समाचार

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न

मिथिला क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै सम्पन्न गरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ । आज बिहान मिथिला क्षेत्रमा ६ बजेर १४ मिनेट जाँदाको समयको हाराहारीमा सूर्योदय भएको छ । मिथिलामा सूर्योदयको टुङ्गो मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गरिन्छ । यद्यपि मिथिला क्षेत्रमा… पुरा पढौ

रोधीघरझैँ सजिएको पटाङ्गिनी

शरद यामको पारिलो दिन । रोधीघरझैँ सजिएको पटाङ्गिनी । गुन्द्रीमा पलेँटी कसेका कलाकार । खचाखच दर्शकदीर्घा । आइतबार भिन्न रौनक थियो सर्वसिद्धिधाम पञ्चकोटमा । साँझ अबेरसम्मै पञ्चकोट लोकदोहोरीमय बन्यो । चल्तीका गायक गायिकाले लोकसङ्गीतप्रेमीलाई मन्त्रमुग्ध पारे । प्रत्यक्ष दोहोरीको घम्साघम्सी हेर्न,सुन्न पाएका दर्शक मक्ख भएर फर्के । बागलुङ नगरपालिका–६ स्थित धार्मिक गन्तव्यस्थल पञ्चकोटको प्रवद्र्धन गर्ने ध्येयले ‘इनेपाल रोधीघर’ले प्रत्यक्ष लोकदोहारीको चाँजोपाँजो मिलाएको हो । चर्चित कलाकार पशुपति शर्मा, अस्मिता डिसी, श्याम राना, रेनुका भट्टराईलगायत दोहोरीमा जमेका थिए । गायक÷गायिकाको रोचक… पुरा पढौ

भारतको गुजरातमा पुल भत्किँदा १४१ जनाको मृत्यु

भारतको गुजरातमा एउटा पुल भत्किँदा १४१ जनाको मृत्यु भएको छ। पुल भत्किँदा त्यहाँ ४ सय बढी मानिस रहेको अनुमान गरिएको छ। मच्छु नदीमा बनाइएको सस्पेन्सन पुल अचानक चुँडेको थियो। आइतबार बिदाका कारण घुम्न जानेहरु उक्त पुलमा रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। पुल एक्कासी चुँडिएपछि सेना, जलसेना, एयरफोर्स एनडीआरएफ, फायर ब्रिगेडलगायतको टोलीले उद्धार गरेको संचारमाध्यमहरुले जनाएको छ। अहिलेसम्म २ सय बढीको उद्धार गरिएको छ। पुरा पढौ

माओवादी, एकीकृत समाजवादी र राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्दै

मंसीर ४ गते हुने चुनावका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (सोमबार) घोषणापत्र सार्वजनिक गर्दैछन्। माओवादी केन्द्रले दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागेको जनाएको छ। माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उठाएको जनाएको छ। एकीकृत समाजवादीले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक गर्न लागेको छ। नागरिकको अधिकार, आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई विशेष जोड दिइएको घोषणापत्रमा उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने… पुरा पढौ

पीएम कप : पुलिसको सुखद सुरुवात

विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा सुखद सुरुवात गरेको छ। मुलपानी क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई १९२ रनले हरायो। पुलिसले दिएको २९० रनको विजयी लक्ष्य पछ्याएको बागमती २८ ओभरमा सबै विकेटको क्षतिमा ९७ रनमा समेटिएको थियो। बागमतीको लागि ईशान पाण्डेले सर्वाधिक २४ रन बनाए। रामनरेश गिरीले २२, प्रतिशत जिसीले १४ र नन्दन यादवले १० रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्। पुलिसका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। करण केसीले २… पुरा पढौ

पीएम कप: एपीएफको विजयी सुरुवात

विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ। त्रिवि मैदान कीर्तिपुरमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हरायो। एपीएफले दिएको २२० रनको विजय लक्ष्य पछ्याएको आर्मी ३२.१ ओभरमा सबै विकेटको क्षतिमा १६३ रनमा समेटिएको थियो। आर्मीका लागि हरि चौहानले ६५ र रोहित पौडेलले ५१ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा एपीएफका अमर रौटेलाले ४ विकेट लिए। कमल ऐरीले ३ तथा किशोर महतोले २… पुरा पढौ

