर्वाचनमा पनि कास्कीमा एमालेले बहुमतका साथ जित हासिल गर्ने दावी गरेका छन् । नेकपा एमाले वडा नम्बर ५ वडा कमिटिले बुधवार मालेपाटनमा आयोजना गरेको वडास्तरिय आमसभालाई सम्वोधन गर्दै उम्मेदवार बैरागीले जनताको ढाड सेक्ने गठबन्धन सरकारलाई परास्त गर्न पनि एमालेको जित आवश्यक रहेको बताए । ‘गण्डकी प्रदेशमा गठबन्धनको सरकारले चरम मुल्यवृद्धि गरेर जनताको भावना र मर्म विपरित काम ग¥यो, एमालेले अघि सारेका विकासे… पुरा पढौ

कास्की १ को १ यसरी बन्दैछ नमुना

–मुख्य र भित्री बाटोमा साइकल लेन–अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र–भण्डारढिकमा राष्ट्रियस्तरको रंगशाला–ग्रामिण बाटोमा ढलान र कालोपत्रे–सात ताल लिंक रोड–लामेआहालमा प्रादेशिक बसपार्क–अन्तर्राष्ट्रिय विमानस्थलदेखि पट्नेरी जोड्ने मोटरबाटो–सात ताल संरक्षण–सीसाघाट–सिक्लेस करिडोरपोखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कास्की–१(१) यतिबेला चर्चामा छ । संघबाट प्रदेश ओर्लिएका एमाले संगठन विभाग खगराज अधिकारी र प्रदेशमा पुनः दोहो¥याएका माओवादी केन्द्रका दीपक कोइराला उम्मेदवार छन् । रोचक के छ भने, ०७४ मा वाम गठबन्धन हुँदा अधिकारी प्रतिनिधिसभा र कोइराला प्रदेश सभा सदस्यका उम्मेदवार थिए । कोइरालाका प्रतिस्पर्धी कांग्रेस नेता जीवन परियार… पुरा पढौ

‘क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छु’ : श्याम

पोखरा । मंसिर ४ गते हुने निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नम्वर १ ‘ख’ का एमाले उम्मेदवार बेदबहादुर गुरुङ ‘श्याम’ले तमुहरुको ऐतिहासिक स्थल क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् । बुधवार घरदैलो कार्यक्रममा बोल्दै गुरुङहरुको आदिम थलोको रुपमा परिचित क्होला सोंथरको संरक्षण र प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गरे । निर्वाचित भएपछि उनले ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले महत्वपूर्ण रहेको क्होला सोंथरलाई विश्व सम्पदा सूची राख्न पहल गर्ने बताए । ‘क्होला सोंथर हाम्रो… पुरा पढौ

पोखरामा थरिथरिका प्याराग्लाईडिङ पाईलट : कोहि स्वास्थ्यमा समस्या हुँदाहुँदै उडान भर्ने, कोहि लागूऔषधको अम्मली

पोखरा, कात्तिक ३० पोखराका प्याराग्लाईडिङ पाईलटहरुले अम्मलको प्रयोग गर्ने गरेको पाईएको छ । पोखरामा प्याराग्लाईडिङ गर्ने केहि सिमित पाईलटहरुले आत्मविश्वास लगाउन उत्तेजना जगाउने अम्मल (लागुऔषध) प्रयोग गर्ने गरेको तथ्य उजागर भएको हो । हालै गरिएको स्वास्थ्य परीक्षणका क्रममा ६ जना प्याराग्लाईडिङ पाईलटहरुले गाँजालगायतका उत्तेजना जगाउने लागूऔषध प्रयोग गरेको पाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको रिपोर्टमा उल्लेख छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको प्याराग्लाइडिङ प्रतियोगिताका क्रममा नेपाली सेनाका खेलाडी निसिम थापा मगरको दुर्घटनामा परेर ज्यान गएपछि प्राधिकरणले प्याराग्लाईडिङ… पुरा पढौ

पोखरामा पर्यटन विकास मार्फत जिविकोपार्जन सुधार परियोजना

पोखरा । पोखराको पर्यटनलाई जिविकोपार्जनसँग जोड्न छनोट भएका परियोजना माथि पोखरामा सरोकारवालाबीच छलफल गरी आवश्यक सुझाव संकालन गरिएको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा संचालन हुने क्षेत्रीय शहरी उत्थानशिलता तथा जिविकोपार्जन सुधार कार्यक्रम परियोजना अन्तर्गत पोखरा महानगरपालिकामा कार्यन्वयन हुने परियोजना छनोटका लागि महानगरले सरोकारवाला बीच छलफल कार्यक्रम गरी आवश्यक सुझाव लिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शहरी विकास र वातावरण सन्तुलन कायम गरि नागरिकको जीवनयापनमा सुधार ल्याउने उद्देश्यका साथ संचालित यस कार्यक्रमले पोखराको पर्यटन विकासमा… पुरा पढौ

कास्की २ मा एमालेका बौद्धिक र उद्यमी मातृशक्ति उम्मेदवार प्रतिष्पर्धामा

पोखरा । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ दलहरुले महिलालाई कम अवसर दिएका छन् । संसदमा एक तिहाई महिला हुनै पर्ने संवैधानिक व्यवस्था छ । समानुपातिक सूचीबाट उक्त व्यवस्था पूरा गर्नुपर्ने हुन्छ । गण्डकी प्रदेशभित्र एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ३ जना र प्रदेशमा ३ जना महिला उठाएको छ । सत्ताको नेतृत्वमा रहेको नेपाली कांग्रेसले गण्डकी प्रदेशबाट संघ र प्रदेश दुवैतिर महिलालाई उम्मेदवार बनाएको छैन । माओवादी केन्द्रले प्रदेश सभामा १ जना उठाएको छ… पुरा पढौ

‘कालोसूचीमा नपरेका रामजीबिरुद्ध एमालेको अनर्गल प्रचार’

पोखरा ३०, कार्तिक नेकपा एमालेले कालोसूचीमै नपरेका कास्की ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामजीप्रसाद बराल (जीवन)बिरुद्ध अनर्गल प्रचार गरेको पाइएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट बराल संलग्न पोखरा–९ नयाँबजारस्थित गण्डकी माछापुच्छ्रे सहकारी संस्थाले लिएको रकम नतिरेपछि सामान्य सचेत मात्र गराएको विषयलाई एमालेले चुनावको मुखमा कालोसूचीमा परेको भन्दै अनर्गल प्रचार गरेको पाइएको हो । सोहि प्रचारका आधारमा भ्रमित भई पोखरा–२४ कास्कीकोटका बोधराज सुवेदीले बरालको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरीसमेत गरेका थिए । तर कोषले दिएको… पुरा पढौ

सङ्घीयसँगै प्रदेशससभाको निर्वाचनमा पनि उत्तिकै चासो

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँच दिनमात्र बाँकी छ । प्रचारप्रसारको अवधि भने दुई दिनमात्र बाँकी छ । उम्मेदवार यतिबेला मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् । सङ्घीय निर्वाचन क्षेत्रमा बढी चर्चा हुँदा प्रदेशसभाका उम्मेदवार ओझेलमा परेका छन् । सङ्घीयतालाई मजबुद बनाउने आधार प्रदेशसभा क्षेत्रको चर्चा कम हुने गरेपनि प्रदेशको भूमिका उत्तिकै महत्वपूर्ण छ । तनहुँका चार प्रदेशसभा क्षेत्रमा २९ जना चुनावी प्रतिस्पर्धामा छन । तनहुँ १ को प्रदेश १ मा ११ र प्रदेश २ का… पुरा पढौ