समाचार

चन्द्रग्रहण : भरणी नक्षत्र र मेष राशिलाई कष्ट

काठमाण्डौं । कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम’ मा उल्लेख गरिएको छ । यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल… पुरा पढौ

मालिक होईन सेवक भएर काम गर्छु : एमाले नेत्री भट्टराई

पोखरा । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले आफु मालिक होइन जनताको सेवक भएर काम गर्ने बताएकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत आज पोखरा महानगरपालिका वडा नं. ७ र ८ भएको घरदैलो कार्यक्रममा उनले आवश्यक निती निर्माणसंगै समृद्धिको अभियानमा जुट्ने मतदातासंग प्रतिवद्धता व्यक्त गरिन् । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेकी नेत्री भट्टराईले समृद्ध नेपाल, सुखी नोपली पार्टीको अर्जुन दृष्टि भएको उल्लेख गर्दै… पुरा पढौ

कांग्रेस गण्डकी प्रदेश निर्वाचन परिचालनको वैठकबाट विविध निर्णय

पोखरा । नेपाली कांग्रेस केन्द्रीय परिचालन समितिद्वारा गठित गण्डकी प्रदेश निर्वाचन परिचालन समन्वय समितिको बैठक आज नेपाली कांग्रेस गण्डकी प्रदेश सभाहलमा बसेको छ । आसन्न मंसीर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुलाई निर्वाचित बनाउनको लागि विशेष वैठक बसेको हो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले अहिलेको निर्वाचन व्यक्ति–व्यक्ति विचको लडाई नभई पार्टी विचको लडाई भएको जानकारी दिए । उनले संविधानको रक्षा, जनताको सुरक्षा र स्थायी नेतृत्व पक्ष र विपक्षका… पुरा पढौ

पहिलेका सारथी अहिलेका प्रतिष्पर्धी, पहिलेका प्रतिष्पर्धी अहिलेका सारथी

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ (१) हेभिवेट प्रतिष्पर्धी क्षेत्र हो । जहाँ नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व जनमुक्ति सेनाका बटालियन कमाण्डर दीपक कोईराला प्रतिष्पर्धामा छन् । गण्डकी प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा होमिएका यी दुई उम्मेदवार मध्ये अधिकारी पूर्व गृह तथा स्वास्थ्य मन्त्री हुन् भने कोईराला गण्डकी प्रदेश सभा अन्तर्गतको अर्थ तथा विकास समितिका निवर्तमान सभापति हुन् । राजनीतिमा जेपनि हुन्छ भन्ने यो निर्वाचन क्षेत्रमा भएको भिडन्तले… पुरा पढौ

लुम्ले–लान्द्रुकका जनताको अपेक्षा पिचबाटो र पानी

पोखरा । कास्की ३ का एमाले उम्मेदवारहरुले कास्कीको अन्नपूर्ण गाउँपालिका ७ र ८ को लुम्ले, पात्लीखेत, माझगाउँ, भिरचोक, टोल्का, लान्द्रुक लगायत क्षेत्रका जनताहरुसंग भेटघाट गरेका छन् । सो क्षेत्रका प्रतिनिधी सभा उम्मेदवार दामोदर बैरागी र प्रदेश सभा उम्मेदवार राजीव पहारीसंग त्यहाँका जनताहरुले पिचबाटो र खानेपानीको अपेक्षा राखेको बताए । ‘हामीलाई पनि नयाँपुल–घान्द्रुकको जस्तै पिच चाहिएको छ, लान्द्रुकमा भएको भेटघाटमा त्यहाँका स्थानियहरुले उम्मेदवारलाई सुनाए । ‘राजीव पहारीले लुम्रे–लान्द्रुक बाटो खन्नुभएको छ, अब पिच गर्ने पनि उहाँलेनै हो’उनीहरुको भनाई छ । आमा… पुरा पढौ

