समाचार

पोखरा १९ मा अपाङ्ग मैत्री मतदान केन्द्र निर्माण

पोखरा । मंसिर ४ गते हुने निर्वाचनलाई केन्द्रीत गरि पोखरा १९ का मतदान केन्द्रलाइ अपाङ्ग मैत्री बनाइएको छ । पोखरा १९ मा रहेका अकला मतदान केन्द्र र भारती भवन मतदान केन्द्रलाई अपाङ्ग तथा अशक्त मतदान मैत्री पदमार्ग निर्माण गरिएको वडा नम्बर १९ का सचिव श्रीराम पौडेलले जानकारी दिए । प्रदेश निर्वाचन कार्यालय तथा जिवन पद्धति स्वावलम्बन पोखरा को सम्वन्यमा आई एफ इ सीको ३ लाख ५७ हजार ९ सय ७५ रुपैंयाँको लागतमा सो मार्ग निर्माण गरिएको हो । अपाङ्ग तथा… पुरा पढौ

बर्खास्त गर्नुको चित्तबुझ्दो जवाफ नदिए मुख्यमन्त्रीले अनियमितता गरेको अडियो भिडियो सार्वजनिक गर्दिन्छु : खड्का

पोखरा, मंसिर १ बर्खास्तमा परेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गरेको अनियमितताको अडियो, भिडियो सार्वजनिक गर्ने चेतावनी दिएका छन् । बर्खास्तमा परेको दुई दिनपछि पत्रकार सम्मेलन गरेर खड्काले मुख्यमन्त्रीले अनियमितता गर्दाको अडियो, भिडियो आफूसँग रहेको र त्यो केहि दिनपछि सार्वजनिक गर्ने चेतावनी दिएका हुन् । मैले के अपराध गरेँ र मलाई बर्खास्त गरियो,उनले भने,‘यसको चित्तबुझ्दो जवाफ मुख्यमन्त्रीले नदिए म उहाँको गोप्य अडियो, भिडियो सार्वजनिक गर्दिन्छु ।’ उनले चुनाव अघि नै… पुरा पढौ

राजिव पहारीलाई भोट किन ? के छन् प्रतिबद्धता ?

पोखरा, मंसिर १ नेकपा एमाले कास्की क्षेत्र नम्बर–३ (२) का उम्मेदवार राजिव पहारीले आफूलाईं विकास र समृद्धिका लागि मतदान गर्नुपर्ने बताएका छन् । ९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक ती प्रतिबद्धता पूरा गर्न आफूलाई मतदान गर्न पहारीले आग्रह गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की सहईञ्चार्ज रहेका पहारीले आफ्नो पहिलो प्रतिबद्धतामा पूर्वाधार सम्बन्धी कार्यहरु उल्लेख गरेका छन् । प्रतिबद्धताको पहिलो बुँदामा उनले बाटो निर्माण, यसको मर्मत सम्भार तथा स्तरीयकरण गर्ने प्रतिबद्धता जनाएका छन् । यहि बुँदामा उनले सिंचाइ, खानेपानी… पुरा पढौ

कास्की ३ (२) का उम्मेदवार प्रकाशलाई नै भोट किन ? के छन् प्रतिबद्धता ?

पोखरा, कात्तिक २३ पार्टीसँगको प्रतिष्पर्धा नभई मुद्धासँग प्रतिष्पर्धा गर्ने हुँकार दिईरहेका प्रकाशले आफू निर्वाचित भएमा के के गर्ने योजना बनाईसकेका छन् । त्यसैले त उनले बुँदागत रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । जनताका समस्यालाई सर्वोपरी मानि जनतालाई सपना देखाएका उनले बिर्सिएको विकास र सुशासनलाई सहि ट्रयाकमा ल्याउन र सरकारलाई जवाफदेही बनाउन भूमिका खेल्ने प्रतिबद्धता बरालले गरेका छन् । उनले पोखरा महानगरपालिका भित्रका पछाडि परेका ग्रामीण वडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना अगाडि सारेका छन् । हरेक वस्तीलाई होमस्टेका… पुरा पढौ

स्टेप बाई स्टेप मा. बि. मा नमुना निर्वाचन सम्पन्न

पोखरा । विद्यार्थीहरुलाई निर्वाचन सम्बन्धि विविध पक्षमा जानकारी गराउने उद्देश्यले स्टेप बाई स्टेप मा.बि.मासवार पोखराले नमुना निर्वाचन गराएको छ जुन २०७९ मङ्सिर ४ गते हुने निर्वाचन अनुसारको रहेको थियो । कक्षा ८, ९ र १० का विद्यार्थीहरुको सहभागिता रहेको सो नमुना निर्वाचन विद्यालय प्राङ्गणमा गराइएको थियो । विद्यार्थीहरु नै मतदान अधिकृत, कर्मचारी, प्रहरी र मतदाता बनेर निर्वाचन गराइएको थियो । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक छुट्टा छुट्टै मतपत्र र मतपेटिकामा मतदाता विद्यार्थीहरुले भोट खसालेका थिए । पहिलो… पुरा पढौ

