समाचार

चितुवाको आक्रमणबाट तीन घाइते

चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन् । वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् । वालिङ– १४ का वडाध्यक्ष बोधराज कुँवरका अनुसार वालिङ–१२ का किसान न्यौपाने, वालिङ–१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते हुनुभएको हो । कफ्लेटीस्थित खेतमा काम गरिरहेको अवस्थामा न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेको र भित्र जाँदा तुलसा र लक्ष्मी घाइते हुनुभएको हो । घाइते हुनुभएकी तुलसाको अनुहारमा गहिरो… पुरा पढौ

स्पेनको एउटा सिंगो गाउँ नै बिक्रिमा

उत्तर पश्चिमी स्पेनको ’साल्टो डी क्यास्त्रो’ गाउँ बिक्रीमा राखिएको छ। यसको मूल्य २ लाख ५९ हजार अमेरिकी डलर तोकिएको छ। पोर्चुगलको सीमानासँग जोडिएको जामोरा प्रान्तमा रहको साल्टो डी क्यास्त्रो गाउँ राजधानी म्याड्रिडबाट ३ देखि ४ घन्टाको ड्राइभबाट पुग्न सकिन्छ। सानो स्पेनी सहरमा भेटिने खालका थुप्रै भवन यहाँ पनि रहेका छन्। यहाँ कूल ४४ वटा घर, एउटा होटेल, एउटा चर्च, एउटा विद्यालय, एउटा महानगरीय पौडी पोखरी र सबैका घरमा सुरक्षा प्रदान गर्न प्रयोग हुने एउटा ब्यारेक भवनसमेत छ। तर, यो गाउँमा… पुरा पढौ

रूस–युक्रेन युद्धमा २ लाख सेना र ४० हजार सर्वसाधारण मारिए

अमेरिकाका वरिष्ठ सैनिक जनरलले युक्रेन युद्धमा अहिलेसम्ममा करिब १ लाख रूसी र १ लाख बराबर नै युक्रेनी सैनिक मारिइसकेका जनाएका छन्। अमेरिकाको संयुक्त सेना प्रमुखहरुका अध्यक्ष जनरल मार्क मिल्लीले द्वन्द्व सुरु भएयता करिब ४० हजारको संख्यामा सर्वसाधारणको पनि ज्यान गइसकेको बताएका छन्। कुनै पश्चिमी अधिकारीले युक्रेन युद्धलाई लिएर दिएको यो सबैभन्दा ठूलो मृतक संख्याको तथ्यांक हो। उनले किभले मस्कोसँग पुन: वार्तामा प्रवेश गर्ने आफ्नो इच्छाका संकेतहरु दिइरहेको पनि जनाएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुन: वार्ता सुरु गर्नुअघि रूसी समकक्षी… पुरा पढौ

रुसी राष्ट्रपति पुटिन जी–२० सम्मेलनमा सहभागी नहुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इन्डोनेसियाको बालीमा हुन लागेको विश्व नेताहरूको जी–२० शिखर सम्मेलनमा सहभागी नहुने भएका छन्। रुसी विदेशमन्त्री सर्गेई लाभरोभले शिखर सम्मेलनमा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। पुटिनले युक्रेनमा युद्ध सुरु गरेपछि विश्वका ठूला अर्थतन्त्रका नेताहरूको पहिलो भेला हुनेछ। इन्डोनेसियास्थित मस्को दूतावासले एएफपी समाचार एजेन्सीलाई पुटिन कार्यक्रमा सहभागी हुनेबारे ‘अझैपनि काम भइरहेको’ र रुसी नेताले शिखर सम्मेलनमा भाग लिन सक्ने बताएको छ। इन्डोनेसियाका एक सरकारी अधिकारीले यसअघि रोयटर्स समाचार एजेन्सीलाई लाभरोभले पुटिनको प्रतिनिधित्व गर्ने र रुसी राष्ट्रपतिले शिखर… पुरा पढौ

मतपत्र सबै क्षेत्रमा पुग्यो

४ मंसीरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्‍याइएको छ। निर्वाचन आयोगका अनुसार देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो। मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा ढुवानी गरिएको हो। अब त्यहाँबाट हरेक मतदान केन्द्रमा मतपत्र पुर्‍याइनेछ। संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि २/२ वटा मतपत्र छापिएका छन्। प्रत्यक्षका लागि ३ करोड ९७ लाख ८९ हजार ५ सय र समानुपातिकका लागि ४ करोड ६… पुरा पढौ

