समाचार

आयोगले सोध्यो राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव गुरूङलाई स्पष्टीकरण

निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलाई नेकपा (माओवादी केन्द्र) को प्रचारप्रसारमा संलग्न रहेको विषयमा स्पष्टीकरण सोधेको छ। सदस्यसचिव घिसिङले रामेछाप जिल्लामा सो दलको प्रचारप्रसारमा संलग्न रहेको विषयमा उजुरी परेपछि आयोगले २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्न पत्र पठाएको हो।निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा… पुरा पढौ

इरानले यमन पठाएको सत्तरी टन मिसाइल इन्धन अमेरिकी सेनाको कब्जामा

इरानले यमन पठाएको सत्तरी टन ‘मिसाइल’ इन्धन अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा दिएको छ । इरानबाट यमन जाने पानीजहाजमा मलका झोलामा लुकाइएको ७० टन मिसाइल इन्धन अमेरिकी नौसेनाले मङ्गलबार नियन्त्रणमा लिएको बताएको छ । यमनमा युद्धविराम भङ्गभएपछि अवैधरूपमा पठाइएको उक्त इन्धन पहिलोपटक जफत भएको हो । अमेरिकी सेनाले जफत गरेको इन्धनले एक दर्जनभन्दा बढी मध्यम दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र सञ्चालन गर्न सकिन्छ । यमनका इरान समर्थित हुथी विद्रोहीले देशको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र साउदी नेतृत्वको गठबन्धन सेनालाई आक्रमण गर्न प्रयोग गरेका… पुरा पढौ

स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै तातोपानी कुण्ड

म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा रहेको प्राकृतिक तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको गन्तव्य बन्दैगएको छ । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरूको भीड लागेको छ । तातोपानीका होटल र घरबास ‘होमस्टे’हरु भरिभराउ भएका छन् । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा बिरामी कुण्डमा नुहाउन आउने गरेका छन् । अहिले कुण्डमा आलोपालो गरेर नुहाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए । निर्वाचन सकिएपछि यहाँ विगतको भन्दा उल्लेख्य मात्रामा भीड… पुरा पढौ

सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउँछु : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सामुदायिक विद्यालय र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउने दाबी गरे । लोकतान्त्रिक(वामगठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेता सिंहले आज बिहान घरदैलो कार्यक्रममा बोल्दै मुलुकको शिक्षाको विकासका लागि सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याइने बताएका छन्। नेता सिंहले घरदैलोका क्रममा मतदाताले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको माग राखिरहेको बताउँदै भने, “निर्वाचनमा जित हासिल गरेपछि गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्छु ।” उनले जनताले खानेपानीको समेत माग… पुरा पढौ

कास्की ३ मा माओवादीलाई झड्का,अन्नपूर्णका सचिव नवीन सहित २४ जना एमालेमा प्रवेश

पोखरा । कास्की क्षेत्र नम्वर ३ मा माओवादी केन्द्रलाई ठुलो झड्का लागेको छ । मंसिर ४ गते हुने निर्वाचनको मुखैमा कास्की क्षेत्र नम्वर ३ अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिकाका सचिव नविन गिरीसहित २४ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल वैरागी, ३(ख) का प्रदेश सभा सदस्य उम्मेदवार राजीव पहारी र नेकपा एमालेका केन्द्रिय सदस्य तथा कास्की जिल्लाका सहइन्चार्ज कृष्ण थापा लगायतले एक विशेष कार्यक्रममा स्वागत गरेका हुन् । पार्टी प्रवेश… पुरा पढौ

समृद्धिको जनआकाङ्क्षा सत्ता गठबन्धनले पूरा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकाङ्क्षालाई सत्ता गठबन्धनले पूरा गर्ने बताएका छन् । गठबन्धनको कार्यकर्ता भेलालाई कलङ्कीमा सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले वाम–लोकतान्त्रिक सत्ता गठबन्धन स्वार्थका लागि नभएर राष्ट्रियताको संरक्षण, राजनीतिक उपलब्धिको रक्षाका लागि बनेकाले समृद्धिको जनआकाङ्क्षा पूरा गर्ने बताए । काठमाडौँ क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेएका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच रहेको गठबन्धन कायम रहने जानकारी दिए । मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुने उल्लेख गर्दै राष्ट्र… पुरा पढौ

