समाचार

सामाजिक सञ्जालबाट निर्वाचन प्रचार सामग्री हटाउन आयोगको निर्देशन

निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचार–प्रसार सम्बन्धित सामग्री मंसीर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ। आयोगले सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचार–प्रसार सम्बन्धित सामग्री मंसीर १ गते राति १२ बजेसम्ममा हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको हो। निर्वाचन आचारसंहिताबमोजिम स्थिर समय सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट राजनीतिक दल र उम्मेदवारले कुनैपनि तरिकाबाट निर्वाचन प्रचार–प्रसार गर्न पाइँदैन। मंसीर १ गते राति १२ बजेबाट कुनैपनि राजनीतिक दल तथा उम्मेदवारले समाजिक सञ्जाल तथा अनलाइनको प्रयोग गरेर उम्मेदवारको पक्ष… पुरा पढौ

आजको मध्यरातबाट देशभर मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

सरकारले आज (बिहीबार) मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसार–पसार तथा सेवनमा रोक लगाउने निर्णय गरेको छ। निर्वाचन आयोगको निर्णयअनुसार सरकारले मतदानको ४८ घन्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने भएको हो। मंसीर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था अनुसार उक्त निर्णय भएको हो। प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २५ मा निर्वाचन… पुरा पढौ

आज मध्यरातबाट मौन अवधि सुरु

मंसीर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज (बिहीबार) मध्यरातबाट मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम चुनावी प्रचार–प्रसार गर्न पाउनेछन्। त्यसपछि मध्यरातबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार –प्रसार गर्न पाउँदैनन्। सञ्चार माध्यमले कुनैपनि प्रकारका चुनावी प्रचार सामग्री संप्रेषण गर्न मिल्दैन। मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो। मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ। निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न… पुरा पढौ

दुर्गादत्त भण्डारी : पार्टीका तपस्वी, जनताका हितैषी

राजनीतिमा निष्ठापूर्वक निरन्तर लाग्यो भन्ने एक दिन अवश्य मुल्यांकन हुन्छ भन्ने उदाहरण हुन् दुर्गादत्त भण्डारी। स्वयं भण्डारीलाई पनि लागेको थिएन कि यसपटक पार्टीले निर्वाचनमा उम्मेदवार बनाउला भन्ने। तर, भण्डारीलाई उनको पार्टीले प्रदेशसभाको उम्मेदवार बनायो र उनको राजनीतिक योगदानको कदर गरेको छ। आफ्नो ४ दशकको राजनीतिक आवद्धतापछि भण्डारीको पार्टी नेकपा(माओवादी केन्द्र)ले उनलाई विश्वास गरेर आसन्न निर्वाचनमा कास्की क्षेत्र नं ३(१) मा प्रदेशसभाको उम्मेदवार बनाएको छ। भण्डारी अहिले माओवादीको मात्र उम्मेदवार बनेका छैनन् कि उनलाई नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायतका… पुरा पढौ

कास्कीमा ६ कैदीबन्दीले कारागारबाटै मतदान गर्दै

आसन्न मंसीर ४ को निर्वाचनमा कास्की कारागारबाट ६ जना कैदीबन्दीले समानुपातिकमा मतदान गर्दैछन्। उनीहरुले मंसीर ४ को निर्वाचनमा कारागारबाटै मतदान गर्न पाउने भएका हुन्। नेपालमै पहिलो पटक कैदीबन्दीले प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरिएको हो। मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्न पाउने व्यवस्था गरिएको जिल्ला कारागार कास्कीले जनाएको छ। विभिन्न मुद्दामा कैद भूक्तान गरिरहेका ८५२ जनामध्ये १ जना महिला र ५ जना पुरुष कैदीबन्दीले अस्थायी मतदाता परिचयमार्फत मतदान गर्दैछन्। अस्थायी मतदाता नामावलीमा उनीहरुको नाम रहेकैले… पुरा पढौ