जनयुद्धको भट्टीमा खारिएका रामजी : विचारमा स्पष्ट, सिद्धान्तमा दृढ, व्यवहारमा जिम्मेवार

पोखरा, कात्तिक २४ ‘विचारमा स्पष्टता, सिद्धान्तमा दृढ र व्यवहारमा जिम्मेवार’ कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामजी बराल जीवनको पहिचान हो । जनयुद्धको भट्टीमा खारिएका उनी अहिलेपनि नबुझ्नेहरुका लागि रुढ लाग्न सक्छन् । तर उनी सँधै स्पष्ट बिचार लिएर हिंडेका कम्युनिष्ट नेता हुन् । जनयुद्धको राप र तापमा हुर्किएको माओवादीको सिद्धान्तमा उनी सदैव दृढ छन् । युद्धकालीन समयमा कयौं सहिद भए, कयौं वेपत्ता भए, अनि कयौं घाईते तथा अपाङ्ग बनेको नजिकबाट नियालेका उनी शान्ति प्रक्रियामा आएपछि आफैले… पुरा पढौ

दामोदर बैरागी : मजदुर आन्दोलनबाट खारिएका अवसर नपाएका नेता

पोखरा, कात्तिक २३ राजनीतिमा कतिले अवसर पाउँछन् त कतिले अवसर नै पाउँदैनन् । अवसर पाउनेले गरेर देखाए सँधै स्थापित हुने मौका पाउँछ भने गर्न नसक्ने सँधैका लागि पन्छिने खतरापनि रहन्छ । तर क्षमता, योग्यता र पार्टीमा योगदान हुँदाहुँदैपनि कतिपयले भने जिन्दगीभरी अवसर नपाउन सक्छन् । यस्तै अवसर नपाएका एक नेता हुन् दामोदर पौडेल (बैरागी) । २०७० सालमा संविधान सभा सदस्य र २०७४ मा प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका उनी अन्तिममा टिकट नपाउने अभागी राजनीतिज्ञपनि हुन् । झण्डै चार… पुरा पढौ

अनलाइनमा चुनावी विज्ञापन गर्न पाइने

निर्वाचन आयोगले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले अनलाइनमा विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने जनाएको छ। निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भइ प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका अनलाइन संचारमाध्यमबाट प्रचार–प्रसार गर्न पाउने निर्णय गरेको आयोगले जनाएको छ। राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचार–प्रसारसम्बन्धी बढीमा एक मिनेटसम्मको श्रव्यदृश्य सामग्री अनलाइन सञ्चारमाध्यमबाट प्रसारण गराउन सक्ने व्यवस्था छ। त्यस्तै, राजनीतिक दलले… पुरा पढौ

लागुऔषधसहित तनहुँ आँबुखैरेनीबाट १ किशोर पक्राउ

लागुऔषधसहित तनहुँ आँबुखैरेनीबाट १ किशोर पक्राउ परेका छन्। आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५९ एम्पुल, फेनारगन ५९ एम्पुल र नुर्फिन ६० एम्पुलसहित व्यास नगरपालिका–४ बस्ने १८ वर्षीय एक किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.१ ख ८५९५ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी बसमा सवार उनलाई पक्राउ गरेको हो। पुरा पढौ

पोखरामा लागुऔषधसहित हेमन्त पक्राउ

पोखरा महानगरपालिका–२७ अर्घौ चोकबाट लागुऔषधसहित हेमन्त थापामगर पक्राउ परेका छन्। पोखरा महानगपालिका–३० बस्दै आएका हेमन्तलाई कास्की प्रहरीले बुधबार साँझ लागु औषसहित पक्राउ गरेको हो। हेमन्तको साथबाट नुर्फिन ३२ एम्पुल, फेनारगन ३२ एम्पुल, डाइजेपाम ३२ एम्पुल र नगद १२ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले ग.१७ प ५७७१ नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी स्कुटर चालक हेमन्तलाई पक्राउ गरेको हो। कास्की जिल्ला अदालतबाट म्याद थप गरी हेमन्तलाई अनुसन्धान प्रकृया अगाडि बढाएको कास्की… पुरा पढौ