नेपाल बैंक ८६ औं वर्षमा प्रवेश, पोखरामा प्रभातफेरी

पोखरा । मुलुककै जेठो बैंक नेपाल बैंक लिमिटेड ८६ औं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो स्थापनाको ८६ औं वर्षमा प्रवेश गरेको अवसरमा बुधबार पोखरामा प्रभातफेरी आयोजना गर्‍यो। बैंकको पृथ्वीचोकस्थित प्रादेसिक कार्यालयबाट शुरु भएको प्रभातफेरी पोखराको नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक हुँदै कार्यालयमा पुगि सभामा परिणत भएको थियो । सभालाई प्रादेशिक कार्यालय प्रमुख प्रतिमा श्रेष्ठले सम्बोधन गर्दै नेपालकै इतिहास बोकेको बैंकले आफ्नो सेवालाई प्रभावकारी ढंगले सञ्चालन गरिरहेको बताइन् । उनले पछिल्लो समय बढ्दो बैंकिङ प्रतिस्पर्धाका बीच पनि मुलुककै पुरानो बैंकले… पुरा पढौ

सैद्धान्तिक संघर्षका सिपाही श्रीनाथ

श्रीनाथ बराल सिद्धान्तमा अडिग सिपाही हुन्। उनी आफ्नो सिद्धान्तमा सतीसाल जस्तै स्थिर भएर उभिन्छन्। उनले संघर्षमै आस्था र विश्वास राख्छन्, संघर्षमै जीवन देख्छन्। उम्मेदवार बराल, मंसीर ४ को आसन्न निर्वाचनमा कास्की निर्वाचन क्षेत्र–२ बाट प्रतिनिधि सभाका लागि ५ दलीय गठबन्धनको तर्फबाट चुनावी संघर्षको मैदानमा छन्। हाल, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा अखिल नेपाल किसान महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका बराललाई गठबन्धनले प्रतिनिधिसभाका लागि सो क्षेत्रबाट साझा उम्मेदवारका रुपमा प्रस्तुत गरेको हो। आसन्न निर्वाचनमा कास्कीको ३ निर्वाचन क्षेत्रमध्ये… पुरा पढौ

‘दिगो विकास लक्ष्यप्राप्तिका लागि बहुमतको सरकार’ – विद्या भट्टराई

नेकपा एमालेका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकमा दिगो विकासका लागि बहुमतको सरकार आवश्यक रहेको औंल्याएकी छिन्। मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रचार–प्रसार कार्यक्रमको अवसरमा मंगलवार पोखरा–१६ मा भएको घर–दैलो कार्यक्रममा उनले मुलुकको राष्ट्रियता, स्वाभीमान र समग्र विकासका लागि एउटै दलको बहुमतको सरकारको खाँचो रहेको औल्याइन्। घरदैलो कार्यक्रममा मतदातासँग मत माग्दै स्थानीयका आवश्यकता र सुझाव संकलन गर्दै आएकी उनले सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतीकरण एवं कृषि बजारीकरणमा प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाइन्। नेकपा एमालेको… पुरा पढौ

देश र जनताको समृद्वि मेरो लक्ष्य – बराल

कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले देश र जनताको समृद्वि आफ्नो लक्ष्य भएको बताएका छन्। पोखरा–३२ मा मंगलबार घर–दैलो र मतदाता भेटघाटका क्रममा उनले त्यस्तो बताएका हुन्। उनले आम नेपालीको आवश्यकतालाई संसदमा उठाउने बताउँदै आफ्नो आवाजले सबैलाई न्याय गर्ने स्पष्ट पारे। उनले स्थानीय जनताको आवश्यकताअनुसार स्थानीयलाई खुशी बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाए। ‘जहाँ जे आवश्यकता छ, प्राथमिकताका आधारमा त्यहि गर्छु’, उनले भने, ‘यसले आवश्यकतालाई सम्बोधन गर्नेछ र स्थानीय खुशी हुनु हुनेछन्।’ उनले समय अभावका… पुरा पढौ