समाचार

प्राधिकरणले सोध्यो ‘वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण’

काठमाण्डौं । उडान तालिका स्वीकृत नगराई यात्रुलाई बोर्डिङ पास दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै उडान स्वीकृत नभई बोर्डिङ पास दिएर विमानस्थलको सुरक्षामा गम्भीर असर परेकोप्रति चासो जनाउँदै निगमलाई स्पष्टीकरण सोधेको हो । निगमका प्रवक्ता जगन्नाथ निरौलाले निगमको लापर्बाहीले यात्रुलाई दुःख दिएको घटनाप्रति जवाफ मागेर स्पष्टीकरण सोधिएको बताए । अनुमतिबिना नै यात्रुलाई बोर्डिङ पास दिएर अलपत्र पार्ने निगमलाई २४ घण्टाभित्र के कारणले… पुरा पढौ

एकीकृत समाजवादीको घोषणापत्र : निर्वाचन प्रणालीमा सुधार जरुरी

काठमाण्डौं । नेकपा(एकीकृत समाजवादी) ले महँगो प्रणालीका कारण राजनीतिमा त्याग गरेका र आर्थिकरुपमा कमजोर व्यक्तिले कहिल्यै शासकीय जिम्मेवारीमा पुग्न नसक्ने ठहर गर्दै निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएको छ । सो पार्टीले आज सार्वजनिक गरेको प्रतिनिधिसभा र प्रदेशसभा–२०७९ निर्वाचन घोषणापत्रमा मुलुकका लागि समय सुहाउँदो निर्वाचन प्रणाली अङ्गीकार गर्ने उल्लेख गरेको छ । समाजवादीको घोषणापत्रमा भनिएको छ, “अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो र जटिलसमेत छ । हामी यस निर्वाचन प्रणालीमा सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ । यसैपटक… पुरा पढौ

यसवर्ष आर्थिक वृद्धिदर ५.८ र मूल्य वृद्धि ६.३ प्रतिशत : विश्व बैंक

काठमाण्डौं । विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव आठ प्रतिशत रहने आकलन गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन आज सार्वजनिक गर्दै विश्व बैंकले यसवर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पाँच दशमलव आठ प्रतिशतले बढ्ने आकलन गरेको हो । सन् २०२३ मा पाँच दशमलव एक र सन् २०२४ मा चार दशमलव नौ प्रतिशतले जिडिपी बृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अघिल्लो साता… पुरा पढौ

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेविरुद्ध मुद्दा दायर

काठमाण्डौं । जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । किशोरी बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध उक्त मुद्दा दायर गरिएको हो । मुद्दामाथि मङ्गलबारदेखि थुनछेक बहस हुनेछ । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद हुनुपर्ने माग गरिएको छ । सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो । प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गरेका गर्दै आफू निर्दोष रहेको… पुरा पढौ

माओवादी केन्द्रको प्रतिबद्धतापत्र : ३० लाख विदेशी पर्यटक भित्र्याउने आधार तयार गर्ने लक्ष्य

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) ले मुलुकको आर्थिक समृद्धिको महत्पूर्ण आधार मानिने पर्यटन क्षेत्रको विकासका लागि नेपाल भ्रमण वर्ष घोषणा गरी ३० लाख विदेशी पर्यटक भित्रने आधार तयार गर्ने लक्ष्य लिएको छ । आगामी निर्वाचनका लागि पार्टीको चुनावी प्रतिबद्धतापत्र आज सार्वजनिक गर्दै माओवादी केन्द्रले कोभिड महामारीलगायतका प्रकोपका कारण स्थगित नेपाल भ्रमण वर्षलाई थप परिस्कृत र विकास गरी भ्रमण वर्ष कार्यक्रममार्फत ३० लाख पर्यटक भित्र्याउने आधार तयार गर्ने भएको हो । नेपालका पर्यटकीय गन्तव्यहरूको विश्वव्यापी प्रचारप्रसार र बजारीकरणका लागि निजी क्षेत्रसँग… पुरा पढौ