ल्वाङबाट खानीगाउँ हुँदै अष्ट्रेलियन क्याम्पसम्म चक्रपथ: उम्मेदवार भण्डारी

पाँच दलीय गठबन्धनबाट कास्कीको निर्वाचन क्षेत्र नं ३ (१)का उम्मेदवार दुर्गादत्त भण्डारीले माछापुच्छ«े गाउँपालिकाको पर्यटकीय गाउँ ल्वाङको पर्यटन प्रवद्र्धनका लागि आफ्नो तर्फबाट सहयोग रहने बताएका छन्। चुनावी घरदैलोका क्रममा माछापुच्छ«े वडा नं ८ र ९ का विभिन्न स्थानमा पुगेका उम्मेदवार भण्डारीले माछापुच्छ«े गाउँपालिका पर्यटकीय हिसावले जिल्लामै उत्कृष्ट रहेकाले पर्यटन विकासका लागि पहल गर्ने प्रतिवद्धता जनाए। उनले ल्वाङबाट खानी गाउँ हुँदै अष्ट्रेलियन क्याम्पसम्म चक्रपथको नयाँ बाटो निर्माण आफूहरुको प्राथमिकतामा रहेको बताए। उनले पर्यटकीय गाउँ ल्वाङलाई पक्की कालोपत्रे सडकबाट जोड्ने र घलेल… पुरा पढौ

फूलबारी शान्तिपथ टोलविकास संस्थाको अध्यक्षमा दयासागर

पोखरा–१२ स्थित फूलबारी शान्तिपथ टोलविकास संस्थाको अध्यक्षमा दयासागर लामिछाने सर्वसम्मत चयन भएका छन्। संस्थाको आठौं अधिवेशन तथा १६ औं साधारण सभाबाट लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो। संस्थाको उपाध्यक्षमा पदम भण्डारी, सचिवमा अनुराग अधिकारी, सहसचिवमा प्रेमप्रसाद श्रेष्ठ र कोषाध्यक्ष बुद्धिप्रसाद सुवेदी चयन भएका छन्। यस्तै, सदस्यहरूमा पदमप्रसाद गौतम, रवीन्द्रराज पौडेल, श्रीप्रसाद कोइराला, पदम रेग्मी, मनु नेपाली, देवी शाही ठकुरी, डिलमाया गुरुङ, मनिराज श्रेष्ठ चयन भएका छन्। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १२ का वडा… पुरा पढौ

पाँच दलीय गठबन्धनका उमेदवारसामु सडक निर्माणमा जोड गर्न घान्द्रुकबासीको माग

पाँच दलीय गठबन्धनका साझा उमेदवार रामजीप्रसाद बराल जीवन र प्रकाश बरालसमक्ष कास्कीको पर्यटकीय गाँउ घान्द्रुकका स्थानियबासीले सडक निर्माणमा बिशेष जोड दिन माग गरेका छन्। जनतासँगको भेटघाट कार्यक्रममा आइतबार घान्द्रुक पुगेका उमेदवारहरुसमक्ष स्थानीयले घान्द्रुकको विकासको पहिलो प्रथामिकता सडक बाटो भएकोले त्यसलाई बिशेष ध्यान दिन आग्रह गरेका हुन्। घान्द्रुकको घरदैलो कार्यक्रमको क्रममा गुरुङ समुदायको परम्परागत काजदेभ पूजामा समेत सहभागी हुन पुगेका गठबन्धनका उमेदवारहरुलाई स्थानीयले आशिर्बाद प्रदान गरी देश र जनाताको पक्षमा काम गर्न उमेदवारलार्ई आग्रह गरे। गठबन्धनका उमेदवारहरुले चुनाव जित्ने निश्चित भएको… पुरा पढौ

विकास र समृद्धि नै हाम्रो मुख्य एजेण्डा: श्रीनाथ बराल

नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की–२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विकास र समृद्धि नै गठबन्धन र आफूहरुको मूल एजेण्डा रहेको औंल्याएका छन्। आइतबार विहान पोखरा–१५ मा गठबन्धन दलहरुको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने कामको थालनी नागरिकको तर्फबाट ४ मंसीरमा हुने धारणा राखे।‘मुल उद्देश्य भनेकै विकास र समृद्धि हाँसिल गर्ने हो। यो नै गठबन्धन र हामी उम्मेदवारको साझा संकल्प हो। त्यो संकल्पलाई… पुरा पढौ