ल्याण्डफिल्ड निर्माणका विषयमा निर्णय भएको छैन : प्रमुख आचार्य

नागरिक उडड्यन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ बाट सञ्चालनमा ल्याउने तयारी गरेको छ । विमानस्थलबाट बुध्द एयरले जनवरीदेखि भारतका विभिन्न गन्तव्यमा उडान गर्ने भन्दै विज्ञप्ति जारी गरिसकेको छ । यद्यपि विमानस्थलको मुख्य चुनौतीका रुपमा रहेको ल्याण्डफिल साइट कहाँ सार्ने भन्ने विषयमा महानगरले अझै टुङ्गो लगाउन सकेको छैन । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ल्याण्डफिल्ड साइट व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरिरहेको र तत्काल कुनै पनि स्थानका बारेमा निर्णय गरिनसकेको स्पष्ट पारेका छन । सामाजिक सञ्जानमा ल्याण्डफिल साइडका… पुरा पढौ

बिक्री गर्ने बेलाका सुन्तलामा रोगको प्रकोप

गलेश्वर । पाक्नै लागेका सुन्तलामा औँसा कीरा र स्केल रोगको प्रकोप देखिन थालेपछि म्याग्दीका सुन्तला उत्पादक कृषक चिन्तित भएका छन् । बिक्री गर्ने बेलाका सुन्तला कुहिएर बोटमै झर्न थालेपछि यहाँका किसान चिन्तित बनेका हुन् । बजार पठाउने बेला सुन्तलामा औँसा कीरा र स्केल रोग भेटिएको म्याग्दीको वास्कुना र दोसल्लेका कृषकले बताएका छन् । बास्कुना र दोसल्लेमा बढी सुन्तला उत्पादन हुने ठाउँ हुन् । कृषकका अनुसार औँसा कीरा र स्केल रोगका कारण सुन्तलाका दाना कुहिएर बोटबाट झर्न थालेका छन् । जिल्लाभर… पुरा पढौ

अन्याय भए पनि कांग्रेसमै बसेर राजनीति गर्छुः पूर्व मन्त्री खड्का

गण्डकी प्रदेशका पूर्व भौतिक पूर्र्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले अन्याय नै भए पनि आफूले काँग्रेसमा बसेर राजनीति गर्ने बताएका छन । मङ्गलबार बर्खास्तीमा परेका खड्काले आज पत्रकार सम्मेलन गरी आफूलाई अन्यायपूर्ण तवरबाट बर्खास्त गरिएको बताए । बर्खास्तीबारे आफूसँग मुख्यमन्त्रीले कुनै सरसल्लाह गरेका बताउँदै उनले सञ्चारमाध्यमबाट जानकारी पाएको बताए । टिकट नपाएकै कारण कांग्रेस नछाड्ने बताउँदै उनले आफूले अखण्ड नेपाल पार्टीलाई काग्रेसमा समाहित गरेर आएको र पार्टीले सांसद, लेखा समिति सभापति, मन्त्री जस्ता जिम्मेवारी दिएको उल्लेख गरे… पुरा पढौ

नेलम्बो नेपालको निःशुल्क दन्त शिविर सम्मपन्न

पोखरा । पोखरा गैह्रापाटनमा रहेको नेलम्बो नेपालले पोखरा महानगर पालिका वडा नं. १४ मझेरीपाटनमा रहेको श्री सहिद स्मृति आवासीय विद्यालयमा ४ दिन सम्म निःशुल्क दन्त शिविर सञ्चालन गरी औषधी उपचार गरेको छ । उक्त विद्यालयमा द्धन्द पीडित, सहित परिवार, १० वर्षे जनयुद्धमा बाबु आमा गुमाएका बाल बञ्चा, विभिन्न दैविक प्रकोपबाट बाबु आमा गुमाएका विपन्न परिवारका वाल बच्चाहरु अध्ययन गर्ने गर्दछन् । नेलम्बो नेपालको मोवाइल डेण्टल भेन मार्फत उक्त सेवा प्रदान गरिएको हो । नेलम्बो नेपालसँग अत्याधुनिक सुविधा सम्पन्न मोवाइल डेण्टल… पुरा पढौ

पर्यटकीय क्षैत्र बैदाम लेकसाइलाई पर्यटनमैत्री बनाउछौँ : रामजी र प्रकाश

पोखरा । पर्यटकीय क्षेत्रको रुपमा रहेको पोखरा ६ बैदामलाई पर्यटनमैत्री बनाउछौ गठबन्धनका साझा उम्मेदबारहरु रामजी बराल र प्रकाश बरालले बैदामबासीलाई बचन दिएका छन । पर्यटकीय महत्व बोकेको क्षेत्र लेकसाइडमा वर्षेनी लाखौं रुपैयाँ वजेट विनियोजन गर्ने प्रतिवद्धता उहाँहरुको छ । कास्की ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामजी बराल र ३ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार प्रकाश बरालले विहीबार पोखरा महानगर पालिका वडा नं–६ बैदाममा चुनाब प्रचारको अन्तिम दिन पाचँ दलिय गठबन्धन युवाँ समन्वय एवं परिचालन समितिले गरेको घरदैलो तथा… पुरा पढौ