समाचार

कास्की–१ मा नेपाल राष्ट्रिय शिक्षक संगठनको भेला

नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको आइतबार निर्वाचन क्षेत्र नं. १ स्तरीय शिक्षक भेला तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ। ‘सार्वजनिक शिक्षाको उन्नयनमा पेशाकर्मीको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय समितिका सचिव राम प्रसाद पोखरेलले राज्य सञ्चालनको माथिल्लो तहमा बसेका साशक तथा राजनीतिक दलका नेताहरूले शिक्षा, स्वास्थ्यलगायत जनसरोकारका विषयमा राम्रोसँग कुरा नबुझेको औंल्याए। उनले मुलुक र मुलुकवासीको विकासका लागि स्पष्ट कार्ययोजनासहित आउने दल र उम्मेदवारहरूलाई मतदान गरी विजय गराउन आग्रहसमेत गरे। उनले भने, ‘आउने मंसीर ४ गते सम्पन्न हुने आम निर्वाचनमा शिक्षा नीतिबारे… पुरा पढौ

छठपर्व सकिदैं

आज कार्तिक शुक्ल सप्तमी तिथि। अर्थात, आजदेखि यस वर्षको आस्थाको महापर्व छठ सकिदैंछ। परम्पराअनुसार आज उदाउँदो सूर्यलाई अर्घ दिएर यस वर्षको छठ पर्व सकिदैंछ। हिन्दुहरुका चाडहरुमध्ये यो एक महत्वपूर्ण चाड हो। प्राकृतिक तथा सर्वश्रेष्ठ शक्तिका रुपमा गरिने पूजा तथा आराधना छठ पर्वको विशेषता हो। विधिवत रुपमा विभिन्न कार्यक्रमहरु एकपछि अर्को गरी सम्पन्न गर्दै छठपर्वको सम्पन्न गरिन्छ। छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई… पुरा पढौ

विश्व सहरीकरण दिवस

आज अंग्रेजी अक्टुबर महिनाको ३१ तारिक अर्थात विश्व सहरीकरण दिवस। आजका दिन नेपाल लवायत विश्वभर विविध कार्यक्रम गरी विश्व सहरीकरण दिवस २०२२ मनाइँदैछ। अक्टोबर ३१, २०१४ मा पहिलो सहरीकरण दिवस मनाइएको थियो। सन् २०२२ को विश्व सहरीकरण दिवस नवौँ संस्करण हो।सन् २०२२ को सहरीकरण दिवसको नारा चाहिँ Act Local To Go Global तय गरिएको छ। जलवायु परिवर्तनमा सहरीकरणको भूमिका र व्यवस्थित सहरीकरणको महत्त्वलाई यस वर्ष विशेष ध्यान दिइएको छ। अक्टोबर महिनालाई अर्बन अक्टोबर पनि भनिन्छ। सहरी महिनाका रूपमा अक्टोबर मासको… पुरा पढौ

पोखरामा रगतको अभाव, एभरेस्ट एफएमले बुधवार आकस्मिक रक्तदान गर्ने

पोखरा । एभरेस्ट एफ एम ९३ मेगाहर्जले आगामी बुधबार आकस्मिक रक्तदान गर्ने भएको छ । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पुरा गर्न क्षेत्रिय रक्तसञ्चार केन्द्रको अनुरोधमा कार्यक्रमको आयोजना गर्न लागिएको एफएमले जनाएको छ । ‘स्वस्थ जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उनले रगतको अभावमा आहत मनहरुलाई राहत प्रदान गर्न रक्तदान मार्फत पुण्य कार्यमा सहभागी हुन आग्रह गरे… पुरा पढौ

पर्वतमा जोशी र गिरीबीच पुनःचुनावी प्रतिस्पर्धा

कुश्मा । पर्वतको एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २०७४ सालकै निर्वाचनका मुख्य प्रतिस्पर्धी पुनःचुनावी मैदानमा उत्रिएका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी र नेकपा ९एमाले०का पद्म गिरीबीच प्रतिस्पर्धा हुने भएको छ । जोशीलाई गिरीसँगको हारको बदला र गिरीसित जीतको साख जोगाउनुपर्ने चुनौती छ । यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुन, राप्रपाका ठाकुरप्रसाद भुसाल, राष्ट्रिय जनमुक्तिका बलबहादुर थापासहित १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । गएको स्थानीय चुनावको नतिजा हेर्दा मुख्य प्रतिस्पर्धा चाहिँ कांग्रेस र एमालेबीच नै… पुरा पढौ