जनताका समस्यालाई आफ्नै ठानी समाधानका लागि पहल गर्छु : उम्मेद्वार बराल

पोखरा । कास्की क्षेत्र नं. ३ (ख) का गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेद्वार प्रकाश बरालले आइतबार पोखरा महानगरपालिका वडा नं. ५ मा घरदैलो गरे । वडाका प्रस्याङ, रातोमाटा, शिवालय, धर्मस्थली, धारापानी लगायतका क्षेत्रमा उनले मतदाता भेटघाट गरे । नेपाली कांग्रेसका पार्टी सभापति प्रकाश बरालका अनुसार उम्मेद्वार नै सहभागी भएर घरदैलोमा जाँदा मतदाता निकै खुशी भए । स्वयं उम्मेद्वारसंगै आफ्ना समस्या राख्न पाउँदा मतदाताले ठूलो राहत महसूस गरेको उनले बताए । उम्मेद्वार बरालसंग स्थानीय खड्कबहादुर साहीले फिर्के खोलाले आफूहरुको उठिवास… पुरा पढौ

समाज र समृद्धिको विषयमा सबैको साझा हुँ : बराल

पोखरा । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार किशोरदत्त बरालले समाज र समृद्विको विषयमा आफू सबैको साझा भएको बताएका छन् । ‘राजनीतिक रुपमा म काँग्रेस हुँ, कास्की काँग्रेसको सभापति हुँ, उनले भने – समृद्वि र समाजको विषयमा म सबैको साझा हुँ ।’कस्कीको रुपा गाउँपालिकाको बराथोक, मियाँ गाउँ, भीरचोक, फालभज्याङ, मोहरिया, माझकोट, चिसापानी, देउराली लगायतका स्थानमा आयोजित घरदैलो तथा कोणसभामा बोल्दै उनले त्यस्तो बताएका हुन् । अघिल्लो निर्वाचनमा बहुमत प्राप्त दल नेकपा एमालेले जनअधिकार र संविधानलाई कमजोर बनाएका… पुरा पढौ

खाडीमा होइन, स्वदेशमै जवानी : उम्मेदवार गुरुङ

पोखरा । व्यवस्था फेरिएपछि दिनहुँ काठमाडौंबाट विदेश उड्नेको लर्को टुटेको छैन, अझ लामो हुँदै छ । देशको अर्थव्यवस्थामा रेमिट्यान्सको ठूलो हिस्सा छ । नेपालको समृद्धि देशमै राजगारी र आत्मनिर्भर अर्थतन्त्रको विकास नभएसम्म सम्भव छैन । यही कुरालाई दृष्टिगत गरी कास्की २ का एमाले उम्मेदवारले युवालाई देशमै रोजगारीको अवसर सिर्जना गर्न पहलकदमी लिने प्रतिवद्धता गरेका छन् । एमालेबाट कास्की २ (२) की उम्मेदवार मीना गुरुङले नयाँ नेपालको सपना देशमै रोजगारी र दह्रो अर्थतन्त्र निर्माण नभएसम्म सम्भव नहुने बताइन् । आइतबार पोखरा… पुरा पढौ

‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अल्पकालीन आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले ‘नो नट अगेन’ सम्बन्धी रिटमा कारबाही अघि नबढाउन निर्वाचन आयोगलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले कार्तिक २४ गते रिट निवेदक र विपक्षी दुवैलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ । ‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध लगाउने निर्वाचन आयोगको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले निर्वाचन आयोगका नाममा प्रतिबन्ध नलगाउन अल्पकालिन आदेश जारी गरेको हो । नो नट अगेनमाथि प्रतिबन्ध लगाउने गरी निर्वाचन आयोगले जारी… पुरा पढौ

पर्यटकीय महत्व राख्ने ल्वाङको सडक स्तरोन्नती गछौंः उमेदवार बराल

पोखरा । पाँच दलीय गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल जीवनले पर्यटकीय महत्व राख्ने ल्वाङको सडक स्तरोन्नती गर्ने बताएका छन्। कास्कीको माछापुच्छ«े गाँउपालिका विभिन्न पर्यटकीय गाँउहरुको घर दैलो कार्यक्रममा आइतबार पुगेका उमेदवार बरालले पर्यटकीय महत्व रहेको ल्वाङमा पिच सडक निर्माणमा आफ्नो तर्फबाट बिषेश पहल गरी सडक स्तरोन्नती गर्ने बताएका हुन्। गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री समेत रहेका उमेदवार बरालले भने “यसै चालु आर्थिक बर्षमा ल्वाङ सडक स्तरोन्नतीको लागि एक करोड बजेट विनियोजन… पुरा पढौ