समाचार

उम्मेदवारलाई धन्यवाद भन्दै मतदाताले मागे कालोपत्रे र खानेपानी

पोखरा, २० कात्तिक सांसदको मुख्य जिम्मेवारी कानुन निर्माण नै हो । तथापि नेपालका विकास, निर्माणको अगुवाइसमेत सांसदले गर्दै आएका छन् । सोही कारणले अहिले उम्मेदवारसँग मतदाता विभिन्न विकास, निर्माणका प्रतिवद्धता मागिरहेका छन् । कास्की ३ का मतदाताले पनि शनिबार सत्ता गठबन्धनका उम्मेदवारसँग आफूले भोग्नुपरेका अप्ठेरा सुनाए । आवश्यक विकास, निर्माणको प्रतिवद्धता मागे । कास्की ३ बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार राजमीप्रसाद बराल (जीवन)ले निर्वाचनपछिको विकास, निर्माणका काममा पनि गठबन्धनकै सहकार्यमा अघि बढ्ने बताए । उनले मेलबोट अस्ताम, धिताल धुम्पुस… पुरा पढौ

असी प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा

भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा वायु प्रदूषणमा भएको वृद्धिले स्वास्थ्य जोखिम बढाइरहेका बेला सार्वजनिक भएको एक सर्वेक्षणले महानगर र आसपासका क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवार वायु प्रदुषणसँग सम्बन्धित रोग भएको देखाएको छ । वायुको गुणस्तर सूचकाङ्कले गम्भीरतह पार गरेको वर्तमान सन्दर्भमा सार्वजनिक भएको नयाँ सर्वेक्षण र त्यसका निष्कर्षलाई महत्वपूर्ण मानिएको छ । सर्वेक्षणका निष्कर्षलाई उद्धृत गर्दै बिजनेस स्ट्यान्डर्ड दैनिकले छापेको समाचारअनुसार नयाँदिल्ली र वरपरका क्षेत्रमा बसोबास गर्ने प्रत्येक पाँच परिवारमध्ये चारले प्रदूषण–सम्बन्धित रोगको शिकार भएको अनुभव गरिरहेको छन् ।… पुरा पढौ

निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार बन्छ: प्रवक्ता महत

महेन्द्रनगर । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी मङ्सिरमा हुने निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने बताएका छन् । प्रवक्ता डा महतले भने, “लामो समयदेखि अवरुद्ध विकास प्रक्रियालाई गति दिन तथा नेपालको समृद्धिका लागि पनि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक छ र आगामी निर्वाचनपछि यस्तो सरकार बन्छ ।” आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “विभिन्नरुपमा संविधानको मूल मर्ममाथि प्रहार हुन थाल्यो । प्रतिगामी विभिन्न बहानामा सल्बलाउने जस्तो देखियो र नेपाली जनताले नै वर्तमान सरकारको चाह गरेका हुन्… पुरा पढौ

१३ वर्षदेखि फरार अभियुक्त पक्राउ

बागलुङ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका ढोरपाटन नगरपालिका, बोबाङ गाउँका पिमबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । विसं २०६६ पुस ३ मा सोही ठाउँका मनप्रसाद विकको कुटपिटपछि मृत्यु भएको घटनामा सर्वोच्च अदालतले विसं २०६८ वैशाख १४ मा गरेको फैसलाअनुसार पिमबहादुर दोषी ठहरिएका थिए । सर्वोच्चबाट १२ वर्ष छ महिना कैद सजाय तोकिएपछि फरार रहेका पिमबहादुरलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्त ६० वर्षीय पिमबहादुरलाई कैद भुक्तान प्रक्रियाका लागि जिल्ला… पुरा पढौ

दिवाङ्गत खेलाडी थापाको शालिक निर्माणमा सरकारले सहजीकरण गर्ने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ज्यान गुमाउने खेलाडी निस्सिम थापाको अर्धकदको शालिक बनाउन सहजीकरण गर्ने बताएका छन् । थापाको परिवारले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री नेपालीले खेलाडीका परिवारलाई क्षतिपूर्ति दिलाउन र अर्धकदको शालिक निर्माणका लागि प्रदेश सरकारले सहजीकरण गर्ने बताए । गत असोज ३० गते प्याराग्लाइडिङ खेलका क्रममा थापाको मृत्यु भएको थियो । उनी त्रिभुवन आर्मी क्लबका तर्फबाट प्रतियोगितामा सहभागी थिए। उनको मृत्युपछि आयोजक संस्थाले दिवङ्गत थापालाई मानार्थ गोल्डमेडल प्रदान गरेको थियो । साथै उनको… पुरा पढौ

