समाचार

निर्वाचनको दिन मौसम सफा रहने

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन यही मंसीर ४ गते देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज (मंसीर २ देखि ४ गते) सम्मको प्रारम्भिक मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै निर्वाचनको समयमा मौसम सफा रहने जनाएको हो। निर्वाचनका दिन र त्यसको २ दिनअघिको मौसम सामान्यतया सफा रहँदा मतदाता र उमम्मेदवारका लागि सहज हुने महाशाखाले उल्लेख गरेको छ। हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको… पुरा पढौ

पश्चिम नवलपरासीबाट मतदान अधिकृत पक्राउ

पश्चिम नवलपरासीबाट प्रहरीले मतदान अधिकृतलाई पक्राउ गरेको छ। मुख्य निर्वाचन अधिकृतसँग अस्वाभाविक व्यवहार देखाएर विवाद गरेको आरोपमा सुनवल नगरपालिका–११ स्थित वाक्वाणी माध्यमिक विद्यालय सेमराह मतदानस्थलमा खटिएका मतदान अधिकृत पक्राउ परेका हुन्। रामग्राम नगरपालिका–४ जितपुर घर भएर पाल्हिनन्दन गाउँपालिका पशु शाखामा कार्यरत ५६ वर्षीय पृथ्वीराज चौधरी पक्राउ परेका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझ्ने क्रममा मापसे गरेर उनले मुख्य निर्वाचन अधिकृतसँग विवाद गरेको समाचारहरुमा उल्लेख छ। मुख्य निर्वाचन अधिकृतले उनको सट्टामा वैकल्पिक मतदान अधिकृत नियुक्त गरेका छन्। पुरा पढौ

डोटीमा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना, मतदान अधिकृत घाइते

डोटीको बडीकेदार गाउँपालिकास्थित अत्तरकाँडामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना भएको छ। बा.२ झ २२३५ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा परेर बडिकेदार–५ मार्कोट स्वास्थ्य चौकीमा रहेको मतदान स्थलमा खटिएका मतदान अधिकृत दिनेशसिंह रैखोला घाइते भएका छन्। रैखोला खुटिया बीपीनगर दिपायल सडक आयोजनाका इञ्जनीयर हुन्। निर्वाचन सामग्री र कर्मचारीलाई वैकल्पिक सवारीको व्यवस्थापन गरेर मतदानस्थलमा पठाइएको छ। पुरा पढौ

मौन अवधि सुरु, मत माग्न पाइँदैन

आसन्न मंसीर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मौन अवधि सुरु भएको छ। मध्यरात १२ बजेबाट मौन अवधि सुरु भएको हो। निर्वाचन आयोगले गत कात्तिक १७ गतेदेखि दिएको निर्वाचन प्रचारप्रसारको समय सकिएको हो। यससँगै बिहीबार मध्यरातदेखि मौन अवधि सुरु भइ निर्वाचन नसकिँदासम्म जारी रहनेछ। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आइतबार हुँदैछ। मौन अवधिमा राजनीतिक पार्टी तथा उम्मेदवारहरुले चुनावी प्रचार–प्रसार र मत माग्न पाउँदैन। के के गर्न पाइँदैन ? निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने। मौन अवधि सुरु हुनुभन्दा… पुरा पढौ

पश्चिमाञ्चल अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाईसिद्धार्थ बैंक बुद्धचोक शाखा पोखराले सहयोग गरेको छ। बैंकले अस्पताललाई १ लाख ४० हजार बराबर मूल्यको कुर्ची सहयोग गरेको हो। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेको बैंकले जनाएको छ। अस्पतालको प्रसूति वार्डमा बिरामी कुरुवाको बसाईमा सहजता प्रदान गर्ने उद्देश्यले १७ कुर्ची सहयोग गरेको हो। पुरा पढौ

आइएनएफको ७० वर्षे सेवा

आइएनएफ नेपालको एक समारोहबीच ७० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कार्यक्रमको उद्घाटन गरेका हुन्। आचार्यले कार्यक्रममा बोल्दै पोखरालाई स्वास्थ्यको हिसाबले समृद्ध बनाउन आगामी दिनमा आईएनएफ नेपालसँग सहकार्य गरि अघि बताए। उनले भने, ‘नेपालमा आइएनएफ स्थापनाको ७० वर्षसम्म आइपुग्दा नेपालका ग्रामीण समुदायमा स्वास्थ्य सेवा प्रदान गर्ने, जीविकोपार्जनमा सहयोग प्रदान गर्ने र सामाजिक समावेशीतालाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ।’ आइएनएफ नेपालका अध्यक्ष रामचन्द्र तिमोथीले अग्रजको योगदानसहित ७० वर्षे गर्विलो इतिहास बोकेको संस्थाले आफ्नो गरिमालाई उच्च… पुरा पढौ