गण्डकीका अर्थमन्त्रीमाथि सरकारी बजेट आमा समूहलाई बाँडेको आरोप,आयोगमा उजुरी

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सरकारी पैसा आमा समूहलाई बाँडेको आरोप लागेको छ । माओवादी नेता बराल आगामी मंसिर ४ को चुनावमा कास्की ३ बाट सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । मतदाता प्रलोभनमा पार्न सत्ताको दुरुपयोग गरेर बरालले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको उजुरीकर्ताले आरोप लगाएका छन् ।  उनले सरकारी ढुकुटीको पैसा रकमान्तर गरेर आमा समूहलाई बाँडेको भन्दै निर्वाचन आयोगमा बुधबार उजुरी परेको हो । पोखरा महानगरपालिका १७ निवासी महेन्द्र पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा उजुरी दिएका… पुरा पढौ

पोखरा म्याराथनको तयारी सुरु, गण्डकी प्रदेशका विजेताले समेत नगद पुरस्कार पाउने

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ । आगामी फागुन ६ गते शनिबार आयोजना हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्टिय म्याराथन’को तयारी सुरु भएको मञ्चले जनाएको हो । तयारी संगै १७ औं संस्करणमा पोखरा म्याराथनको पुरस्कारमा समेत भारी वृद्धि गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनाएका छन् । अध्यक्ष पराजुलीका अनुसार पोखरा म्याराथन विजेताले अव ५ लाख नगद पाउनेछन् । गत वर्ष ४ लाख रहेको… पुरा पढौ

गठबन्धनको प्रतिबद्धता: ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परिक्षण

पोखरा । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का साझा उमेदवारहरुले ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण् उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । वृद्धवृद्धाको स्वास्थ्यलाई ध्यानमा राखी निशुल्क स्वास्थ्य परिक्षण, उपचार, परामर्श नर्सिङ सेवा, डाक्टर ईन कलजस्ता सुविधा उपलब्ध गराउने बताएको छ । आवश्यकता अनुसार ज्येष्ठ नागरिक स्याहार केन्द्र (एकीकृत सेवा) र दिवा सेवा कार्यक्रम अन्तरगत धार्मिक तथा आर्ट अफ लिभिङ जस्ता कार्यक्रम सञ्चालन गरि उनीहरूको प्रतिबद्धता पत्रमा भनिएको छ । यसैगरी समृद्ध राष्ट्र निर्माणका लागि स्वस्थ नागरिक आवश्यक… पुरा पढौ

बरालको प्रतिवद्धताः आधा घण्टामा पालिका, हरेक घरमा राष्ट्रिय प्रशारण लाइन

पोखरा । गण्डकी प्रदेश सरकारले हरेक पालिका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने निर्णय गरेको थियो । तर सरकारको अस्थिरताका कारण उक्त योजना सफल हुन सकेन । संघीयतामाथि प्रश्न गर्नेहरु बढिरहेका बेला पुनः संघीय संरचनाको निर्वाचन हुँदैछ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेद्वारहरुले आआफ्ना घोषणापत्र जनतासामु पुर्याएर मत फकाइरहेका छन् । कास्की क्षेत्र नम्बर ३ (ख) का उम्मेद्वार प्रकाश बरालले संघीयताप्रति जनताको विश्वास बढाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । ‘अहिले संघीयता काम छैन, प्रदेश… पुरा पढौ

वाईवाई छनौंट क्रिकेटमा नवलपुर च्याम्पियन

पोखरा । वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौंट प्रतियोगितामा नवलपुर लिगको शिर्षस्थानमा रहँदै च्याम्पियन बनेको छ । नवलपुरले ३ खेलमा पुरा जित निकाल्दै ६ अंक सहित शिर्षस्थान कायम गरेको हो । मंगलबार पोखरा रंगशालामा भएको अन्तिम खेलमा कास्कीले स्याङजामाथि १ सय ७५ रनको जित निकाल्दै ४ अंक सहित दोश्रो स्थान कायम ग¥यो । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा भएको खेलमा कास्कीले पहिला व्याटिङ गर्दै पुरा ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८३ रनको विशाल योगफल तयार पा¥यो । कास्कीको… पुरा पढौ