पर्यटन र जलविद्युतलाई गौरवको योजना बनाउछु: जल बहादुर पुर्जा पुन

पर्वत । प्रतिनिधि सभा सदस्य उम्मेदवार जल बहादुर पुर्जा पुनले पर्बतमा सम्भावना भएका पर्यटन र जलविद्युतलाई राष्ट्रिय गौरव आयोजनाको रुपमा अघि बढाउने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्बतबाट प्रतिनिधिसभा उम्मेदवार बनेका पुनले आफ्नो उम्मेदवारी आर्थिक विकास र भ्रष्टचार मुक्त समाज बनाउनु रहेको बताए । पर्वतले पर्यटन र विद्युतको क्षेत्रमा प्रचुर सम्भावना बोकेको र त्यसको पहिचान गरि अघि बढाउन सके जिल्लाको आर्थिक उन्नति हुने उनको भनाइ छ । घरदैलो अभियानमा हिडेका उनले आफुले विजयी हासिल गरेका पर्वतको मुहार फेर्नका… पुरा पढौ

हामीलाई जनताको साथ छ: स्वतन्त्र उम्मेद्धार राजु

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी कास्की क्षेत्र नं १ का उम्मेदवार राजु राइले आफुहरलाई सहयोग मिलेको बताएका छन् । सबै ठाउँमा हामीलाई सकारात्क हौसाला मिलेको छ । हामीलाई सबैले स्वागत गर्नु भएको छ हामीले घरदैलो भेटघाटको अन्तरलमा मोहोरिया टोल वडा ३१, खुदि डुङ्गेपाटन ३०, पावरहाउस २७, सैनिक बस्ति २९ घुमियो सबैको विचार सकारात्मक देखियो,उनले भने ।जनता अन्य पार्टीले दिएको आश्वासले मात्र पनि आतिएका छन् । हामीले विकासको योजना लिएर आएको थाहा पाएपछी स्वागत गर्नु भएको राजुले बताए । पुराना पार्टीले… पुरा पढौ

जब अभिवादन, जय नेपाल र लाल सलामको सम्बोधले प्रज्ञा भवन गुन्जियो…

काठमाडौं । प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, वक्ता हुन् वा कार्यक्रम सञ्चालक, सबैले नछुटाइ र दोहोर्‍याएर गर्ने सम्बोधन, अभिवादन, जय नेपाल र लाल सलाम । दर्शक दीर्घामा खचाखच बसेका नेता कार्यकर्ताहरूको पनि त्यही माग र त्यही भावभंगिमा अभिवादन, जय नेपाल र लाल सलाम फर्काएपछि हरेक वक्ताले सम्बोधन सुरु गर्दा र अन्त्य गर्दा हल गुन्जायमान बन्थ्यो । वक्ता र स्रोताको लय देखेर बाक्लो संख्यामा उपस्थित सञ्चारकर्मी समेत चकित थिए । कमै सुन्न पाइने यस्तो सम्बोधन आइतबार प्रज्ञा भवन कमलादीमा सिन्धुपाल्चोक सम्पर्क समन्वय समिति/मञ्चको संयुक्त भेलामा भएको थियो ।… पुरा पढौ

निर्वाचनले देशमा परिर्वतन चाहने शक्तिको जीत हुने: अध्यक्ष ओली

नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नजिकिएको निर्वाचनले देशमा परिर्वतन चाहने शक्तिको जीत हुने बताएका छन् । “ देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ”, झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका अध्यक्ष ओलीले आज बिहान आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिका– ३ क्याम्पामा आयोजित चुनावी भेलालाई संवोधन गर्दै सो धारणा व्यक्त गरे । उनले मङ्सिर ४ को आम निर्वाचनपछि देशमा एमाले नेतृत्वको सरकार बन्ने बताए। अबको निर्वाचनपछि एमाले नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र… पुरा पढौ

सङ्गीता धामी:‘सागका स्वर्ण, निर्वाचनमा म्यादी’

महेन्द्रनगर । खेलकुद क्षेत्रमा पछिल्लो समय उदयीमान खेलाडीका रुपमा आफूलाई स्थापित गरेकी कुस्ती खेलाडी सङ्गीता धामी आसन्न मङ्सिर ४ गते हुने निर्वाचन सुरक्षामा खटिन म्यादी प्रहरीमा भर्ना भएकी छिन । पारिवारिक आर्थिक अवस्था नाजुक हुँदा आफू म्यादी प्रहरीमा भर्ना भएको धामीको भनाइ छ । हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक विजेता धामी १३औँ दक्षिण एशियाली खेलुकद प्रतियोगिता ९साग० मा पहिलो पटक स्वर्ण जित्ने नेपाली महिला खेलाडी हुन् । “हामीले खेलकुदका माध्यमबाट देश चिनाएर आफ्नो कर्तव्य पूरा ग¥यौ”, हाल जिल्ला… पुरा पढौ