समाचार

कास्की १ मा जिल्ला प्रमुखबीच नै प्रतिस्पर्धा

कास्की । कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा ९एमाले० जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ । यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी दौडमा छन् । हुन त यस क्षेत्रमा अन्य दल स्वतन्त्र गरी १४ उम्मेदवार भएका छन् । तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमाले उम्मेदवारबीच नै हुने देखिएको छ । कास्की–१ मा कांग्रेस र एमाले जिल्ला प्रमुखहरूको प्रतिस्पर्धा हुने भएकाले बराल र गुरुङमध्ये कसले बाजी मार्ने हो भन्ने विषय बढी चर्चामा… पुरा पढौ

पर्यटकीयस्थल जोड्ने पदमार्ग

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेका संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग बनेको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुँदै बाजाढुङ्गासम्म जोड्ने रेलिङसहितको पदमार्ग निर्माण भएको हो । यसैगरी रुप्से झरनाको शिरको डाँडामा सम्माएर वरपर रेलिङ राखी दृश्यावलोकन गर्ने ठाउँ बनाइएको वडा सदस्य लालबहादुर पुनले जानकारी दिए । मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटकलाई अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा अवलोकन गर्ने सुविधाका लागि पदमार्ग बनाइएको उनले बताए। रुप्से छहराको संरक्षण तथा… पुरा पढौ

एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दै

नेकपा एमालेले आज (मंगलबार) चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ। होटल याक एण्ड यतिमा आज दिउसो साढे १ बजे घोषणा पत्र सावर्जनिक गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागले जानकारी गराएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसीर ४ गते हुँदैछ। निर्वाचनलाई लक्षित गर्दै एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्। पुरा पढौ

निर्वाचन आयोगविरुद्ध परेको रिटमा आज सुनुवाई

निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा परेको रिट दायरपछि आज (मंगलबार) सुनुवाइ हुने भएको छ। सोमबार रिट दायर भएपछि आजका लागि प्रारम्भीक सुनुवाइको समय तोकिएको हो। सोमबार अधिवक्ता अनील आचार्यले ‘नो नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए। रिटमा संविधानको धारा १७ र १९ ले वयैक्तिक तथा प्रेस स्वतन्त्रता सम्बन्धी गरेको व्यवस्था विपरीत आयोगले ‘नो नट अगेन’ अभियनाविरुद्ध विज्ञप्ति जारी गरेको दाबी गरिएको छ। पुरा पढौ

कार्तिक १७ देखि मंसीर १ सम्म जुलुस, आमसभा र कोणसभा गर्न पाइने

निर्वाचन आयोगले आसन्न निर्वाचनमा उम्मेदवारहरूले कार्तिक १७ गतेदेखि मंसीर १ गतेसम्म प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ। मंसीर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने आयोगले स्पष्ट पारेको हो। आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार–प्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ। उक्त दफा १३ (म)… पुरा पढौ

चुनावमा सदर मत बढाउन मतदाता शिक्षा : निर्वाचन आयोग

निर्वाचन आयोगले आगामी मंसीर ४ गते हुने निर्वाचनमा बदर मत प्रतिशत घटाउन मतदाता शिक्षा कार्यक्रमलाई अभियानको रूपमा अघि बढाउने भएको छ। आयोगले स्वास्थ्य स्वयंसेविका परिचालन गरी निर्वाचनका लागि तयार गरिएको पम्प्लेट, पोष्टरलगायत सामग्री मतदाताको घर–दैलोमै पुर्‍याएर मतदाता शिक्षा प्रदान गर्ने तयारी गरेको छ। निर्वाचनका लागि तयार गरिएका त्यस्ता पम्प्लेट र पोष्टर सबै जिल्लामा पठाइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। मतदातालाई लक्षित गरी मतदानमा उनीहरूको अधिक सहभागिताका लागि शिक्षा प्रदान गरिने उद्देश्य रहेको यस कार्यक्रमले मतदान गर्ने सही तरीका… पुरा पढौ