जडिबुटी उत्पादन र प्रशोधन केन्द्र व्यवस्था गर्नेछु : जल बहादुर पुर्जा पुन

पर्वत । प्रतिनिधि सभा सदस्य उम्मेदवार जल बहादुर पुर्जा पुनले पर्बत जिल्लामा पाइने जडिबुटिको पहिचान गरि प्रयोगमा ल्याउने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्बतबाट प्रतिनिधिसभा उम्मेदवार बनेका पुनले स्थानीय क्षेत्रमा पाइने जडिबुटिलाई बजारिकरण गर्दै आर्थिक उन्नति तर्फ लैजाने बताए । चुनावी अभियानमा जुटेका उनले जडिबुटीलाई बैज्ञानिक रुपबाट पहिचान गरी त्यसको संरक्षण अनुसन्धान प्रशोधन गरेर उपयोग गरीने बताएका हुन् । “पर्बत जिल्लामा भैरहेको जडिबुटीलाई बैज्ञानिक रुपबाट पहिचान गरी त्यसको संरक्षण अनुसन्धान प्रशोधन गरेर उपयोगमा ल्याइनेछ । साथै जडिबुटीको व्यावसायिक… पुरा पढौ

दक्षिण कोरिया: भागदौडमा मृत्यु हुनेमध्ये ५० जनाको हृदयघात भएको आशङ्का

दक्षिण कोरियाको राजधानी सियोलको एक जिल्लामा भएको भागदौडमा मृत्यु भएका १५० मध्ये करिब ५० जनाको हृदयघात भएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । स्थानीय प्रसारक वाईटीएनका अनुसार सियोलको रात्रिकालिन पर्यटकीय गन्तब्य इटेवोनमा रहेको एक बारमा एक अज्ञात सेलेब्रिटीको कार्यक्रम हेर्न ठूलो सङ्ख्यामा भीड जम्मा भएको समय भागदौड मच्चिएको थियो । योनहाप समाचार संस्थाका अनुसार स्थानीय समयअनुसार राति ११ः३० बजे हेलोवीन उत्सवको क्रममा भागदौड मच्चिएपछि करिब ५० जनाको हृदयाघात भएको थियो । श्वास प्रश्वासमा समस्या भएका ८१ जनालाई उद्धार… पुरा पढौ

बम विष्फोटमा मृत्यु हुनेको सङ्ख्या एक सय भन्दा बढी, ३ सय घाइते

सोमालियाको राजधानी मोगादिसुको व्यस्त चोकमा शनिबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या १०० पुगेको राष्ट्रपति हसन शेख मोहमुदले आइतबार पुष्टि गरेका छन् । “अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ र ३०० जना घाइते भएका छन् । साथै मृत्यु र घाइते दुवैको सङ्ख्या अझै बढिरहेको छ,” उनले भने । यद्यपि प्रत्यक्षदर्शीहरूले भने आक्रमणमा मारिनेको सङ्ख्या १०० भन्दा बढी पुगिसकेको बताएका छन् । सोमालियाको व्यस्त जोब जक्सन नजिकै केही मिनेटको अन्तरालमा विस्फोटक पदार्थले भरिएका दुईवटा कारमा बम विष्फोट भएको थियो भने… पुरा पढौ

देशमा धेरै विकास गरे–अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको बताएका छन् । आइतबार झापाको गौरादह नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । आफूलाई पार्टीभित्रका मान्छेले छेक्दाछेक्दै दुई वर्ष मात्रै सरकार सञ्चालन गरेर काम गरेर देखाएको अध्यक्ष ओलीले बताए । उनले जनताको राष्ट्र निर्माणको आकंक्षालाई पूरा गर्न र जनताको सार्वभौम सत्ता स्थापित गर्न अपरिहार्य रहेको बताए । हिजोका काम हेरेर अबको… पुरा पढौ

ग्रामिण भेगमा परम्परागत घुमाउने घरहरु लोभ हुदै

ढोरपाटन । ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरु पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् । एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन् । कलात्मक शैलीका झ्याल तथा ढोका भएका र मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत अचेल पाइँदैनन् । पछिल्लो समय आधुनिकता हावी हुँदा यस्ता मौलिक घर लोप हुँदै गएको स्थानीयहरुको बुझाइ छ । मगर र गुरुङ समूदायको पहिचानसँग जोडिएका यस्ता घुमाउने घर संरक्षण अभावमा लोप… पुरा पढौ