पोखरा । कास्कीमा नेकपा माओवादी केन्द्रका एक दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । एमाले गण्डकी प्रदेश संगठन कमिटीद्वारा सोमवार पोखरामा आयोजित कार्यक्रममा माओवादी प्रदेश कमिटी सदस्य राजु शर्मा तिमिल्सिना, पूर्व जिल्ला कमिटी सदस्य चुणामणी विक र भूपालबहादुर थापा, पोखरा १८ का उपाध्यक्ष नारायण तिमिल्सिना लगायत १२ जना एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी, प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, पोलिटव्युरो सदस्य सीता गिरी ओली, केन्द्रीय सदस्य कृष्ण थापालगायतका नेताहरूले स्वागत गरेका थिए ।…
पुरा पढौ