उपल्लो मुस्ताङवासी चिसो छल्न बेँसी झरे

चिसो याम शुरू भएसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन्। कार्तिक लागेपछि उनीहरूले गाउँ छाडेर विभिन्न जिल्लामा घुम्ती व्यापार थालेका छन्। वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेँसी झरेर घुम्ती व्यापारमा लाग्ने गरेको छोसेरकी ल्यामु छिरिङले बताइन्। यसरी व्यापारमा निस्किएका मुस्ताङीले लत्ताकपडा, सियो, धागो, जिम्बु, सिद्रा, हिङ, माला, शिलाजितलगायत वस्तुको व्यापार गर्दै आएका छन्। हिउँदका ४ महिना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले असोज अन्तिम हप्ताभित्र अन्नबाली थन्काएर सर्वसाधारण बेँसी झर्ने गरेका छन्। विशेषगरी मुस्ताङका लोमान्थाङ, घमी, छोसेर,… पुरा पढौ

रुसको क्षेप्यास्त्र हमलापछि युक्रेनमा पानी र विद्युतको हाहाकार

रुसी फौजले संवेदनशील क्षेत्रलाई लक्षित गर्दै ५० वटा भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेपछि युक्रेनभरिकै विद्युत तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएको छ। राजधानी किभका मेयर भिताली क्लित्स्चकोका अनुसार त्यहाँ ८० प्रतिशत बासिन्दा बिना पानी र करिब ३ लाख ५० हजार अपार्टमेन्ट विद्युतविहीन अवस्थामा पुगेका छन्। उत्तर–पूर्वी सहर खार्किभमा पनि ऊर्जा आपूर्ति परिसरहरूमा क्षेप्यास्त्र आक्रमण गरिएका छन्। रुसले आफ्नो लामो दूरीको सटिक हतियारले युक्रेनको सैनिक कमान्ड र ऊर्जा प्रणालीमा लक्षित आक्रमण गरेको जनाएको छ। रुसी रक्षा मन्त्रालयले सम्पूर्ण निर्धारित वस्तुमाथि प्रहार… पुरा पढौ

इरान प्रदर्शन : तेहरानका १००० जनामाथि लगाइयो अभियोग

इरानभर फैलिएको सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित तेहरानका करिब १००० जनालाई अभियोग लगाइएको सरहका प्रमुख अभियोजकले बताएका छन्। सुरक्षा गार्डको हत्या, आगजनीसहित ‘तोडफोडका कार्यहरू’को आरोप लागेका संदिग्धहरूले यस हप्ता खुला सामूहिक परीक्षणको सामना गर्दैछन्। अधिकारीहरूले देशव्यापी रूपमा कति जनालाई पक्राउ गरेका छन् भनेर भनेका छैनन्, तर अधिकारकर्मीहरूले १४ हजार जत्तिलाई पक्राउ गरिएको बताएका छन्। इरानको ह्युमन राइट एक्टिभिस्ट न्यूज एजेन्सी (एचआरएएनए)ले प्रदर्शन सुरु भएयता ४५ बालबालिकासहित २८४ जना मारिएको बताएको छ। ‘अनुपयुक्त’ तरिकाले हिजाब लगाएको आरोपमा पक्राउ परेकी एक महिलाको हिरासतमै… पुरा पढौ

भारत गुजरातको मोरबी पुल दुर्घटना : भारतीय प्रहरीद्वारा ९ जना पक्राउ

भारतको गुजरात राज्यमा कम्तीमा १४१ जनाको ज्यान जानेगरी पुल भत्किएको घटनासँग सम्बन्धित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ४ जना मोरबी सहरमा पुल मर्मत गर्ने ठेक्का पाएको फर्मका कर्मचारी हुन्। उक्त दुर्घटना हुँदा १०० जना पुलमाथि थिए। थप बाँचेकाहरू फेला पार्ने आशा कम हुँदैछ। मृत्यु हुनेमा धेरै बालबालिका, महिला र वृद्धवृद्धा छन्। आन्तरिक पर्यटनको एउटा प्रमुख आकर्षण रहेको १४० वर्ष पुरानो झोलुङ्गे पुल मर्मत गरिएपछि गत हप्तामात्र पुन: खोलिएको थियो। आइतबार साँझ भएको दुर्घटनाको अनुसन्धान गरिरहेको प्रहरीले… पुरा पढौ