चरक मेमोरियल हस्पिटलमा पृथ्वी राजमार्ग बस कम्पनीलाई छुट

पोखरा । चरक मेमोरियल अस्पतालले पृथ्वी राजमार्ग बस संचालक कम्पनीमा आवद्ध सवारी साधनहरुलाई भईपरि आउने दुर्घटनाको उपचारमा विशेष छुट दिने भएको छ । हालै कम्पनी र पोखरा– ८ स्थित चरक मेमोरियल अस्पतालविच भईपरि आउने दुर्घटना तथा उपचारसम्बन्धी विशेष छुट दिने गरि सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा चरक मेमोरियल अस्पतालका प्रवन्ध निर्देशक कपिल पोखरेल र कम्पनीका दुर्घटना संयोजक भरतकुमार मल्ल, सहसंयोजक जस बहादुर गुरुङले हस्ताक्षर गरेका छन् । सम्झौतामा कम्पनीमा आवद्ध सवारीको भईपरि आउने दुर्घटनामा घाइते भएकाहरुको अस्पतालले औषधोपचारमा विशेष… पुरा पढौ

जिफान साँझ मंसिर २४ मा

पोखरा । गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) द्वारा आगामी मंसिर २४ गते ‘जिफान साँझ’ आयोजना गरिने भएको छ । बिहिबार पोखरामा पत्रकार सम्मेलन गर्दै जिफानका अध्यक्ष गुन्ज बहादुर गुरुङले संस्थाको जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलन गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागेको बताए । पोखरा सभागृहमा हुन लागेको उक्त कार्यक्रममा गुरुङहरुको सभ्यता र विकासक्रमसंग सम्बन्धित नाटक, लोक तथा पौराणिक नृत्यहरु, गुरुङ चलचित्रका कलाकारहरुको आकर्षक नृत्यहरु प्रस्तुत गरिने कुरा अध्यक्ष गुरुङले बताए । उनले झण्डै… पुरा पढौ

दामोदरको भिडिओ सन्देशः‘सबैलाई भेट्न सकिनँ,जिताएपछि फर्केर आउँछु’

पोखरा । नेकपा एमालेबाट कास्की ३ मा प्रतिनिधिसभा उम्मेदवार रहेका दामोदर पौडेल ‘बैरागी’ले ४ मंसिरको चुनावमा सूर्य चिन्हमा मत दिन आह्वान गरेका छन् । चुनावको स्थिर समय बिहीबार मध्यरातबाट शुरु हुँदैछ । त्यो समय सुरू हुनुअघि भिडिओ सन्देश जारी गर्दै उम्मेदवार बैरागीले ठूलो भूगोल भएकाले आफू सबै मतदाताको घरमा पुग्न नसकेको र जितेपछि फर्केर आउने भन्दै मत मागेका हुन् । ‘यो घरदैलोको अभियानमा म सबै घर र मतदातासम्म पुग्न सकिनँ । म घरदैलोमा आएको ठानेर मतदान गर्नुहुन्छ भन्ने विश्वास छ,’… पुरा पढौ

कुमारजीले अघि सारेका योजना पुरा गर्ने दायित्व बोकेर आएको छु : थापा

पोखरा । गण्डकी प्रदेश सभा सदस्य उम्मेदवार विन्दु कुमार थापाले आफुले कुमार खड्काले अघि सारेका योजनाहरुलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पाँच दलिय गठबन्धनबाट कास्की क्षेत्र नं. २(क) प्रत्येक्ष उम्मेदवार बनेका थापाले आफु क्षेत्र २ को विकासमा दत्त चित्त भएर लागि पर्ने बताएका छन् । पोखरा महानगरपालिका वडा १६ स्थित बाटुलेचौरमा कोणसभा गर्दै उक्त कुरा बताएका हुन् । क्षेत्र २ मा कांग्रेसको जित निश्चित देखेपछि विभिन्न तरिकाले कुमार खड्कासँग जोडेर कांग्रेसलाई हराउने षडयन्त्र बुन्ने काम भएको समेत उनले… पुरा पढौ