प्रदेशका योजनाले रुप नै फेरिएको रुपा

बर्खामा हिलो र हिउँदमा धुलो हुने मोटरबाटो हेरेर रुपा गाउँपालिका–३ टाकन्जाका भरत छिमालले आफ्नो आधा जीवन बिताए । बाटोकै कारण पोखरा आउँजाउँ गर्न कठिन थियो । हम्मेसी गाडी चल्दैनथ्यो । कास्की जिल्लामै भए पनि मोटरबाटोकै कारण विकट मानिने टाकन्जामा ‘रुपा रिङरोड’को योजना पुग्यो । रिङरोड निर्माणपछि रुपाको रुप फेरियो । गण्डकी प्रदेश सरकारले ल्याएको ‘एक निर्वाचन क्षेत्र, एक नमुना सडक’ अन्तरगत रुपा रिङरोड बनेको हो । प्रदेश सांसदले योजना छनोट गर्ने व्यवस्था अन्तर्गत कास्की १(१) बाट ०७४ मा निर्वाचित दीपक… पुरा पढौ

दीपशिखा सामुदायिक पुस्तकालयको १५ औं साधारणसभा सकियो

पोखरा महानगरपालिका–२९ स्थित दीपशिखा सामुदायिक पुस्तकालयको १५ आंै साधारणसभा शनिवार सम्पन्न भएको छ। गण्डकी प्रदेशका शिक्षा संस्कृति तथा प्रविधि मन्त्रालयका उपसचिव भोजराज न्यौपानेले पुस्तकालयको उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै सचिव न्यौपानेले नेपाल सरकार शिक्षा संस्कृति तथा प्रविधि मन्त्रालयबाट वर्षकै उत्कृष्ट पुस्तकालयका रुपमा पुरस्कृत बन्न सफल भएकोमा बधाई ज्ञापन गरे। पाठकहरु निरन्तर पुस्तकालय आउने वातावरणका लागि अझै लागि रहन उनको आग्रह थियो। कार्यक्रममा आजीवन सदस्य डिल्लिराम पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष विनोद श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिए। साधारणसभामा पुस्तकालयका कार्यसमितिका सचिव… पुरा पढौ

यु–१५ महिला साफ च्याम्पियनसीप: नेपालले बंगलादेशलाई हरायो

बंगलादेशमा जारी यु–१५ साफ महिला च्याम्पियनसीप फुटबलमा नेपालले बंगलादेशलाई हराएको छ। नेपालले बंगलादेशलाई १–० गोलले हराएको हो। नेपालका लागि ८६ औँ मिनेटमा वर्षा ओलीले निर्णायक गोल गरिन्। बंगलादेशलाई हराएसँगै नेपाल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। बंगलादेश ३ अंकसहित दोस्रो स्थानमा र भुटान अंकविहीन रहँदै पुछारमा छ। आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुवैले भुटानलाई हराएका थिए। बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको हो भने उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८–० गोल अन्तरले हराएको थियो। च्याम्पियनसीपमा आयोजक बंगलादेशसँगै… पुरा पढौ

नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले हो : अध्यक्ष ओली

काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने योजना र प्रतिबद्धता भएको मुलुकमा एकमात्र पार्टी एमाले भएको बताएका छन् । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै उनले नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले भएको बताएका हुन् । “नेपाललाई बलियो योजना र प्रतिबद्धतासहितको राष्ट्रिय शक्ति चाहिएको छ”, एमाले अध्यक्ष ओलीले भने, “देशको विकास गर्ने र जनताको बलियो आधार भएको एमाले पार्टी हो ।” देशको राष्ट्रियताको संरक्षण, मुलुकमा स्थायी शान्ति कायम गर्ने र जनताको भावना… पुरा पढौ

बेलबारी गोल्डकप: सहारालाई एपीएफ बाधक

पोखराको सहारा क्लब मोरङको बेलबारीमा जारी पाँचौ संस्करणको बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। उपाधि जित्ने लक्षसहित मोरङको बेलबारी डांगीहाट उत्रिएको सहारालाई सेमिफाइनल पुग्नबाट विभागीय एपीएफ बाधक बन्यो। उत्कृष्ट खेल पस्केको सहाराले विभागीय सशस्त्र प्रहरीको एपीएफ (काठमाण्डौं) सँग टाइब्रेकरमा ५–४ ले हार ब्यहोर्‍यो।निर्धारित ८० मिनेटमा दुबै टोलीले १–१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा सहाराका कप्तान अजित भण्डारीसहित सरोज योञ्जन, दीपेश आलेमगर, जय गुरुङले टाइब्रेकरमा गोल गर्न सफल भए। आशिष गुरुङको टाइब्रेकर सूट भने… पुरा पढौ